Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । १०१ वर्षका घिमिरेलाई श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै […]

गोकर्णेश्वर मन्दिर सिल, कुशे औंसीमा लागेन मेला

३ भदौ, काठमाडौं । भाद्र कृष्ण औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला नलाग्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं.–४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष लाग्दै आएको मेला यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान […]

आज बुवाको मुख हेर्ने दिन

३ भदौ, काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । ‘पितृदेवो […]

पर्यटनमन्त्रीलाई थाहै नदिई उद्धार उडान स्थगित !

२ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूसँग परामर्श नै नगरी उद्धार उडान स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सोमबार उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो । त्यही कारण चार्टर फ्लाइटका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको […]

साढे दुई दशकको चर्चापछि बन्यो राजस्व परामर्शको स्थायी संयन्त्र

२ भदौ, काठमाडौं । नेपालमा करिव साढे दुई दशक अगाडिबाटै आवश्यकता महसुस भएको नेपाल राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)ले बल्ल सार्थकता पाएको छ । सरकारले सोमबार बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा अर्थ मन्त्रालयका पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्दै बोर्डलाई औपचारिकता दिएको हो । यससँगै अब राजस्व सम्बन्धी राष्ट्रिय रणनीतिमा परामर्श दिन स्थायी […]

साउनमा सरकारका २ गल्ती, जसले बढायो कोरोना संक्रमण

२ भदौ, काठमाडौं । असार महिनाको अन्तिम दिन ३१ गते नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १७ हजार १ सय ७७ थियो । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको थियो भने ११ हजार २५ जना निको भइसकेका थिए । त्यो दिन थपिएका ११६ जनासहित सक्रिय संक्रमितको संख्या ६ हजार ११३ थियो । साउन लागेसँगै दैनिक […]

सुरक्षाकर्मीको तलब काट्न हतार, प्रोत्साहन भत्ता दिन आनाकानी

२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सुरक्षाकर्मीहरु झण्डै ६ महिनादेखि अग्रपंक्तिमा खटिएका छन् । कामकै सिलसिलामा सुरक्षाकर्मी आफैं संक्रमित पनि भइरहेका छन् । तर सरकारले आफ्नै बाचाअनुसार प्रोत्साहन भत्ता दिन भने आनाकानी गरेको पाइएको छ । जबकि कोरोना उपचार तथा रोकथाम कोष बनाएपछि भने हरेक सुरक्षाकर्मीको तलब काटेर […]

बेखर्चीको उद्धार सुरु नहुँदै चार्टर्ड उडानको ‘ब्यापार’ पनि बन्द !

२ भदौ, काठमाडौं । मलेसियाबाट फर्किन डिबी मगरले ३८० रिंगेट खर्चेर कोरोनाको पीसीआर परीक्षण गराए । दूतावासबाट फर्किनेको सूचीमा परेपछि पाँच महिनादेखि अलपत्र उनी छिट्टै घर फर्किन पाइने आशामा थिए । तर, सरकारले सोमबार एक्कासी तय भएका चार्टर्ड उडान पनि रद्ध गरेपछि उनी थप समस्या फसेका छन् । बेखर्ची भएका उनलाई अब अर्कोपटक खुल्दासम्म फेरि […]

प्रेस काउन्सिल गिजोल्दै सरकार, नियुक्ति विवाद अदालतमा

२ भदौ, काठमाडौं । सरकारले ४० दिन कार्यकाल बाँकी रहेका किशोर श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट हटाएर पोखराकी दुर्गा भण्डारी (पौडेल) लाई ल्याएको छ । सरकारले गत साउन २६ गते प्रेस काउन्सिल नियमावलीमा एउटा बुँदा संशोधन गरेर नयाँ कार्यवाहक अध्यक्ष नियुक्तिको बाटो खोलेको थियो । त्यही आधारमा आइतबार मन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई काउन्सिल सदस्य नियुक्त गरेर सोमबार […]

राज्य संरक्षित १८ भाइ ठेकदार : ५३ प्रतिशत ठेक्का कब्जा

२ भदौ, काठमाडौं । गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एउटा कहालीलाग्दो तथ्य उजागर गरेका थिए, ‘कुनै विकासे मन्त्रालयको ६६ प्रतिशत विकास बजेट बराबरको ठेक्का १८ वटा ठेकदारका हातमा छन् ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको अध्ययनले ऊर्जा मन्त्रालय बाहेकका भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयका अधिकतम् मूल्यका ठेक्का […]

कोरोना संक्रमितलाई अण्डा र मासु

२ भदौ, हेटौंडा । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संक्रमितलाई अण्डा र मासु उपलब्ध गराउने भएको छ । मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा–६, गौरीटार आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई एक महिनासम्म प्रतिव्यक्ति प्रतिदिन दुईवटा अण्डा र हप्तामा दुई पटक कुखुराको मासु सहयोग स्वरुप उपलब्ध गराउने भएको हो । मंगलबार कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारी, […]

