समाचार
१८ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी संसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफूहरुसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी संसद सचिवालयलाई गराएकी […]
१८ असार, काठमाडौं । प्रहरीले काठमाडौंका सडकमा गुडेका ट्याक्सीलाई कारबाही गर्न थालेको छ । लकडाउन खुकुलो बनाउँदा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाए पनि केही ट्याक्सी आफुखुशी चलेका थिए । दैनिक चारदेखि पाँच सयको संख्यामा सञ्चालनमा आएका ट्याक्सीलाई सडकमै दिनभर रोकेर कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको संख्यामा […]
८ असार, काठमाडौं । लकडाउनका कारण बन्द भएका टुटल र पठाओले सेवा थालेका छन् । सार्वजनिक सवारी बन्द भएकाले राइडिङ सेयर गर्ने एपहरुमार्फत ‘राइडिङ’ हुन थालेको हो । यस्तो सेवा सुरु भएलगत्तै ट्राफिक प्रहरीले भने नियमविपरीतभन्दै कारबाही थालेको छ । नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । राइडरले […]
१८ असार, काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठकका एजेण्डा के छन् भन्ने मन्त्रीहरूलाई पनि थाहा थिएन । पार्टीमा संकटको सामना गरिरहेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएपछि अनेक आशंकासमेत भइरहेका बेला संसद अधिवेशन अन्त्य गर्ने एकमात्र एजेण्डा पेश भएपछि छलफल नै नगरी पारित भएको एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास […]
१८ असार, काठमाडौं । नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने व्यक्तिको सूचीमा सांसद महेश बस्नेतसँग निकट व्यक्तिहरु रहेको खुलेको छ । युवा संघका पूर्वनेता बस्नेतका हातबाट टीका थापेका र केपी ओलीसँगै तस्वीर खिचेका व्यक्तिको नामसमेत नयाँ एमालेको सूचीमा छ । आइतबार मदन भण्डारीको ६९ औं जयन्तीको साइत पारेर निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका […]
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ । एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’ नेकपा स्थायी कमिटीका […]
१८ असार, वीरगञ्ज । प्रदेश २ सरकारले चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई एक/एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्कोे बिहीबार बसेको आकस्मिक बैठकले चट्याङबाट ज्यान गुमाएका पीडित परिवारलाई एक/एक लाख रुपैयाँ दिन निर्णय गरेको हो । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर बारामा चार जना महिलाको मृत्यु भएको थिय भने सात […]
१८ असार । कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । उनको बुबा, आमा र फुपुमा […]
१८ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता […]
१८ असार, बुटवल । दाङमा जंगली च्याउ खाँदा दुई परिवारका सात जना बिरामी भएका छन् । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटकी ४२ वर्षीया दीपा चौधरी र मौरीघाटकै अक्कली चौधरीको परिवारका ६ जना बिरामी भएका हुन् । जंगली च्याउ खाएर बिरामी भएकी दीपालाई लमही अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएर उपचार भइरहेको छ । […]
१८ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम […]
१८ असार, वीरगञ्ज । बाराको जितपुर सिमरा नगरपालिकाकी २९ बर्षीया महिला ५ असारअघि दुबईबाट नेपाल फर्किइन् । १४ दिनदेखि उनी सिमरास्थित कोरोना विशेष अस्पतालको क्वारेन्टिनमा छिन् तर यहाँ बस्न पटक्कै मन छैन । विदेशबाट आएको नवौं दिनमा संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । तर घर जान नपाएको भन्दै असन्तुष्टि जनाएकी छन् । […]
१८ असार, वीरगञ्ज । वर्षासँगै परेको चट्याङले पर्सामा १ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बहुदरमाई नगरपालिका–३ का १३ वर्षीय रहमत हवारी रहेका छन् । घाइते हवारीको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए । स्वास्थ्य कार्यालयमा क्षति वर्षासँगै परेको चट्याङले वीरगञ्ज–१४ स्थित जनस्वास्थ्य कार्यालय पर्साको […]
१८ असार, काठमाडौं । तनहुँ र बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । तनहुँमा बुधबार साँझ र बर्दियामा बुधबार राति करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका-१ बरादी बस्ने ७४ वर्षीया मोती मायाँ पन्थको करेन्ट लागेर बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर नजिकै कुखुराको खोरमा […]
१८ असार, काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहम्फेतिर हेरेर कुनै विजनेश छन् ? भन्ने प्रश्न गरेका थिए । मन्त्री तुम्बाहाम्फेले नागरिकता लगायतका […]
१८ असार, घोराही । दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । […]
१८ असार, काठमाडौं । कपिलवस्तुमा बालिका बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुद्धोधन गाउँपालिका-१ सोहसाका ३४ वर्षीय दामोदर थारुलाई प्रहरीले पक्राउ गरेको हो । दामोदरले बालिकाको घरमा कोही नभएको अवस्थामा चर्पीमा लगेर बलात्कार गरेको सूचनाका आधारमा प्रहरी चौकी बगदी र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको […]
१८ असार, जनकपुरधाम । चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्लाको बागमती नगरपालिका- १० बस्ने १८ वर्षीय छोटु पासवानको बिहीबार बिहान १० बजेतिर चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । सोही नगरपालिका-८ का सुनमाया बस्नेतको खेतमा धान रोप्ने क्रममा छोटुलाई चट्याङ्ले […]
१८ असार, काठमाडौं । अमेरिकामा एकैदिन कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ५२ हजार ९८२ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २६ लाख ८२ हजार २७० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको […]
१८ असार, काठमाडौं । नेपालमा भित्रिएका सलह किराले बालीनालीमा पुर्याउने क्षति रोक्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । डिला संग्रौला, पद्म नारायण चौधरी र मिना सुब्बाले बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् । सलह नेपाल भित्रिने पूर्वानुमान हुँदाहुँदै सतर्कता नअपनाउँदा किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सांसदहरूले सलह किरालाई नष्ट गर्न र खाद्यान्न […]
१८ असार, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवाखोलाबाट त्रिशुली नदीमा गाडी खसेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ । स्थानीयले बेनिघाट रोराङ गाउँपालिका-१० मौवाखोलास्थित सडकबाट कालो र सेतो रंगको सानो गाडी त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङमा खबर गरेका थिए । बिहान ६ बजेको समयमा गाडी नदीमा खसेको […]
from समाचार – Online Khabar https://ift.tt/3intl4P
via IFTTT






















