समाचार
३२ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ । आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । शनिबार उपमहानगरका लेखा अधिकृतमा र आइतबार प्रशासन तथा सामाजिक विकास शाखाका अधिकृत […]
३२ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका सिलसिलामा सोमबारबाट पाँचौ चरणको उद्धार सुरु हुँदैछ । अगष्ट ३१ तारीखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ । वायुसेवा कम्पनीहरुका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले यो बीचमा १७ उडान गर्दैछ । हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ । अन्य […]
३२ साउन, तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् । लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले […]
३२ साउन, बुटवल । बुटवल उपमहानगरमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १६ जना नयाँ संक्रमित थपिएका बुटवल उपमहानगरपालिकाका स्वास्थ्य विभग प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । पछिल्लो रिपोर्टसँगै बुटवलमा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । सिंहका अनुसार आइतबार पुष्टि भएका संक्रमित मध्ये तीन जना उपमहानगरका […]
३२ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेका कारण अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि १५ भदौसम्मका लागि स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए । केन्द्रअन्तर्गतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाबाट प्रदान गरिने सेवाहरू स्थगन गरिएको हो […]
३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदीमा शुक्रबार विहान गएको पहिरोमा हराएका ३९ जनामध्ये १९ जनाको शव भेटिएको छ । २० जनाको अहिले पनि खोजी भइरहेको छ । उद्धारमा खटिएको नेपाली सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको उद्धार भएको छ […]
३२ साउन, चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित तीनजना अस्पतालका चिकित्सक र नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा त्रास फैलिएको छ । यही गतिमा स्वास्थ्यकर्मी धमाधम संक्रमित भएमा बिरामीले उपचारमा समेत समस्या हुने आंशका गर्न थालिएको छ । भरतपुर अस्पताल, भरतपुर कोभिड-१९ ल्यावको समेत जिम्मेवारी हेर्दै आएका अस्पतालका मेसु डा. तिवारी आफैं संक्रमित भएर अस्पतालको […]
३२ साउन, चितवन । पूर्वी चितवनका चार नगरपालिकाहरुले एक साता निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय चितवनलाई सिफारिस गरेका छन् । पूर्वी चितवनको कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको आइतवार बसेको संयुक्त बैठकले आजै राति १२ बजेबाट निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले […]
३२ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिका वडानम्बर ८ जिगंडवामा एक युवकको हत्या भएको छ । जिगंडवाका २० वर्षीय निरजंन रामको धारिलो हतियारले घाटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शवको प्रकृति हेर्दा धारिलो हतियारले घाटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । एक फलफूल […]
३२ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या […]
३२ साउन, विराटनगर । विराटनगररकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर- २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको राति करिब १२ : ३० […]
३२ साउन, विराटनगर । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भएको हो । मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि पुनः परीक्षण गर्न […]
नेपालमा रेल प्रविधि हाम्रा प्राविधिकहरुकै लागि पनि नौलो छ । हाम्रा इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीले रेल्वे इन्जिनियरिङ पढेका हुन्छन्। सैद्धान्तिक ज्ञान हुन्छ । तर, त्यसको व्यवहारिक ज्ञानका लागि अनुभवको अवसर छैन। धेरैले त रेल चढेका पनि हुँदैनन् । नेपालमा यातायात विकासका लगि रेल प्रविधिको औचित्य कस्तो भन्नेमा विमर्श गर्नु पहिले विश्वमा रेल प्रविधिको आरोह-अवरोहबारे चर्चा गरौं। […]
३२ साउन, काठमाडौं । युएई र इजरायलबीच भएको शान्ति सम्झौताको इरान र टर्कीले विरोध गरेका छन् । इरानका राष्ट्रपति हसन रुहानीले शनिबारको एक मन्तव्यमा युएईले मुस्लिम देशहरुलाई धोका दिएको बताए । केही दिनअघि अमेरिकाको पहलमा युएई र इजरायलबीच शान्ति सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद […]
३२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए । एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई […]
३२ साउन, वीरगञ्ज । पर्सा–बारामा स्वास्थ्यकर्मी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा ३१ साउन शनिबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका १७ जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ७ जना, पर्साको पोखरिया नगरपालिकामा १२ […]
३२ साउन, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ । […]
३२ साउन, वीरगञ्ज । वीरगञ्जमा थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पीटलमा उपचाररत २९ जना कोरोनामुक्त भई घर फर्किएका हुन् । संक्रमणमुक्त हुनेमा ५ जना महिला छन् । पोखरिया र वीरगञ्ज श्रीपुर घर भएका मिर्गौला रोगी दुई जना महिलाले पनि कोरोनालाई जितेका छन् । उनीहरुलाई हेल्थ केयर […]
३२ साउन, चितवन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था […]
३२ साउन, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, […]
३२ साउन, वीरगञ्ज । गण्डकी प्रदेशका दुई जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले आइतबार बिहान ६ः२० बजे सार्वजनिक गरेको विवरणअनुसार संक्रमित हुनेहरु कास्कीका ५ जना र तनहुँका १ जना छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ । गण्डकी प्रदेश […]
from समाचार – Online Khabar https://ift.tt/2PSW6tg
via IFTTT




















