Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भारतबाट ल्याइएका हाँसका चल्ला नष्ट गरियो

३२ साउन,जनकपुरधाम । भारतबाट ल्याल्याइएका हाँसका चल्ला महोत्तरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्लाको पिपरा गाउँपालिका वडानम्बर १ बाट ती हाँसका चल्लालाई नियन्त्रणमा लिई नष्ट गरिएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए । बिष्टका अनुसार ज२प ५९०९ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको गस्ती टोलीले चल्ला नियन्त्रणमा लिएको […]

‘संक्रमित छौं, तर बिरामी भएको अनुभूति छैन’

३२ साउन, सप्तरी । ‘हामी जुन बैठकमा सहभागी भएका थियौं, त्यहाँ उपस्थित तीन जना कोरोना संक्रमण भएछ, तपाई पनि पीसीआर जाँच गराउनुस् है’ पूर्व क्रिकेटर पवन दासलाई साउन तेस्रो साता फोनमा एक जनाले सुनाउँछन् । उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगे र, आफूसँगै आमा र बुवाको पनि स्वाब दिए । स्वाब दिए पनि रिपोर्ट के […]

बारामा फेरि निषेधाज्ञा

३२ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले सोमबारदेखि लागु हुने गरी पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो । बारामा यसअघि साउन १८ गतेदेखि लागु हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो । […]

पोखरामा बढे स्रोत नखुलेका संक्रमित, महानगर नै सिल गर्ने तयारी

३२ साउन, पोखरा । साउन १२ गते पोखरा ५ को एउटा सहकारीको कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो । बिना कुनै स्रोत ती कर्मचारीलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन थालियो । ८० जनाको स्वाब संकलन गर्दा अहिलेसम्म वडामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै ती कर्मचारीको बाबु र छोरीमा […]

अछाममा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

३२ साउन, काठमाडौं । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त […]

नेटवर्किङ व्यवसायबारे अध्ययन उपसमितिका सदस्य विभाजित

३२ साउन, काठमाडौं । कानुनी छिद्र खोजेर सञ्चालन भएको नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न गठित संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमिति नै विभाजित भएको छ । प्रत्यक्ष बिक्रीसम्बन्धी कानुनका आधारमा दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको भन्दै उजुरी परेपछि समितिले अध्ययनका लागि उपसमिति गठन गरेको थियो । तर उपसमितिमा प्रत्यक्ष […]

चितवनमा माडीबाहेकका सबै स्थानीय तहमा निषेधाज्ञा

३२ साउन, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका ६ वटा स्थानीयमा तहमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहहरुकै सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो । माडी बाहेकका स्थानीय तहमा भदौ ५ गतेसम्म लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । भरतपुर महानगरपालिकामा साउन ३० […]

डा. केसीको सत्याग्रह १० दिन स्थगित

३२ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आइतबारदेखि पुन:  सत्याग्रहको घोषणा गरेका डा. गोविन्द केसीले १० दिनलाई स्थगित गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै डा.केसीले नागरिकहरुले भोग्नु परिरहेको चौतर्फी विपत्तिप्रति संवेदनशील हुँदै सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगन गरिएको जानकारी गराएका हुन् । डा. केसीले आफूले दिएको ३ हप्ताको अल्टिमेटममा सरकारले माग […]

वीरगञ्जमा कोरोना अस्पतालबाट डिस्चार्ज भएपछि एकजनाको मृत्यु

३२ साउन, वीरगञ्ज । कोरोना संक्रमणमुक्त भई कोभिड अस्पतालबाट डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१३ शिवनगरका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी कोभिड विशेष अस्थायी अस्पताल वीरगञ्ज हेल्थकेयरबाट शनिबार राति उनी कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट […]

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा

३२ साउन, जनकपुरधाम । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । भदौ ७ गते […]

कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा

३२ साउन बुटवल । कपिलवस्तुमा जारी निषेधाज्ञा एक हप्तासम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर पुनः बढेकाले जिल्ला उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजेसम्म यसअघि जारी निषेधाज्ञा भदौ […]

पर्सामा निषेधाज्ञामा कडा पार्न सेना परिचालन

३२ साउन, वीरगञ्ज । पर्र्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए । ‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेका हौं’ उनले भने, […]

केन्द्र सरकारलाई भक्तपुरको चुनौती : नाकामा सक्नुभएन, क्वारेन्टिन बनाएर देखाउनुस् !

३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा हामीले फेरि एकचोटि भक्तपुर नगरपालिकालाई सम्झियौं । संक्रमण रोकथाम र बिरामीहरुको उपचारमा भक्तपुर नगरपालिकाले कसरी काम गरिरहेको होला ? लकडाउनमा स्थानीयबासीका गुनासाहरु सम्वोधन गरेर प्रशंसा कमाएको भक्तपुर नगरपालिका यतिबेला संघ […]

‘जनताको जीवन पैसासँग दाँजियो’

३२ साउन, पोखरा । एक घर एक पीसीआर टेस्टको माग गर्दै नेपाली कांग्रेसले असार २३ मा गण्डकी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरायो । प्रस्तावलाई कार्यसूचिबाटै हटाइएपछि कांग्रेसले तीन पटकसम्म संसद अवरुद्ध गर्‍यो । संकल्प प्रस्तावको माग पूरा गर्न नसकिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए र, साउन २२ गतेको प्रदेशसभा बैठकले बहुमतको आधारमा प्रस्ताव फेल भयो […]

यस्तो बन्यो अद्यावधिक नक्सासहित संसदको लोगो

३२ साउन, काठमाडौं । संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो […]

न्युरोड क्षेत्रका पसल दुई दिन बन्द

३२ साउन, काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पुरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड–१९ संक्रमण […]

कोरोनाविरुद्ध खोप बनाउन अर्बौं डलरको दौड

काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो । तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार गर्ने दौडमा छन् । दर्जनौं शोधकर्ताको टोलीले कोरोना भाइरसविरुद्धको खोप बनाउन काम गरिरहेका छन्, जसमा […]

गुल्मीका पहिरो पीडितलाई राहत

३२ साउन, गुल्मी । गुल्मीका पहिरो पीडित करिब ३ सय घर परिवारलाई राहत उपल्ध गराइएको छ । गत असार १८ गतेको पहिरोका कारण विस्थापित परिवारहरुलाई राहत वितरण गरिएको हो । पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टको पहलमा सिभिल बैङ्कले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिब तीन सय घर परिवारलाई राहत स्वरुप […]

धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

३२ साउन, जनकपुरधामा । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । ४३ वर्षीय पुरुषको मृत्यु भएपछि अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको […]

रुपन्देहीस्थित नेपाल आयल निगमका १० कर्मचारीमा कोरोना

३२ साउन, बुटवल । रुपन्देहीस्थित नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  निगमको भलबारीस्थित प्रादेशिक डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना […]

स्वाब संकलन गर्ने चिकित्सकलाई नै कोरोना संक्रमण

३२ साउन, विराटनगर । शंकास्पद शंक्रमितको स्वाब संकलन गर्न खटिएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर महानगरपालिकामा स्वाब संकलन रोकिएको छ । स्वाब संकलनमा खटिने चिकित्सकमा आइतबार संक्रमण पुष्छि भएको हो । अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरी कोरोना जाँच गर्न एक दिन स्वाब संकलन रोकिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार […]



from समाचार – Online Khabar https://ift.tt/3fYJY4p
via IFTTT
Powered by Blogger.