समाचार
११ साउन, चितवन । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार […]
११ साउन, बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुंगा, […]
११ साउन, काठमाडौं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब […]
११ साउन, झापा । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँका अनुसार सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ भने कन्ट्याक ट्रेसिङ पनि थालिएको छ ।
११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो । उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा […]
११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो । बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका २ […]
११ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु […]
११ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् । दुई साता अघि उनी आफैंले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । अहिले फेरि बोल्सोनारो आफैंले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि उनको कोरोना परीक्षणका लागि नमूना संकलन कहिले गरिएको थियो र […]
१० साउन, काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता-कार्यकर्ताले संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् । नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा […]
१० साउन, वीरगञ्ज । वीरगञ्ज-११ श्रीपुरकी ८५ बर्षीया वृद्धालाई साउन ४ गते एडभान्स मेडिकियर अस्पतालमा भर्ना गरियो । लामो समयदेखि मुटुमा समस्या भए पनि उनी लठ्ठीको सहारामा हिँडडुल गर्दै आएकी थिइन् । पछिल्लोपटक सास फुल्न थालेपछि वीरगञ्जकै एक निजी क्लिनिकमा देखाइयो । डाक्टरले नारायणी अस्पतालमा लैजान रिफर गरे । तर, त्यो दिन नारायणीमा ठाउँ छैन […]
१० साउन, काठमाडौं । श्रीमती हत्यामा दोषी ठहर भएका रञ्जनकुमार कोइरालासम्बन्धी सर्वोच्चको फैसलामा सरकारले पुनरावलोकन निवेदन दिएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा ‘नैतिक संकट’मा परेका छन् । जबरालाई महाअभियोग लगाउनुपर्ने आवाजसम्म उठ्न थालेको छ । सडक प्रदर्शनदेखि पूर्वप्रधानमन्त्री समेतले महाअभियोग लगाउनुपर्ने बताएका छन् । न्यायपालिकाको कार्यसम्पादनमा कार्यपालिकाले प्रश्न उठाएकाले मात्रै उनीमाथि यो संकट आइलागेको […]
१० साउन, काठमाडौं । आर्थिक वर्ष ७६/७७ को पहिलो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला ६४ हजार पाँच सय थियो । तर, आर्थिक वर्ष सकिँदा सुनको प्रतितोला मूल्य करिब ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक तोलामा करिब ३१ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष […]
१० साउन, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेका छन् । संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका छन् । ‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले […]
१० साउन, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ […]
१० साउन, काठमाडौं । ‘टोटल एरोटिक आर्च रिप्लेसमेन्ट’ मुटुको अत्यन्तै जटिल शल्यक्रिया हो । विश्वमा यस्तो शल्यक्रिया गर्ने डाक्टरको संख्या औंलामा अटाउने छ । तीमध्येका एक हुन्- प्रोफेसर डा. मेड. मलखलाल श्रेष्ठ । उनी मुटु, कलेजो, फोक्सो र मिर्गौला प्रत्यारोपणका लागि विश्वप्रसिद्ध जर्मनीको हनोभर मेडिकल स्कुल -युनिभर्सिटी)को एरोटिक सर्जरी विभागका निर्देशक र कार्डियोथोरासिक ट्रान्सप्लान्ट एण्ड […]
१० साउन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्रबाटै असहयोगका बाबजुद सरकार सफल भएको दाबी गरेका छन् । मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले शनिबार बनेपामा गरेको कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएको बताए । कोरोनाविरुद्धको लडाईँमा सरकारलाई साथ दिनको साटो राजीनामा माग्ने, बैठकमा कस्तो कुर्सीमा को बस्यो […]
१० साउन, काठमाडौं । कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका […]
१० साउ, काठमाडौं । वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको […]
१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार […]
१० साउन, काठमाडौं । तनहुँ राइपुरका सन्तोष भट्टराई रोजगारीको सिलसिलामा सन् २००३ मा मलेसिया पुगे । त्यतिबेला एड्भेन्चर उनको सपना थिएन, थियो त केवल पैसा कमाउने अभिलासा । सन्तोषले रोलर कोस्टरमा काम पाए । त्यहीँबाट उनलाई एड्भेन्चरको ज्ञान र रुची बढ्यो । केही वर्षको मलेसिया बसाईपछि उनी मकाउ हानिए । भर्खरै एड्भेन्चरको भुत चढेको बेला […]
१० साउन कैलाली । साथी कहाँ गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्त अवेरसम्म घर आइनन् । परिवार र छिमेकीले खोज्दा पनि नभेटिएकी उनको शव भोपिल्ट अर्थात ११ साउन २०७५ मा भीमदत्त नगरपालिका-२ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिक उखु बारीमा भेटियो । पन्तको बलात्कारपछि हत्या भएको प्रहरीले ठहर छ । तर घटनाको […]
from समाचार – Online Khabar https://ift.tt/2WXUnql
via IFTTT