समाचार
१८ असार, काठमाडौं । तनहुँ र बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । तनहुँमा बुधबार साँझ र बर्दियामा बुधबार राति करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका-१ बरादी बस्ने ७४ वर्षीया मोती मायाँ पन्थको करेन्ट लागेर बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर नजिकै कुखुराको खोरमा […]
१८ असार, काठमाडौं । अनुमतिविना ड्रोन उडाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा विनाअनुमति ड्रोन उडाएपछि मार्चिङ एण्ड प्रालिका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१० का ३१ वर्षीय रवि शाक्यसहित सोही कार्यालयका अन्य तीनजना रहेको प्रहरीले जनाएको छ । लाजिम्पाटमा ड्रोन उडाएको भन्ने सूचनाका आधारमा हुनासाथ महानगरीय प्रहरी […]
१८ असार, घोराही । दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । […]
१८ असार, काठमाडौं । कपिलवस्तुमा बालिका बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुद्धोधन गाउँपालिका-१ सोहसाका ३४ वर्षीय दामोदर थारुलाई प्रहरीले पक्राउ गरेको हो । दामोदरले बालिकाको घरमा कोही नभएको अवस्थामा चर्पीमा लगेर बलात्कार गरेको सूचनाका आधारमा प्रहरी चौकी बगदी र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको […]
१८ असार, जनकपुरधाम । चट्याङ लागेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्लाको बागमती नगरपालिका- १० बस्ने १८ वर्षीय छोटु पासवानको बिहीबार बिहान १० बजेतिर चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । सोही नगरपालिका-८ का सुनमाया बस्नेतको खेतमा धान रोप्ने क्रममा छोटुलाई चट्याङ्ले […]
१८ असार, काठमाडौं । अमेरिकामा एकैदिन कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ५२ हजार ९८२ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २६ लाख ८२ हजार २७० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको […]
१८ असार, काठमाडौं । नेपालमा भित्रिएका सलह किराले बालीनालीमा पुर्याउने क्षति रोक्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । डिला संग्रौला, पद्म नारायण चौधरी र मिना सुब्बाले बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् । सलह नेपाल भित्रिने पूर्वानुमान हुँदाहुँदै सतर्कता नअपनाउँदा किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सांसदहरूले सलह किरालाई नष्ट गर्न र खाद्यान्न […]
१८ असार, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवाखोलाबाट त्रिशुली नदीमा गाडी खसेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ । स्थानीयले बेनिघाट रोराङ गाउँपालिका-१० मौवाखोलास्थित सडकबाट कालो र सेतो रंगको सानो गाडी त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङमा खबर गरेका थिए । बिहान ६ बजेको समयमा गाडी नदीमा खसेको […]
१८ असार, काठमाडौं । मंगलबार र बुधबार लगातार ‘पोजिटिभ’ सर्किट ब्रेक लागेको सेयर बजार बिहीबार भने ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ । दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन […]
१८ असार, काठमाडौं । नयाँ खेलकुद ऐन लागु भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै खेलकुद ऐन २०४८ खारेज भएको छ । साथै, नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवसहित वर्तमान पदाधिकारीहरू पदमुक्त भएका छन् । ऐनमा अहिलेका पदाधिकारीबारे स्पष्ट व्यवस्था उल्लेख नभएकोले अब राखेप सदस्य सचिवसहित पदाधिकारी के […]
१८ असार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजेपछि बस्नेछ । मन्त्रिपरिषद्को यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरूसँग परामर्श […]
१८ असार, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले जर्नेलहरुको काज सरुवा गरेको छ । सेनाको गुप्तचरी निकाय सैनिक इन्टलिजेन्सका महानिर्देशक पनि फेरिएका छन् । इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ । हाल इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि […]
१८ असार, कैलाली । अस्पताल पुर्याउन ढिलाइ गर्दा कैलालीमा एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । जिल्लाको उपमहानगरपालिका ९ की ३५ वर्षीया सम्पतुदेवी रानाको सर्पको डसाइबाट मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई आफ्नै घरको कोठामा बुधवार साँझ करिब ६ बजे सर्पले डसेको थियो । समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी […]
१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ । यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा […]
१८ असार, काठमाडौं । वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुनेगरी कानुन बन्ने भएको छ । संविधानले नरोकेका पदाधिकारीमा निर्वाचित हुन (चुनिने अधिकार प्राप्त गर्न) अंगीकृत नागरिकले नागरिकता प्राप्त गरेको पाँच वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ। अंगीकृत नागरिकता प्राप्त गर्नका लागि नै ७ वर्ष कुर्नुपर्ने गरी नागरिकता ऐन संशोधन […]
१८ असार, विराटनगर । बुधबार मोरङको कानेपोखरीमा कोरोना संक्रमण पुष्टि भएका युवक मलेसियाबाट नेपाल फर्किएको पाइएको छ । उनी ७ असारमा मलेसियाबाट सरकारले उद्धार गरी ल्याइएका व्यक्ति हुन् । कानेपोखरी गाउँपालिका–५ का ती युवक ७ असार राति १ बजे कानेपोखरी आइपुगेका थिए । तर उनी क्वारेन्टिनमा नगई सिधै घर गएका थिए । मलेसियाबाट उनीसँगै अन्य […]
१८ असार, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी थालेका छन् । फौजमा संक्रमितको संख्या बढ्दै जाँदा आफैं पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारी थालिएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । सेनाले […]
१८ असार, काठमाडौं । ३० को दशकमा नेपाली साहित्यको सर्वाधिक चर्चामा थिए कवि हरिभक्त कटुवाल (१९९२ असार १८–२०३७ भदौ २५) । चोटिला कविता र मर्मस्पर्शी गीत लेख्ने कटुवाल २०२६ सालमा जन्मभूमि असम छाडेर काठमाडौंमा बस्न थालेका थिए । अधिकांश साहित्यिक र परिचितले कटुवाललाई आफू र परिवारको चासो नगर्ने मानिसको रुपमा चित्रित गर्ने गरेका छन् । […]
१८ असार, काठमाडौं । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो । बाराका […]
१८ असार, झापा । सिराहाका रोहित यादव दुलही लैजान बुधबार दुई वटा गाडीमा झापा आए । तर, उनीसँग प्रशासनले दिएको एउटा मात्र सवारी पास थियो । बेहुलीको घर पुग्न करिब ४१ किलोमिटर वर इलाका प्रहरी कार्यालय, झिलझिलेले ना १ ज ८८८५ नम्बरको माइक्रोलाई रोक्यो । त्यसअघि कतै पनि उनीहरुलाई रोकिएको थिएन । यादवका अनुसार उनको […]
१८ असार, गौर । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त […]
from समाचार – Online Khabar https://ift.tt/2AkRKqu
via IFTTT






















