Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

व्यापारीमा कोरानो देखिएपछि न्यूरोडका पसल बन्द

३० साउन, काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । […]

कोभिड १९ का बिरामीको उपचारका लागि जनमैत्री अस्पताल सञ्चालनमा ल्याउन माग

३० साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनु पर्ने माग गरेको छ । हाल बन्द रहेको उक्त अस्पताल सञ्चालनमा ल्याई कोरोना संक्रमितको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग […]

रौहतटमा कर्मचारी र पत्रकारसहित २४ जना संक्रमित

२८ साउन, रौतहट । रौतहटमा बिहीबार गौर नगरपालिकाका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । गौर नगरपालिकामा […]

गुल्मीमा बाढीले ट्रक बगायो

३० साउन, गुल्मी । गुल्मीमा पहिरोसहित आएको बाढीले मालवाहक ट्रक बगाएको छ । बुटवलदेखि बागलुङको हटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्ब- ६ स्थित खोलामा बाढीले करिब २० मिटर तल बगाएको हो । रोकी राखेको ट्रक बगाएको र क्षतीको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज […]

काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, ललितपुरमा प्रति आना १२ सय !

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ । कोरोना भाइरस -कोभिड-१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि […]

फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि

३० साउन, काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो । तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन […]

प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका दुईजनामा कोरोना पुष्टि

२९ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका दुईजना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुमध्ये एकजना कपिलवस्तु र एकजना प्युठानका हुन् । दुवैजना पुरुष हुन् । बुधबार कपिलवस्तु र प्युठानबाट उपचारका लागि आएका उनीहरु आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका थिए । दुवैजनामा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको […]

कुलमान घिसिङसहित प्राधिकरणका उच्च अधिकारीको पीसीआर नेगेटिभ

३० साउन, काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिर्पोट नेगेटिभ आएको छ । संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनीहरूको पीसीआर जाँच गरिएको थियो । प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षणको रिर्पोट शुक्रबार आएको […]

मकवानपुरमा पहिरोमा पुरिएर १ जनाको मृत्‍यु

३० साउन, हेटाैंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँकाे ढुङ्मा खानीमा खसेकाे पहिराेमा परी एकजनाको मृत्यु भएको छ । बिहीबार साँझ झरेकाे पहिराेमा परी थाहा नगरपालिका–१२, गैरीगाउँका ५४ वर्षीय कालु मोक्तानको पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ । पहिरोमा परी एक स्काभेटर र तीनवटा टिपर पुरिएका छन् । पहिरोमा पुरिएका मोक्तानको शव निकालिएको प्रहरीले […]

सिन्धुपाल्चोकको पहिरोमा ३८ जना बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले अनलाइनखबरलाई जानकारी दिए । घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद […]

भानुमा ठेकदारबाट फैलियो कोरोना संक्रमण

३० साउन, पोखरा । साउनको तेस्रो हप्ताको अन्तिममा हेटौंडाका दुई जना तनहुँको भानु नगरपालिका आइपुगे । उनीहरुले तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँका निर्माण क्षेत्रमा ठेक्का लिएका थिए । ठेकेदारसँगको सम्पर्कमा आएका भानु नगरपालिका वडा नम्बर १ का एक जना पुरुषमा कोरोनाको सामान्य लक्षण देखियो । संक्रमणको शंका लागेपछि उनीसहित केहीले साउन २३ गते […]

अफवाह फैलाएको अभियोगमा पत्रकार बताउने व्यक्ति पक्राउ

३० साउन, काठमाडौं । आफूलाई पत्रकार बताएर समाजमा अफवाह फैलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका सुनिल शर्मा छन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो । शर्माले आफूलाई दैनिक भारतको पत्रकार बताउने गरेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका […]

कालीकोटको पहिरोमा मृत्यु हुने ६ जनाकै सनाखत

३० साउन, सुर्खेत । कालीकोटमा पहिरोले पुरेर मृत्यु भएका एकै परिवारका सबै ६ जनाकै सनाखत भएको छ । महावै गाउँपालिका-३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली […]

बढ्यो सुनको भाउ

३०, साउन, काठमाडौं । साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा  आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ […]

शिक्षण अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा संक्रमण

३० साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । हाल इमर्जेन्सी विभाग सिल गरिएको छ । नयाँ संक्रमित स्वास्थ्यकर्मी […]

पर्यटनका पूर्वाधारमा अब तीन तहकै सरकारको साझा लगानी

३० साउन, काठमाडौं । सरकारले अब देशभर बन्ने पर्यटकीय पूर्वाधारमा तीन वटै तहका सरकारको लागत साझेदारी अनिवार्य गरेको छ । सरकारले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय उपज विकास साझेदारी आयोजना (सञ्चालन) कार्यविधि २०७७ जारी गरेको छ । उक्त कार्यविधिअनुसार अब प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजनामा लागतको साझेदारी हुने भएको छ । उक्त नीति […]

ओली र प्रचण्डबीच भेटवार्ता

३० साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । नेताहरुका अनुसार पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना छ । प्रचण्डले त्यसका लागि आफ्नो समूहबाट सहमति लिइसकेका छन् । […]

पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

३० साउन, वीरगञ्ज । पर्सा, बारा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२ जना महिला छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण […]

तोकियो चिउराको गुणस्तर

२९, साउन, काठमाडौं । नेपालीहरुले कहिलेदेखि चिउरा खान थाले भन्ने कुनै अभिलेख पाइन्न । तर परम्परागत नेवारी खाजामा चिउराको प्रयोग प्रमुख रहनुको अर्थ नेपालमा चिउरा खाने प्रचलन ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ । देशका अधिकासं क्षेत्रमा अहिले पनि खाजाका रुपमा चिउराको प्रयोग गरिन्छ । हामीले चिउरा खाँदा सडेर गन्हाएको, घुन लागेको, धुलो परेको, कोही रातो […]

हेलिकप्टरमा सिन्धुपाल्चोक गए सभामुख सापकोटा

३० साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् । सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट […]

मास्कमा मनोमानी : सही ढंगले नलगाउँदा उत्तिकै जोखिम

काठमाडौं । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्ने ६० जनालाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार जनही १०० रुपैयाँ जरिवाना गरायो । प्रशासनको तर्फबाट अनुगमनमा गएको टोलीले कतिपय मास्क लगाउन नजान्नेलाई मास्क लगाउने तरिका समेत सिकाएको थियो । सोही टोलीले ७५० वटा पसलहरूमा भौतिक दुरी कायम नभएको भन्दै पहिलो पटकलाई चेतावनी दिएर फर्किएको छ […]



from समाचार – Online Khabar https://ift.tt/3kTAn2G
via IFTTT
Powered by Blogger.