समाचार
९ साउन, काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् । मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले शक्रुबार गरेको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको बताएका हुन् । ‘देशभरमा ३३/३४ वटा प्रयोगशाला सञ्चालनमा छ भनिएको छ, तर दैनिक परीक्षण ४ हजार हाराहारी मात्र छ’ छलफलमा सहभागी डा. समीरमणि दीक्षितले भने, […]
९ साउन, काठमाडौं । रुकुम पश्चिममा दलित युवकको हत्यालगायत देशभर भएका जातीय विभेदको घटनाको काठमाडौंमा शुक्रबार प्रदर्शन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजको आयोजनामा काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनकारीले रुकुमपश्चिमको सोती नरसंहारमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, दलितमाथि भएका विभेद अन्त्य गर्नुपर्नेलगायतका माग […]
९ साउन, सप्तरी । सप्तरीमा विष सेवनपछि अस्पतालमा उपचारका लागि ल्याएका एक व्यक्तिमा काेरोना संक्रमण पुष्टि भएको छ । जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई दिनअघि बुधबार अस्पताल भर्ना भएका ती पुरुषको तत्कालै स्वाब लिएर परीक्षण गरिएको थियो । उनको रिपोर्ट शुक्रबार […]
९ साउन, काठमाडौं । श्रीमती हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय छुट दिएको विरोधमा विवेकशील नेपाली दलले विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा भेला भई विवेकशील नेपाली दलका कार्यकर्ताले प्लेकार्ड प्रदर्शन गरेका हुन् । त्यस क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले रञ्जु दर्शनासहित केही नेतालाई […]
९ साउन, बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर अन्तर्राष्ट्रिय उडानहरु शुरु हुन कम्तीमा ९ महिना समय लाग्ने भएको छ । ‘बीचमा कुनै अवरोध नभए अझै कम्तीमा नौ महिनाभित्र विमानस्थलबाट व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न योग्य हुन्छ’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल नै […]
९ साउन, काठमाडौं ।वर्षासँगै मुलुकका विभिन्न स्थानमा आउनसक्ने बाढीपहिरो र डुबान समस्या रोकथामका लागि बजेट व्यवस्थापन गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो। आपतकालीन अवस्थामा दैवीप्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि मन्त्री पुनले […]
९ साउन, काठमाडौं । सरकारले कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने गरी कानुन प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा कैदीबन्दीले विवाह गरी विवाह दर्ता गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयकको दफा २८ मा कैदीबन्दीले एउटै कारागारमा रहेका […]
९ साउन, काठमाडौं । तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले ल्याएको ‘एक सय गन्तब्य’को कार्यक्रमले अब पुरानो स्वरुपमा निरन्तरता नपाउने भएको छ । ओझेलमा परेका पर्यटकीय स्थल प्रवर्द्धन गर्न ल्याइएको यो कार्यक्रम कार्यान्वयन सम्पन्न नहुँदै पर्यटन मन्त्रालयले नयाँ अवधारणामा पर्यटकीय गन्तब्य विकास गर्नेबारे योजना बनाएको छ । यससँगै अब यसअघि अगाडि बढेका आयोजनाले थप बजेट पाउने […]
९ साउन, बागलुङ । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका-७ मल्मका लक्ष्मण सुनारको वाचा थियो- छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपर्यो । धन कमाउन विदेशिएका उनी बन्द बाकसमा फर्किए । फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो […]
९ साउन, काठमाडौं । अब सडकमै सवारीको प्रदुषण चेक जाँच गरिने भएको छ । शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तरगतको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास […]
९ साउन, वीरगञ्ज । वीरगञ्जको कोभिड विशेष अस्पतालमा भर्ना भएकी एक किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षकी किशोरीको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज सिंहले जानकारी दिए । बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल […]
९ साउन, विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । […]
९ साउन, काठमाडौं । भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए । नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले अनलाइनखबरलाई टेलिफोनमा जानकारी दिए । उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन […]
९ साउन, काठमाडौं । काठमाडौंमा शुक्रबार एकजना हुण्डी कारोबारी १९ लाख ९१ हजार नगदसहित पक्राउ परेका छन् । स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ परेका हुन् । हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा उपत्यकाका विभिन्न ठाउँमा जाँच गर्दा न्यौपानेलाई काठमाडौंको विशाल बजारबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध […]
९ साउन, काठमाडौं । धादिङमा पृथ्वी राजमार्ग होस् वा काभ्रेको बीपी राजमार्ग वा पूर्वपश्चिम राजमार्गको अधिकांश क्षेत्रमा राजमार्गसँगै जोडिएर सयौं क्रसर उद्योग संचालनमा छन् । देशभर नै ठूला राजमार्गकै छेउछाउमा क्रसर उद्योग खोल्नु सामान्य जस्तै बनेको छ । अब भने क्रसर उद्योग राजमार्गको राइट अफ वे बाट कम्तीमा ५ सय मिटर पर सार्नुपर्ने भएको छ […]
९ साउन, चितवन । आर्थिक वर्ष २०७५/०७६ मा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र राष्ट्रिय वन क्षेत्रमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरे । आव ०७६/७७ मा भने २६ वटा गैँडा मानवीय र प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ । आव ०७४/७५ मा पनि २६ वटा गैँडा मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडाको मृत्युदरमा […]
९ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’ […]
९ साउन, जनकपुरधाम । भारतको बिहारस्थित सीतामढी जिल्लाको बराही ग्रामपञ्चायत-१२ मा रहेको टेकोना नदीमा पौडी खेल्ने क्रममा महोत्तरीका एक युवक बेपत्ता भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार मनरासिस्वा नगरपालिका-१० मधवा गाँउ बस्ने अनिल सदाका १४ वर्षीय छोरा बिकी मण्डल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । विष्टले भने, ‘उनी पौडी खेल्न […]
९ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङ समुदायको घरमा आगो लगाएको र सेनाको कुटपिटबाट चेपाङ युवकको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरेको छ । आयोगको वागमती प्रदेश कार्यालय सानेपाले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको आयोगका सचिव वेद भट्टराईले जानकारी दिए । २०५३ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङ समुदायको घरमा चितवन […]
९ साउन, काठमाडौं । शुक्रबारबाट बागमती प्रदेशमा फेरि इम्बोस्ड नम्बर प्लेटको वितरण सुरु भएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले संयुक्त रुपमा सुरुआत गरे । बाग्मती प्रदेशका निजी चार पांग्रे सवारी सवारी साधनमा इम्बोस्ड जोड्ने जिम्मा पाएको टेकुस्थित भेहिकल फिटनेस टेस्ट […]
९ साउन, जनकपुरधाम । महोत्तरीको मनरासिस्वा नगरपालिकाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । मनरासिस्वा नगरपालिका–१ स्वास्थ चौकी अगाडिबाट मोटरसाइकलमा सवार तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ४ बस्ने २६ वर्षीय नविन मण्डल, वडा नम्बर–५ बस्ने १९ वर्षीय राजीब कापर र जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय जितेन्द्र झा छन् । […]
from समाचार – Online Khabar https://ift.tt/2BqLNc7
via IFTTT