Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पेशागत सुरक्षा माग गर्दै काठमाडौंमा पत्रकारको प्रदर्शन

१९ असार, काठमाडौं । कोरोना महामारीमा समस्यामा परेका पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले शुक्रबार प्रदर्शन गरेको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् । पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनपछिको कोणसभामा पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस […]

क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने

१९ असार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ । अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने उनले बताए ।

फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

१९ असार, काठमाडौं । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ । राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन । यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको […]

निजी विद्यालयलाई प्याब्सनले भन्यो : चोरबाटोबाट शुल्क नउठाउनू

१९ असार, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो । ‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि […]

‘विशेष प्याकेजका साथ चन्द्रागिरी केवलकार सञ्चालन गर्न तयार छौं’

१९ असार, काठमाडौं । चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले पर्यटकीय केन्द्र चन्द्रागिरी सञ्चालनमा ल्याउन आफुहरु तयार रहेको बताएका छन् । कोरोना त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको उनले बताएका हुन् । आईएमई समुहका प्रवन्ध निर्देशक समेत रहेका ढकालले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी तयारी […]

लद्दाखको भारत– चीन सीमा क्षेत्रमा पुगे मोदी

१९ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार मोदी भारतको लद्दाखको चीन–भारत सीमाक्षेत्रमा पुगेका हुन् । उक्त क्षेत्रमा पुगेर उनले ‘विस्तारवादको युग’ सकिएको बताएका छन् । अचानक सीमाक्षेत्रको भ्रमणमा पुगेका उनले गत महिना भएको दुई तर्फका सेनाको झडपमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् […]

घरभाडा र बैंकको ब्याजमा छुट माग गर्दै प्रदर्शन

१९ असार, काठमाडौं । विभिन्न माग राख्दै कोरोना पीडित संघर्ष समितिको नाममा शुक्रबार ललितपुरमा प्रदर्शन भएको छ । लकडाउन अवधिको घरभाडा, बैंक ब्याज मिनाहा हुनुपर्ने, विद्यालय शुल्क, कर, कोरोना रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, सुकुम्बासी, विद्यार्थी र बेरोजगारलाई राहत प्याकेज दिनुपर्ने माग गरेका छन् । सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गर्न, कालोबजारी गर्नेलाई कारबाही […]

सलहले झण्डै एघार सय हेक्टर कृषि बालीमा क्षति

१९ असार, काठमाडौं । सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको जानकारी दिए । सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय […]

जनस्तरबाट रकम उठाएर डडेलधुरामा पीसीआर मेसिन

१९ असार, काठमाडौं । जनस्तरबाट रकम संकलन गरेर डडेलधुरामा जिल्ला अस्पतालमा जडान गरिएको पीसीआर मेसिनबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बिहीबार राति र शुक्रबार विहान दुई लट नमुना परीक्षण गरिएको ल्याबका इन्चार्ज ईश्वरी भुसालले बताए । उनका अनुसार ल्याब सञ्चालनका लागि सेती अस्पताल, धनगढीबाट रमेश शाही र जिल्ला अस्पताल, बझाङबाट नरेश खड्का […]

कैलालीमा जिपले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

१९ असार, कैलाली । कैलालीमा जिपले साइकललाई ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका-१ मा जिपले साइकललाई ठक्कर दिँदा स्थानीय ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । विपरीत दिशाबाट आइरहेका म १ च ४९२ नम्बरको जिपले साइकलमा सवार लोनियालाई ठक्कर […]

कोरोना व्यवस्थापनमा लागेका मेयर भन्छन्- भूतले खाजा खाने बेलामा चुनाव जितेछु

१९ असार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणका क्रममा १० अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएपछि प्रतिपक्षी दलहरूले सरकारको आलोचना गरे । कोभिड- १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तीनै तहमा गरी करिब ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जानकारी दिएपछि यसबारे चर्चा सुरु भएको हो । जसमध्ये […]

नेतृत्वलाई मिल्न दबाब दिँदै नेकपा केन्द्रीय सदस्यहरु धर्नामा

१९ असार, काठमाडौं । नेताहरुलाई आपसमा मेलमिलाप कायम गर्न दबाब दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका छन् । २० भन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा दबाब दिन शुक्रबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा धर्नामा बसेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए । ‘पार्टीमा जुन प्रकारको बिग्रह देखियो, यो बिग्रह […]

रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

१९ असार, काठमाडौं । रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण […]

प्रधानमन्त्रीको समर्थनमा जुलुस : कचौरामा अट्ने !

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र अर्का अध्यक्ष प्रचण्डको विरोधमा देशैभरि प्रदर्शनहरु थालिएका छन् । तर, यस्ता प्रदर्शनमा विवेकशील पार्टीको भन्दा पनि कमजोर उपस्थिति देखिएको छ । यस्तो फितलो प्रदर्शनबाट प्रधानमन्त्री ओलीको लोकप्रियता होइन, अलोकप्रियता उजागर भइरहेको नेकपाकै नेताहरुको विश्लेषण छ । विहीबार काठमाडौंको मुटु मानिने माइतीघरमा प्रधानमन्त्री ओलीको तस्वीरसहित भएको […]

खटाएको ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

१९ असार, बुटवल । सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन एकहप्ते अल्टिमेटम दिएको हो । कोरोना महामारीको जोखिमका बेला लकडाउनका समयमा पनि […]

कैलालीमा ३७ घर डुबानमा

१९ असार कैलाली । वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेको छ । जिल्लाको जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार डुबानमा परेकामध्ये केही घरमा क्षतिसमेत पुगेको छ । जोशीपुर गाउँपालिका– ३ का […]

बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

१९ असार, काठमाडौं । धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो । सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले अनलाइनखबरलाई बताएअनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको […]

हराएको दुई दिनपछि खोलामा भेटियो बालिकाको शव

१९ असार, जनकपुरधाम । बुधबारदेखि हराएकी धनुषा जनकपुरधामकी एक बालिकाको शव शुक्रबार फेला परेको छ । प्रहरीले उनको बलात्कारपछि हत्या भएको आशंका गरेको छ । जनकपुरधाम उपमहानगरपालिका –२१ कुर्था निवासी ११ बर्षीया कञ्चन पञ्जियारको शव शुक्रबार दिउँसो उनको घरदेखि झण्डै १ किलोमिटर टाढा दुधमती खोला छेउमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए […]

गुल्मीमा पहिरोमा पुरिएकी बालिकाको शव भेटियो

१९ असार, काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले दुई वटा घर बगाउँदा मृत्यु हुनेको संख्या दुई जना पुगेको छ भने पाँच जना घाइते भएका छन् । अविरल वर्षासँगै बिहीबार राति गएको पहिरोले २७ वर्षीया ईश्वरी खत्रीको घर बगाउँदा बेपत्ता भएकी उनकी ७ वर्षीया अपेक्षा खत्री मृत अवस्थामा फेला परेसँगै मृत्यु हुनेको संख्या […]

धनुषामा दुई गाउँका बासिन्दाबीच झडप, प्रहरीद्वारा ६ राउण्ड अश्रु ग्यास प्रहार

१९ असार, जनकपुरधाम । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ । वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर […]

ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगे

१९ असार, काठमाडौं । नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल हुँदैछ । आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय विहीबारको स्थायी कमिटी बैठकले गरेको थियो । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् […]



from समाचार – Online Khabar https://ift.tt/2YUI9A5
via IFTTT
Powered by Blogger.