Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश २ मा २३ जना संक्रमित थपिए, ४५ जना डिस्चार्ज

१९ असार, वीरगञ्ज । प्रदेश २ मा २३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार धनुषामा १६, महोत्तरीमा ६ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । […]

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

१९ असर,  हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछिशुक्रबार बजेट पारित गरिएको हो । बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे । बागमती प्रदेश सरकारले आर्थिक वर्ष […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कोरोना परीक्षण शुल्क

१९ असार, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेबापत शुल्क लिन थालेपछि जिल्लामा संकलित स्वाबको नमुना अन्यत्र पठाउन थालिएको छ । प्रतिष्ठानले एउटा नमुनाको ५ हजार ५ सय रुपैयाँको दरले रकम लिने जनाएको छ । प्रतिष्ठानले सबै पालिकाहरुलाई पत्राचार गरी हालसम्म गरिएको परीक्षणको रकम मागेको छ । प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार […]

बझाङमा काेरोना संक्रमित युवकले गरे आत्महत्या 

१९ असार, कैलाली । बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । ‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए । असार १३ […]

डिसेम्बरसम्म सर्‍यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार डिसेम्बरसम्म संरचना निर्माणको काम […]

पत्रकारको मृत्युको छानबिन गर्न माग

१९ असार, कैलाली । तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको मृत्युबारे छानबिन गर्न प्रेस युनियनले मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिलाका प्रेस युनियनका अध्यक्षले शुक्रबार मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्लाको प्रशासनलाई निर्देशन दिने […]

गुल्मीमा पहिरोले पुरिँदा दुई बालबालिकाको मृत्यु, १ जना बेपत्ता

१९ असार, गुल्मी । गुल्मीमा पहिरोले दुईवटा घर र एउटा घुम्ती पसल बगाउँदा २ बालबालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अरु ६ जना घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका– १ मा बिहीबार राति ईश्वरा खत्री र बसन्त सारुको घर तथा भगीरथ घिमिरेको घुम्ती पसल बगाएको हो । प्रहरीका अनुसार […]

प्रदेश १ मा ३८ संक्रमित थपिए, २८ जना डिस्चार्ज

१९ असार, विराटनगर । शुक्रबार प्रदेश १ मा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५-५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १४ जना पुरुष, हल्दिबारीमा ३ महिला, अर्जुनधारामा ६ पुरुष र २ महिला, बिर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, […]

सरकार ढाल्न पाइँदैन भन्दै बुटवलमा प्रदर्शन

१९ असार, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्किएपछि ओलीको बचाउमा बुटवलमा प्रदर्शन भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा मिलनचोकमा शुक्रबार दिउँसो साढे ४ बजे प्रदर्शन भएको हो । प्रदर्शनका सहभागी धेरैजसो नेकपाभित्रको ओली समूहका थिए । कतिपय वडा तहका जनप्रतिनिधि पनि प्रदर्शनमा सहभागी […]

बारामा दुई स्थानीय तहले चट्याङ पीडितलाई राहत दिने

१९ असार, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाले चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दुवै पालिकाले आफ्नो पालिकामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको हो । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ शीतलपुरमा दुई जना र फेटा गाउँपालिका–१ त्रिवेणीमा २ जना गरी चार जना […]

प्रदेश १ मा कोरोना रोकथाममा २७ करोड ३३ लाख खर्च

१९ असार, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको […]

पर्सामा ग्यास लिक भएर आगलागी हुँदा एक जना वृद्धाको मृत्यु

१९ असार, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ दशौतामा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आगलागीमा परी ७५ वर्षीया शारदा देवी कुशवाहाको मृत्यु भएको हो । आगलागीबाट गम्भीर घाइते शारदाको उपचारको क्रममा भारतीय सीमावर्ती इनर्वा बजारमा बिहीबार बिहान मृत्यु भएको इलाका प्रहरी […]

कर्णालीमा कोरोना परीक्षण समुदायस्तरमा विस्तार गरिने

१९ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण समुदायमा फैलिनसक्ने जोखिम रहेकाले परीक्षणलाई समुदायस्तरमा केन्द्रित  गर्न लागेको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘अब परीक्षणलाई समुदायमा केन्द्रित गर्नुपर्छ । भारतबाट आउनेको चाप पनि बिस्तारै घट्दै छ । यस कारण पनि हाम्रो ध्यान अब समुदायस्तरमा हुनुपर्छ’ उनले […]

