Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिन्धुपाल्चोकको पहिरोमा ३८ जना बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको वडाध्यक्ष प्रताप लामाले अनलाइनखबरलाई जानकारी दिए । घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद […]

भानुमा ठेकदारबाट फैलियो कोरोना संक्रमण

३० साउन, पोखरा । साउनको तेस्रो हप्ताको अन्तिममा हेटौंडाका दुई जना तनहुँको भानु नगरपालिका आइपुगे । उनीहरुले तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँका निर्माण क्षेत्रमा ठेक्का लिएका थिए । ठेकेदारसँगको सम्पर्कमा आएका भानु नगरपालिका वडा नम्बर १ का एक जना पुरुषमा कोरोनाको सामान्य लक्षण देखियो । संक्रमणको शंका लागेपछि उनीसहित केहीले साउन २३ गते […]

अफवाह फैलाएको अभियोगमा पत्रकार बताउने व्यक्ति पक्राउ

३० साउन, काठमाडौं । आफूलाई पत्रकार बताएर समाजमा अफवाह फैलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका सुनिल शर्मा छन् । उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो । शर्माले आफूलाई दैनिक भारतको पत्रकार बताउने गरेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका […]

कालीकोटको पहिरोमा मृत्यु हुने ६ जनाकै सनाखत

३० साउन, सुर्खेत । कालीकोटमा पहिरोले पुरेर मृत्यु भएका एकै परिवारका सबै ६ जनाकै सनाखत भएको छ । महावै गाउँपालिका-३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली […]

बढ्यो सुनको भाउ

३०, साउन, काठमाडौं । साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा  आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ […]

शिक्षण अस्पतालका थप ४ जना स्वास्थ्यकर्मीमा संक्रमण

३० साउन, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । हाल इमर्जेन्सी विभाग सिल गरिएको छ । नयाँ संक्रमित स्वास्थ्यकर्मी […]

पर्यटनका पूर्वाधारमा अब तीन तहकै सरकारको साझा लगानी

३० साउन, काठमाडौं । सरकारले अब देशभर बन्ने पर्यटकीय पूर्वाधारमा तीन वटै तहका सरकारको लागत साझेदारी अनिवार्य गरेको छ । सरकारले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय उपज विकास साझेदारी आयोजना (सञ्चालन) कार्यविधि २०७७ जारी गरेको छ । उक्त कार्यविधिअनुसार अब प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजनामा लागतको साझेदारी हुने भएको छ । उक्त नीति […]

ओली र प्रचण्डबीच भेटवार्ता

३० साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । नेताहरुका अनुसार पार्टीमा सहमति खोज्न कार्यदल गठन गर्ने सम्भावना छ । प्रचण्डले त्यसका लागि आफ्नो समूहबाट सहमति लिइसकेका छन् । […]

पर्सा, बारा र महोत्तरीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

३० साउन, वीरगञ्ज । पर्सा, बारा र महोत्तरीका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२ जना महिला छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका २४ जना, बाराका २१ जना, महोत्तरीका २ र भारतीय महावाणिज्य दूतावासका ३२ वर्षीय कर्मचारीमा कोरोना संक्रमण […]

तोकियो चिउराको गुणस्तर

२९, साउन, काठमाडौं । नेपालीहरुले कहिलेदेखि चिउरा खान थाले भन्ने कुनै अभिलेख पाइन्न । तर परम्परागत नेवारी खाजामा चिउराको प्रयोग प्रमुख रहनुको अर्थ नेपालमा चिउरा खाने प्रचलन ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ । देशका अधिकासं क्षेत्रमा अहिले पनि खाजाका रुपमा चिउराको प्रयोग गरिन्छ । हामीले चिउरा खाँदा सडेर गन्हाएको, घुन लागेको, धुलो परेको, कोही रातो […]

काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, ललितपुरमा प्रति आना १२ सय !

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ । कोरोना भाइरस -कोभिड-१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि […]

हेलिकप्टरमा सिन्धुपाल्चोक गए सभामुख सापकोटा

३० साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् । सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट […]

मास्कमा मनोमानी : सही ढंगले नलगाउँदा उत्तिकै जोखिम

काठमाडौं । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्ने ६० जनालाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार जनही १०० रुपैयाँ जरिवाना गरायो । प्रशासनको तर्फबाट अनुगमनमा गएको टोलीले कतिपय मास्क लगाउन नजान्नेलाई मास्क लगाउने तरिका समेत सिकाएको थियो । सोही टोलीले ७५० वटा पसलहरूमा भौतिक दुरी कायम नभएको भन्दै पहिलो पटकलाई चेतावनी दिएर फर्किएको छ […]

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि

३० साउन, चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा नगरपालिकाको वडा नं. १ का ६ जना महिला र १४ जना पुरुष संक्रमित बनेका हुन् । संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् । नगरपालिकाका अनुसार […]

कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु

३० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । विराटनगरका युवकलाई बिहीबार बिहान […]

भरतपुर अस्पताल आएका १३ जनामा कोरोना, नर्स पनि संक्रमित भएपछि आकस्मिक कक्ष सिल

३० साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएका १३ जना र अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । विहीबार भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ जनामध्ये १३ जना भरतपुर अस्पतालमा उपचारका लागि आएकाहरु भएको पाइएको छ । […]

प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्‍याल !

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने समृद्धिको सपनाको मुख्य विम्व हो, रेल । त्यसैले रेलमार्गलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएर ठूलै कसरत गरिरहेको छ । यसरी कसरत गर्नु राम्रै पनि हो । नेपालमा जनकपुर–जयनगर रेलमार्ग करिब ८५ वर्ष अघि अंग्रेजहरुले नै चलाएका थिए । अहिले नेपालमा रक्सौलबाट वीरगञ्जस्थित सुख्खा बन्दरगाहसम्म कार्गो […]

आरती स्ट्रिप्सका ५१ मजदुरलाई कोरोना संक्रमण, दुई जना सम्पर्कविहीन

३० साउन, विराटनगर ।  मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालीमा कोरोना संक्रमित कामदारको संख्या ५१ पुगेको छ । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो । बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको छ । संक्रमण […]

कालीकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु

३० साउन, काठमाडौं । कालीकोटको महावै गाउँपालिका वडानम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको […]

कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

३० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर […]

सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले अनलाइनखबरसँग भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर […]



from समाचार – Online Khabar https://ift.tt/30Vm6dR
via IFTTT
Powered by Blogger.