समाचार
१७ असार, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालयको नवनिर्मित ब्यारेक भवन उद्घाटन गरिरहेका बेला हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएका हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा […]
१७ असार, गोरखा । स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएपछि बारपाक सुलिकोट गाउँपालिका मातहतका सबै कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै असार २१ गतेसम्मका लागि स्वास्थ्य चौकीबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । बुधबार गोरखामा थपिएका तीन कोरोना संक्रमित मध्ये दुईजना बारपाक सुलीकोट गाउँपालिकाका हुन् । ‘एकजना सूर्यज्योती माविको क्वारेन्टिनमा बस्दै […]
१७ असार, वीरगञ्ज । अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी ‘राष्ट्रघाती’ रहेको भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले ‘विकासको नाममा देश बेच्न पाइँदैन’, लगायतका नारा लेखिएका प्लेकार्डहरु […]
१७ असार, काठमाडौंँ । कैलालीका विष्णु चौधरी घरबाट काठमाडौं आएको एक महिनामै सरकारले लकडाउनको घोषणा गर्यो । लकडाउन भन्ने कहिल्यै नसुनेका चौधरीले यत्ति बुझे, ‘यो भनेको आफ्नो ट्याम्पोको स्टेरिङसँग केही दिन सम्बन्ध विच्छेद गर्नु हो ।’ विष्णुको कल्पना विपरीत लकडाउन लम्बियो । २८ वर्षीय टेम्पो चालक विष्णुलाई जीवन धान्न धौ-धौ पर्यो । ‘महिनाको १२ हजार […]
१७ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट ५०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट […]
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले नबोलाएका कारण पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर छलफलमा गएनन् । एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘नबोलाएकाले बालुवाटार गइएन ।’ तर, पूर्वमाओवादी भए पनि हाल ओलीसँग नजिकिएका पूर्वमाओवादी मन्त्रीहरु रामबहादुर थापा (बादल) र […]
१७ असार, काठमाडौं । केही वर्षअघि बैंकहरुमा एउटा बेतिथि थियो । एउटा बैंकले अर्को बैंकलाई १० करोड रुपैयाँ निक्षेप दिने र सोही बैंकबाट जसले निक्षेप दियो, त्यही बैंकले १० करोड रुपैयाँ निक्षेप दिने । १० करोड लिने-दिने गरे पनि बैंकमा पैसा त हुँदैनथ्यो । तर, निक्षेप धेरै देखाउनका लागि बैंकहरुले यसो गर्थे । यो बेतिथिले […]
१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुन्छ ।’ यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा […]
१७ असार, काठमाडौं । अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् । सम्बन्धित मुलुकले टिकट काटेर पठाउने उडान बाहेक स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजबाट नेपालीको उद्धार भइरहेको छ । यसरी भइरहेको उद्धारमा […]
१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको […]
१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए । त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार […]
१७ असार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा […]
१७ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष […]
१७ असार, काठमाडौं । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको […]
१७ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले सीमित ठेकेदार सहभागी हुन पाउने गरी ठूलो रकमको ठेक्का निकालेको छ । विभागले काँकडभिट्टा–इनरुवा रेल्वे ट्रयाक निर्माणका लागि निकालेको टेन्डरअनुसार केही निर्माण व्यवसायीले मात्र ठेक्कामा बोलपत्र हाल्न पाउनेछन् । अहिले रेलमार्ग निर्माणको काम करिब एक दर्जन ठेकेदार कम्पनी मात्रै सहभागी हुन सक्ने गरी […]
१७ असार, काठमाडौं । ढुंगाले हानेर हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिन्धुली घर भइ भक्तपुरको गहिटी क्षेत्रमा बस्दै आएका ३० वर्षीय इन्द्रबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार तामाङले ढुंगाले हानेर अन्दाजी ४५ वर्षीय […]
१७ असार, काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही छन् । भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले अनलाइनखबरलाई बताए अनुसार उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । ‘पूर्वमन्त्रीज्यूको […]
१७ असार, डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको निधन भएको पुष्टि भएको खबर मङ्गलबार आएको हो । पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोली […]
१७ असार, कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको समय अनुसार विहान २ बजेर १४ […]
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श थालेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् । स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । […]
१७ असार, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै […]
from समाचार – Online Khabar https://ift.tt/2YOrWg3
via IFTTT





