नेपाली सीमा नजिक आइपुगेको सलहको झुण्ड वायुको चापले पर धकेलियो

१९ असार , काठमाडौं । देशैभर मनसुन सक्रिय भएपछि सलहको थप नयाँ झुन्ड नेपाल प्रवेशको सम्भावना कमजोर बनेको कृषि मन्त्रालयले जनाएको छ । सक्रिय मनसुनसँगै वायुको चाप पूर्वबाट पश्चिमतर्फ रहेको र भारत हुँदै हावाको चाप नेपालतर्फ नरहँदा वायुको चापमा चामत्कारिक परिवर्तन नआए तत्काल सलह प्रवेश हुन नसक्ने मन्त्रालय मातहतको प्राविधिक कार्यदलले निश्कर्ष निकालेको हो । […]

चितवनमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

१९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । युवा तथा विद्यार्थीका नाममा भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलाे संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री […]

लकडाउनमा पनि बैंकको व्यवसाय विस्तार, बैंकिङ रोजगारी के होला ?

१९ असार, काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी निकै आकर्षक बन्दै गएको बेला विश्वमा कोरोना भाइरसको त्रास सिर्जना भयो । सेवा-सुविधा राम्रै भएका कारण पनि बैंकिङ क्षेत्र रोजगारीका लागि पछिल्लो केही वर्ष यता निकै आकर्षण बढ्दै गएको थियो । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थीहरुले व्यवस्थापन संकाय रोज्न थालेका थिए । कोरोना त्रासपछि धेरै क्षेत्रमा […]

पर्यटन र हवाई उद्योगले लकडाउन यता गुमायो ३४ अर्ब

१९ असार, काठमाडौं । सरकारले पर्यटन, होटेल तथा हवाई उद्योगले लकडाउनयता करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको अनुमान गरेको छ । प्रतिमहिना यो क्षेत्रले १० अर्ब रुपैयाँ नोक्सानी बेहोर्ने अनुमान गरेको सरकारले लकडाउन यता ३४ अर्ब नोक्सानी भइसकेको अनुमान गरिएको हो । यही अवस्था आगामी साउन ७ गतेसम्म जारी रहँदा नोक्सानी थप ७ अर्ब […]

सिंहदरवारबाट नेकपा नेतृत्वलाई दबाब–मिलेर खाऊ, हामीलाई सग्लो पार्टी देऊ

१९ असार, काठमाडौं । पार्टी विभाजन हुन नदिन नेकपाका दुवै गुटका विभिन्न तहका नेताहरुले सामुहिक दबाब दिने क्रम बढेको छ । घनश्याम भुसालको अगुवाईमा ११ जना स्थायी कमिटी सदस्यले शीर्ष नेतालाई ‘युद्धबिराम’ गर्न दबाब दिएलगत्तै युवा नेताहरुको अर्को भेला भएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङसहित युवा केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले […]

कक्षा ११ को परीक्षा नलिन अभिभावक संघको सुझाव

१९ असार, काठमाडौं । अभिभावक संघ नेपालले कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा संघले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा लिनु आवश्यक नरहेको भन्दै यस्तो सुझाव दिएको हो । अभिभावक संघका अध्यक्ष केशव पुरी भन्छन्, ‘कानुन मै नभएको कक्षा ११ को परीक्षा लिन आवश्यक […]

तीन औद्योगिक क्षेत्रको स्थिति जानकारी गराउन स‌ंसदीय समितिको निर्देशन

१९ असार, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज, भैरहवा र सिमरा औद्योगिक क्षेत्रको वर्तमान स्थितिबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँग औद्योेगिक क्षेत्रहरुको अवस्थाबारे छलफल गर्दै उद्योग तथा वाणिज्य समितिले यस्तो निर्देशन दिएको हो । सप्तरीको बसबिटीमा गजेन्द्रनारायण सिंह राजविराज […]

इन्जिनियरविरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा

१९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । इन्जिनियर आचार्यले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले शुक्रबार मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवा प्रवेश गरेदेखि २०७६ जेठ […]



from समाचार – Online Khabar https://ift.tt/3eV1ebe
via IFTTT
Powered by Blogger.