समाचार
११ साउन, काठमाडौं । के तपाईं स्कुटर पार्क गरेको बेला डिकीमा पैसा छोडेर हिँड्ने गर्नु भएको छ ? त्यसो भए होसियार हुनुस् । तपाईंको पैसा चोरी हुन पनि सक्छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा झिकेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । उनले स्कुटरको डिकी खोलेर पैसा चोर्ने गरेका थिए । […]
११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा […]
११ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो । करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर आएका वडाध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान गर्नु पर्ने भएको छ । शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो । […]
११ साउन, विराटनगर । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन । बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर- ६ का एक पुरुषलाई संक्रमण […]
११ साउन, बागलुङ । बागलुङ नगरपालिका–१ निरहेघाट नजिकै सुख्खा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टरसहित पुरिएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार राति पहिरोमा पुरिएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी […]
११ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा भएका परीक्षणमध्ये सरकारी प्रयोगशालामा तीन लाख ६२ हजार १५३ नमुना परीक्षण गरिएको […]
११ साउन, काठमाडौं । भदौ १ गतेदेखि नयाँ बसपार्कमा टिकट काट्न टोकन प्रणाली लागू हुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा अब नयाँ प्रविधिको प्रयोग गर्न लागिएको हो । कोरोना संक्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भनेका छन् । आधारहीन र मनगढन्ते तर्क अगाडि जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको कोइरालाको भनाइ छ । कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने […]
११ साउन, हेटौंडा । मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका […]
११ साउन, वीरगञ्ज । वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएका एक जना वृद्धको मृत्यु भएको छ । नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । उनको […]
११ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा बिहीबार साँझ ओखलढुंगाकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि तेजाब आक्रमण भयो । केहीबेरअघि सँगै बसेर चिया खाएको व्यक्तिको योजनामा उनीमाथि आक्रमण भएको खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले घटनामा संलग्न दुई जनालाई बिहीबारै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा गार्मेन्ट उद्योग सञ्चालक रौतहट […]
११ साउन, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् । हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ । उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन् । बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के […]
११ साउन, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् । ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेका हुन् । उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन […]
११ साउन, चितवन । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी त्यसको तयारीमा जुटेका छन् । आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार […]
११ साउन, काठमाडौं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब […]
११ साउन, झापा । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीका अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँका अनुसार सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ भने कन्ट्याक ट्रेसिङ पनि थालिएको छ ।
११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो । उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा […]
११ साउन, युएई । युएईको आबुधाबीमा अलपत्र परेका ३ महिला र १२ जना पुरुषको उद्धार भएको छ । एजेन्टले युएईमा ल्याएर अलपत्र पारेका उनीहरुलाई ‘आबुधाबी राहत वितरण तथा उद्धार समूह’ले उद्धार गरेको हो । बाग्लुङ घर भएका ओमबहादुर कुँवर, लोकेन्द्र थापा, टिका तामाङ र कर्ण लोप्चनलाई उद्धार गरी नेपाल फर्काइएको छ । त्यस्तै बर्दियाका २ […]
११ साउन, बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुंगा, […]
११ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु […]
११ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् । दुई साता अघि उनी आफैंले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । अहिले फेरि बोल्सोनारो आफैंले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि उनको कोरोना परीक्षणका लागि नमूना संकलन कहिले गरिएको थियो र […]
from समाचार – Online Khabar https://ift.tt/2EbJZET
via IFTTT