समाचार
३२ साउन, काठमाडौं । सरकारले नोवल कोरोना भाइरस (कोभिड-१९) कारण ११ चैतदेखि लगाएको लकडाउन ६ साउनमा अन्त्य गर्यो । तर, १२० दिने लकडाउन हटाउने निर्णय गरेको ५ साउनको त्यही मन्त्रिपरिषद् बैठकले संक्रामक रोग निर्मूल गर्न वा सो रोग रोकथाम गर्नका लागि आवश्यक व्यवस्था मिलाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गर्यो । सरकारले दिएको त्यही […]
३२ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले कोभिड-१९ महामारीका बेला सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई ‘हामी अध्ययन गरिरहेका छौं’ भन्ने महशुस गराउन सक्नुपर्ने बताएका छन् । विश्वविद्यालय अनुदान आयोगद्वारा आइतबार आयोजित विश्वविद्यालयका उपकुलपतिहरूसँगको अनलाइन बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन । ‘यो छलफलमा उपकुलपतिज्यूहरूले विद्यार्थीको पहुँचमा अनलाइन भएन, इन्टरनेट […]
३२ साउन, काठमाडौं । सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् । सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई घरबारविहीन बनाएको छ । ‘हामी विकासविरोधी होइनौं । तर, विभेदपूर्ण सडक विस्तारको मात्रै विरोधमा छौं’ मानन्धर भन्छन्, ‘पहुँचवालाको घर […]
३२ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य […]
३२ साउन, काठमाडौं । विदेशबाट नेपालीको उद्धारको प्रसंग उठेदेखि नै श्रम गन्तब्य मुलुकमा रहेका नेपाली दूतावासले चार्टर्ड उडान नगर्न सरकारलाई लिखितरुपमै आग्रह गरेका थिए । चार्टर्ड उडानले कामदारमाथि आर्थिक बोझ थप्ने र प्रक्रिया पनि झन्झटिलो हुने भएकाले सतर्कतासहित मापदण्ड बनाएर नियमित फ्लाइट नै खोल्नुपर्ने उनीहरुको माग थियो । त्यसबेला चार्टर्ड फ्लाइटको संख्या बढाएको सरकारले भदौ […]
३२ साउन, विराटनगर । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ । मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले वृद्धाको अन्त्येष्टिमा सहभागी हुन नमानेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा […]
३२ साउन, काठमाडौं । सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएको छ । सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाएको थियो । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत […]
३२ साउन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहाले भदौ १५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्लाका […]
३२ साउन, काठमाडौं । भ्रष्टाचार नगर्ने, गर्न नदिने र आफूलाई वचनको पक्का बताउने प्रधानमन्त्री केपी शर्मा ओली ०७६ वैशाख १७ गते निर्माण व्यवसायी (ठेकदार) हरुप्रति आक्रोशितरुपमा प्रस्तुत भएका थिए । मोबिलाइजेसन रकम झ्वाम पार्ने र काम नगर्ने ठेकदारमाथि प्रधानमन्त्रीको आक्रोश नाजायज थिएन । त्यसदिन बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले ठेकदारहरुले देश बर्बाद पारेको […]
३२ साउन, वीरगञ्ज । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटबाट उपचारका लागि वीरगञ्ज ल्याइएका गौर नगरपालिकाका ३२ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । युवकलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि शनिबार एम्बुलेन्सबाट नारायणी अस्पतालमा ल्याइएको थियो […]
३२ साउन, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अहिले भाडा लिन-दिन संक्रमणको जोखिम छ । तर, अब विद्युतीय कार्डबाटै भाडा तिर्न सक्ने व्यवस्थाका लागि निजी कम्पनीहरु अग्रसर हुन थालेका छन् । संक्रमणको जोखिम लामो समयसम्म रहे सार्वजनिक सवारीमा समस्या पर्न सक्ने भन्दै नेपालको पहिलोपटक विद्युतीय बसमार्फत यातायात सेवा दिइरहेको सुन्दर यातायात प्रालिले विद्युतीय भुक्तानी […]
