समाचार
१ भदौ, वीरगञ्ज । बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको […]
१ भदौं, काठमाडौं । चितवनका एक युवाले चारपांग्रे गाडी निर्माण गरेका छन् । मोटरसाइकलको पुरानो इन्जिन प्रयोग गरेर चितवनको गैडाकोटका मुस्कान सापकोटाले चारपांग्रे गाडी बनाएका हुन् । मुस्कानले हेर्दा ठ्याक्कै मिनि ट्रक जस्तै देखिने गाडि अगाडि चालकसहित २ जना बस्ने मिल्ने र पछाडि सामान राख्न मिल्ने गरी गाडी बनाएका हुन् । उनले बनाएको गाडि केहिदिन […]
१ भदौ, काठमाडौं । नेपालमा भुकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार घर निर्माण भएका छन् । नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्रण (ओभरसाइट मेकानिजम) को सोमबार काठमाडौंमा सम्पन्न बैठकमा भारतीय पक्षले सो जानकारी दिएको हो । नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच यो पहिलो औपचारिक […]
१ भदौ, काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ ले बाबुको मुख हेर्न र तीजमा माइत नजान वडाबासीलाई अनुरोध गरेको छ । भदौ ३ गते बाबुको मुख हेर्ने दिन र भदौ ५ गते हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीज पर्छ । बाबुको मुख हेर्ने दिन र तीजमा कोही पनि पाहुना हुन जाने र […]
१ भदौ, वीरगञ्ज । वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण रिपोर्ट दिन सकिने प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण वीरगञ्जमै सुरु गरिएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार जीन एक्सपर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भए नभएको जानकारी एक घण्टामा दिन सकिन्छ । विश्व स्वास्थ्य […]
१ भाद्र,काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ । सोमबारकालागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ । […]
गत साउन १४ गते बिहान काठमाडौंबाट वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमनमा निस्किएर दिउँसो सिन्धुलीको वन फडानी हेर्यौं । त्यसक्रममा त्यहाँका वासिन्दा र सामुदायिक वन उपभोक्ता समूहसँग छलफल गरियो । त्यसपछि जिल्ला वन कार्यालय गएर डीएफओ र कर्मचारीहरुसँग छलफलका साथै कागजात संकलन गरेर बेलुकी बर्दिबास झर्यौं । सिन्धुलीमा तीन ठाउँमा छलफल गरियो– वन उपभोक्ता समितिको कार्यालय, जिल्ला […]
१ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता मध्ये थप तीन जनाको शव फेला परेको छ । सोमबार तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका १६ जना अझै बेपत्ता रहेको लामाले […]
१ भदौ, काठमाडौं । संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले […]
१ भदौ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसँग पैसा लिएको उजुरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । […]
१ भदौ, मंगलबारे । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । […]
१ भदौ, बुटवल । रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएको छ । छतबाट खसेर गम्भीर घाइते जैसवालको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु […]
१ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ साउनमा निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशन दियो । र भन्यो, उपचाररत कुनै विरामीमा कोरोना संक्रमण देखिएमा मन्त्रालयको निर्देशन बेगर अन्यत्र रिफर नगर्नू । पछिल्लो समय नयाँ संक्रमितको संख्या बढ्दै गएको र कोभिड अस्पतालहरुमा बेड अभाव हुन थालेपछि […]
१ भदौ, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो । चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा […]
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन् । भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या […]
१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा […]
१ भदौ, गुल्मी । गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेको र जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिँड्डुलमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दीर्घरोगी पहिचाहन […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ । पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले […]
१ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बेदकोट नगरपालिका–८ का १७ वर्षीय जनक साउद महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । साउद सोमबार आफन्तको मलामी गएका व्यक्ति भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकै नदीमा बगेर बेपत्ता भएका हुन् । ‘उनको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय […]
१ भदौ, काठमाडौं । जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको छ । यतिमात्रै होइन जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुने छ । विभागका महानिर्देशक […]
from समाचार – Online Khabar https://ift.tt/3iOKZOw
via IFTTT






















