समाचार
९ साउन, काठमाडौं । अब सडकमै सवारीको प्रदुषण चेक जाँच गरिने भएको छ । शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तरगतको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास […]
९ साउन, वीरगञ्ज । वीरगञ्जको कोभिड विशेष अस्पतालमा भर्ना भएकी एक किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षकी किशोरीको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज सिंहले जानकारी दिए । बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल […]
९ साउन, विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । […]
९ साउन, काठमाडौं । भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए । नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले अनलाइनखबरलाई टेलिफोनमा जानकारी दिए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन […]
९ साउन, काठमाडौं । काठमाडौंमा शुक्रबार एकजना हुण्डी कारोबारी १९ लाख ९१ हजार नगदसहित पक्राउ परेका छन् । स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ परेका हुन् । हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा उपत्यकाका विभिन्न ठाउँमा जाँच गर्दा न्यौपानेलाई काठमाडौंको विशाल बजारबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध […]
९ साउन, काठमाडौं । धादिङमा पृथ्वी राजमार्ग होस् वा काभ्रेको बीपी राजमार्ग वा पूर्वपश्चिम राजमार्गको अधिकांश क्षेत्रमा राजमार्गसँगै जोडिएर सयौं क्रसर उद्योग संचालनमा छन् । देशभर नै ठूला राजमार्गकै छेउछाउमा क्रसर उद्योग खोल्नु सामान्य जस्तै बनेको छ । अब भने क्रसर उद्योग राजमार्गको राइट अफ वे बाट कम्तीमा ५ सय मिटर पर सार्नुपर्ने भएको छ […]
९ साउन, चितवन । आर्थिक वर्ष २०७५/०७६ मा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र राष्ट्रिय वन क्षेत्रमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरे । आव ०७६/७७ मा भने २६ वटा गैँडा मानवीय र प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । आव ०७४/७५ मा पनि २६ वटा गैँडा मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडाको मृत्युदरमा […]
९ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’ […]
९ साउन, जनकपुरधाम । भारतको बिहारस्थित सीतामढी जिल्लाको बराही ग्रामपञ्चायत-१२ मा रहेको टेकोना नदीमा पौडी खेल्ने क्रममा महोत्तरीका एक युवक बेपत्ता भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार मनरासिस्वा नगरपालिका-१० मधवा गाँउ बस्ने अनिल सदाका १४ वर्षीय छोरा बिकी मण्डल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । विष्टले भने, ‘उनी पौडी खेल्न […]
९ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङ समुदायको घरमा आगो लगाएको र सेनाको कुटपिटबाट चेपाङ युवकको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको छ । आयोगको वागमती प्रदेश कार्यालय सानेपाले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको आयोगका सचिव वेद भट्टराईले जानकारी दिए । २०५३ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ समुदायको घरमा चितवन […]
९ साउन, काठमाडौं । शुक्रबारबाट बागमती प्रदेशमा फेरि इम्बोस्ड नम्बर प्लेटको वितरण सुरु भएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले संयुक्त रुपमा सुरुआत गरे । बाग्मती प्रदेशका निजी चार पांग्रे सवारी सवारी साधनमा इम्बोस्ड जोड्ने जिम्मा पाएको टेकुस्थित भेहिकल फिटनेस टेस्ट […]
९ साउन, जनकपुरधाम । महोत्तरीको मनरासिस्वा नगरपालिकाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । मनरासिस्वा नगरपालिका–१ स्वास्थ चौकी अगाडिबाट मोटरसाइकलमा सवार तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ४ बस्ने २६ वर्षीय नविन मण्डल, वडा नम्बर–५ बस्ने १९ वर्षीय राजीब कापर र जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय जितेन्द्र झा छन् । […]
९ साउन, बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सामुदायिक वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडा नम्बर-१ को राजकुडा सामुदायिक वनभित्र वन उपभोक्ता समितिको कार्यालय बनाउने भनी जिल्ला वन कार्यालयबाट स्वीकृति लिएर कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् । स्थानीयको माग र आवश्यकता विपरित नगरपालिका, वडा र सामुदायिक वनबाट […]
९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ । व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ । नयाँ […]
९ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका र आचरण सही भएका कैदीबन्दीलाई बाँकी कैद छुट दिने प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘कारागार विधेयक’माथिको छलफलमा पोखरेलले कैदीबन्दीलाई आधा कैद छुट दिनुपर्ने प्रस्ताव राखेका हुन् । जेलको क्षमता […]
९ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका आठजना, कालीकोट दुई र जाजरकोटका एकजना रहेको रहेको सामाजिक विकास […]
पछिल्ला दिनहरुमा नेपाली संगीत क्षेत्रमा स्क्यान्डल किङको उपमा पाउन थालेका छन् गायक दुर्गेश थापाले । उनीमाथि एकपछि अर्को विवाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवादमा नै मज्जा लिन थालिसके । गत वर्षको तिजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट हिट भएका थिए दुर्गेश । एउटै गीतले चर्चाको शिखरमा पुर्याएपछि उनले फेरि […]
९ असार, काठमाडौं । सरकारले जापान रोजगारीमा पठाइदिने भन्दै भएको प्रचारमा ध्यानाकर्षण भएको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै केही जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण प्रचार गरिरहेको बताएको छ । त्यस्ता नाममा रकम समेत […]
९ साउन, काठमाडौं । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध प्रदर्शन भएको छ । शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रधानन्यायाधीश […]
९ साउन, बुटवल । करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार […]
९ साउन, काठमाडौं । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ । विभागले शुक्रबार सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाउँदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो […]
from समाचार – Online Khabar https://ift.tt/3eWQM23
via IFTTT