सप्तरीमा पनि कोरोनासँग मिल्दो लक्षण देखिएका युवकको मृत्यु

२ भदौ, सप्तरी । सप्तरीमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको मंगलबार मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकको मृत्यु भएको हो । ज्वरो र श्वास फेर्न समस्या भएपछि उनलाई उपचारका लागि मंगलबार नै धरान लगिएको थियो । एक्कासी बिरामी परेका युवकलाई उपचारका […]

कोरोना संक्रमित भेटिएपछि तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल

२ भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्र सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको वडाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए । वडाध्यक्ष घिमिर अनलाइनखबरसँगले भने, ‘वडाभित्र ५ जना संक्रमित फेला परेका छन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । कन्ट्याक ट्रेसिङको आधारमा […]

ताल बने काठमाडौंका सडक !

२ भदौ, काठमाडौं । मंगलबार दिउँसो ठूलो वर्षा भएपछि काठमाडौंको सडक एकैछिनमा जलमग्न भए । पानीको सहज निकास नहुँदा र ठाउँ ठाउँमा ढल थुनिँदा पानी परेपछि सडकमा ताल पर्नु काठमाडौंमा अनौठो हुन छाडिसकेको छ । यसरी सडकभर पानी जम्दा पैदलयात्री र सवारी चालकहरु समस्यामा पर्ने गरेका छन् । सडकमा जमेको पानीका कारण सवारी दुर्घटना हुने […]

प्रदेश २ मा निजी स्वास्थ्य सं‌स्थालाई कोरोना उपचारमा लगाइने

२ भदौ, जनकपुरधाम । प्रदेश २ सरकारले निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजलाई संघीय सरकारले तोकेको रकम दिएर कोरोना उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) को मंगलबार बसेको बैठकले यस कामका लागि समाजिक विकास मन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरु समेत रहने गरी समन्वय समिति गठन गरेको छ । […]

चितवनमा कोरोना संक्रमित वृद्धाको मृत्यु

२ भदौ, चितवन । पूर्वी चितवनको खैरहनीमा कोरोना संक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धाको गएराति पौने एक बजे नै मृत्‍यु भएको उनका नाति (छोरीका छोरा) कमल पाठकले जानकारी दिए । १२ दिनदेखि बिरामी भएकी वृद्धाको सोमबार स्वाब संकलन गरी भरतपुर […]

चालकमा संक्रमण देखिएपछि स्वास्थ्य सचिव होम क्वारेन्टिनमा

२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । चालकमा कोरोना संक्रमण देखिएपछि सचिव अर्याल होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्य मन्त्रालयको स्रोत अनुसार सचिव अर्याल एक हप्ता होम क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै मन्त्रालय आउने तयारीमा छन्। उनी आइतबार साँझबाट होम क्वारेन्टिनमा बसेका हुन् । […]

रौतहटको माधव नारायण नगरपालिका सिल

२ भदौ, रौतहट । मंगलबार एकैदिन पाँच जना कोरोना संक्रमित फेला परेपछि रौतहटको माधव नारायण नगरपालिका १५ दिनका लागि सिल गरिएको छ । कोरोना रोकथाम फैलिन नदिनका लागि सोमबार राति १२ बजेदेखि भदौ १७ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्र सिल गरिएको मेयर वीरेन्द्र प्रसाद यादवले जानकारी दिए । वडा नम्बर-१ दिपहीमा संक्रमितको कन्ट्याक ट्रेसिङ […]

विराटनगरमा एकैदिन ४४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

२ भदौं, विराटनगर । विराटनगरमा एकैदिन ४४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालमा भएको परीक्षणमा रानीमा कार्यरत ४४ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २ जनाको सोमबार बेलुका र ४२ जनाको मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको हो । जसमा १० जना महिला प्रहरी रहेको प्रदेश प्रहरी स्रोतले जानकारी दिएको […]

मोरङमा स्वास्थ्य कार्यालय प्रमुखलाई कोरोना संक्रमण

२ भदौ, विराटनगर । कोरोना संक्रमितको व्यवस्थापनमा खटिएका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ उपचार केन्द्र विराटनगरको व्यवस्थापन हेर्दै आएका बस्नेतलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै कार्यालयका अर्का एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । एकसाता अघि गोठगाउँ आइसोलेसन केन्द्रमा खटिएका जिल्ला […]

प्रदेश २ मा ३२४ जना कोरोना संक्रमित थपिए

२ भदौ, जनकपुरधाम । प्रदेश २ मा ३ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ८५ जना महिलासहित ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सबैभन्दा बढी पर्सा जिल्लामा १ सय २४ जना छन् । मन्त्रालयका अनुसार बारामा ५९, धनुषामा ५४, रौतहटमा ४४, सप्तरीका १४, सिरहा तथा […]



from समाचार – Online Khabar https://ift.tt/3aAxxdY
via IFTTT
Powered by Blogger.