Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !

१० साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान गरिए पनि परीक्षा सञ्चालन गर्दा सैद्धान्तिक विषयलाई महत्व दिइएको पाइएको हो । परिषद्ले […]

आज नाग पञ्चमी पर्व मनाइँदै

१० साउन, काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा […]

रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइँदै, २० जनामात्र सहभागी हुन पाउने

१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु […]

केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो : प्रचण्ड

९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि आक्रमक देखिए । […]

अब सडकमै गरिनेछ सवारीको प्रदुषण जाँच

९ साउन, काठमाडौं । अब सडकमै सवारीको प्रदुषण चेक जाँच गरिने भएको छ । शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तरगतको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास […]

कोही चोइटिएर जालान् तर कम्युनिस्ट पार्टी फुट्दैन : माधव नेपाल

९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले भने विधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने पतन हुने बताए । ‘यदि […]

वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

९ साउन, वीरगञ्ज । कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । नारायणी अस्पतालको प्रयोगशालामो पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा […]

कोरोना परीक्षणको दायरा बढाउन विज्ञको सुझाव

९ साउन, काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् । मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले शक्रुबार गरेको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको बताएका हुन् । ‘देशभरमा ३३/३४ वटा प्रयोगशाला सञ्चालनमा छ भनिएको छ, तर दैनिक परीक्षण ४ हजार हाराहारी मात्र छ’ छलफलमा सहभागी डा. समीरमणि दीक्षितले भने, […]

कोशी अस्पतालले भर्ना नलिँदा एम्बुलेन्समै बिरामीको मृत्यु

९ साउन, विराटनगर । विराटनगरका दुई ठूला अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार दिउँसो नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो । दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल ल्याइएका युवकलाई चिकित्सकले उपचार गर्न नमान्दा साढे ३ बजेतिर […]

जातीय विभेदको विरुद्धमा काठमाडौंमा प्रदर्शन

९ साउन, काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्यालगायत देशभर भएका जातीय विभेदको घटनाको काठमाडौंमा शुक्रबार प्रदर्शन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनकारीले रुकुमपश्चिमको सोती नरसंहारमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, दलितमाथि भएका विभेद अन्त्य गर्नुपर्नेलगायतका माग […]

सप्तरीमा विष सेवन गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

९ साउन, सप्तरी । सप्तरीमा विष सेवनपछि अस्पतालमा उपचारका लागि ल्याएका एक व्यक्तिमा काेरोना संक्रमण पुष्टि भएको छ । जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई दिनअघि बुधबार अस्पताल भर्ना भएका ती पुरुषको तत्कालै स्वाब लिएर परीक्षण गरिएको थियो । उनको रिपोर्ट शुक्रबार […]

सर्वोच्चको फैसलाको विरोधमा विवेकशील नेपाली दलको प्रदर्शन

९ साउन, काठमाडौं । श्रीमती हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय छुट दिएको विरोधमा विवेकशील नेपाली दलले विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा भेला भई विवेकशील नेपाली दलका कार्यकर्ताले प्लेकार्ड प्रदर्शन गरेका हुन् । त्यस क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले रञ्जु दर्शनासहित केही नेतालाई […]

बाढीपहिरो र डुबान रोकथामका लागि बजेट अभाव हुन नदिइने

९ साउन, काठमाडौं ।वर्षासँगै मुलुकका विभिन्न स्थानमा आउनसक्ने बाढीपहिरो र डुबान समस्या रोकथामका लागि बजेट व्यवस्थापन गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो। आपतकालीन अवस्थामा दैवीप्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि मन्त्री पुनले […]

जेलमै बिहे गर्न पाइने गरी कानून बन्दै

९ साउन, काठमाडौं । सरकारले कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने गरी कानुन प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा कैदीबन्दीले विवाह गरी विवाह दर्ता गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकको दफा २८ मा कैदीबन्दीले एउटै कारागारमा रहेका […]

‘बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो’

९ साउन, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका-७ मल्मका लक्ष्मण सुनारको वाचा थियो- छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्‍यो । धन कमाउन विदेशिएका उनी बन्द बाकसमा फर्किए । फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो […]

कोशी अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

९ साउन, विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । […]

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

९ साउन, काठमाडौं । भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए । नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले अनलाइनखबरलाई टेलिफोनमा जानकारी दिए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन […]

१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ

९ साउन, काठमाडौं । काठमाडौंमा शुक्रबार एकजना हुण्डी कारोबारी १९ लाख ९१ हजार नगदसहित पक्राउ परेका छन् । स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ परेका हुन् । हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा उपत्यकाका विभिन्न ठाउँमा जाँच गर्दा न्यौपानेलाई काठमाडौंको विशाल बजारबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध […]

राजमार्ग छेउमा सञ्चालित क्रसर एक वर्षभित्र सार्नुपर्ने

९ साउन, काठमाडौं । धादिङमा पृथ्वी राजमार्ग होस् वा काभ्रेको बीपी राजमार्ग वा पूर्वपश्चिम राजमार्गको अधिकांश क्षेत्रमा राजमार्गसँगै जोडिएर सयौं क्रसर उद्योग संचालनमा छन् । देशभर नै ठूला राजमार्गकै छेउछाउमा क्रसर उद्योग खोल्नु सामान्य जस्तै बनेको छ । अब भने क्रसर उद्योग राजमार्गको राइट अफ वे बाट कम्तीमा ५ सय मिटर पर सार्नुपर्ने भएको छ […]

चितवनमा गैंडाको प्राकृतिक मृत्युदर ३९ प्रतिशतले घट्यो

९ साउन, चितवन । आर्थिक वर्ष २०७५/०७६ मा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र राष्ट्रिय वन क्षेत्रमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरे । आव ०७६/७७ मा भने २६ वटा गैँडा मानवीय र प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । आव ०७४/७५ मा पनि २६ वटा गैँडा मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडाको मृत्युदरमा […]

प्रदेश १ का मुख्यमन्त्रीले भने- समुदायमा फैलियो कोरोना

९ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’ […]



from समाचार – Online Khabar https://ift.tt/30HT0x6
via IFTTT
Powered by Blogger.