३२ साउन, काठमाडौं । संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो […]
३२ साउन, चितवन । साउनको तेस्रो साताबाट चितवनमा कोरोना भाइरस संक्रमणको ह्वात्तै बढ्यो । यहाँका अस्पताल र सुरक्षा निकायहरु कोरोना संक्रमणको केन्द्र बन्न थालेका छन् । त्यसमा पनि भरतपुर अस्पताल सबैभन्दा बढी प्रभावित बनेको छ । भरतपुर अस्पतालका चिकित्सक पाँचजना र दुईजना नर्सहरु कोरोनाबाट संक्रमित भए । अस्पतालमा नै जचाउँन आएका बिरामीहरूमा गरिएको परीक्षणमा धमाधम […]
३२ साउन, जनकपुरधाम । पत्रकार कुट्ने प्रहरीमाथि कारबाहीको माग गर्दै आइतबार जनकपुरधामका युवाहरुले प्रदर्शन गरेका छन् । पत्रकार कुटपिट गर्ने प्रहरीमाथि कारबाहीकाे माग गर्दै भानु चोकमा प्रदर्शन गरेका उनीहरुले गृहमन्त्री रामबहादुर थापाको तस्वीरमा आगो समेत लगाएका थिए । त्यस क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनिल साह र राजेश यादवलाई पक्राउ गरी जिल्ला […]
३२ साउन, जनकपुरधाम । यसअघि जनकपुरधाममा मात्रै रहेको निषेधाज्ञालाई धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लाभर विस्तार गरेको छ । आइतबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । निषेधाज्ञाको समयमा बिहान १० बजेसम्म पसल खोल्न दिइने भएको छ । पसल खोल्दा, […]
३२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सभाले साउन २८ गते पारित गरेको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पत्रकारहरूले विरोध जनाएका छन् । सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घले विधेयक संशोधनको माग राख्दै आन्दोलन सुरु गरेको छ । प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरी प्रदेश सरकारले विधेयक ल्याएको भन्दै पत्ररकारहरुले विरोध जनाएका हुन् । […]
३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको […]
३२ साउन, रौतहट । रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । आइतबार संक्रमण पुष्टि हुनेमा राजदेवी नगरपालिकाका १३, चन्द्रपुरका ३ र गरुडाका १ जना रहेको गुप्ताले बताए । […]
३२ साउन , डोटी । दुवै मिर्गौला फेल भएर काठमाडौंमा उपचार गराइरहेका अछामका पत्रकार ध्रुव बिसीलई डोटीका पत्रकारहरुले ५१ हजार बढी रुपैयाँ सहयोग गरेका छन् । प्रेस संगठन डोटीले सदसइहरुबाट संकलन गरी ४१ हजार ११५ रुपैयाँ पत्रकार बिसीको बैंक खातामा जम्मा गरिदिएको संयोजक कर्णबहादुर चन्दले बताए । यस्तै नेपाल पत्रकार महासंघ डोटी शाखाले पनि बिसीको […]
३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा सबै फुटपाथ पसल र टोलटोलमा पुगी सामान बिक्री गर्ने व्यवसाय बन्द हुने भएका छन् । वडा कार्यालयले सूचना निकालेर वडा नम्बर १० भित्र फुटपाथ पसल सञ्चालन गर्न, कवाडी संकलनलगायत टोलटोलमा पुगी सामान बिक्री गर्न बन्द गरेको हो । त्यस्तै मठमन्दिरमा नित्य पूजाबाहेकका पूजापाठ गर्न, चियापसल, […]
३२ साउन, हेटौंडा । साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि मकवानपुरगढी गाउँपालिकाले केटाकेटी ‘बरालिने भए’ भन्दै विद्यालयहरु खोल्ने निर्णय गर्यो । जोर–विजोर वा सिफ्टमा सुरक्षा उपाय अपनाएर पठनपाठन सुरु गर्न सकिने उसले बताएको थियो । जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको छ । तर गाउँपालिकाको शिक्षा समितिले नै […]
from समाचार – Online Khabar https://ift.tt/3kS5tYv
via IFTTT






















