समाचार
३२ साउन, काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्यूरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पूरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । खिचापोखरी, गुच्चा टोल, ओटुलगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड-१९ संक्रमण देखिएको […]
३२ साउन, काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पुरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड–१९ संक्रमण […]
काठमाडौं । इतिहास हेर्ने हो भने अहिलेसम्म सबैभन्दा छिटो बनेको खोप निर्माणका लागि चार वर्ष लागेको थियो । अन्य खोप निर्माण गर्न १० देखि १५ वर्ष लागेकाे थियो । तर अहिले वैज्ञानिकहरु एक वर्षभित्रै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार गर्ने दौडमा छन् । दर्जनौं शोधकर्ताको टोलीले कोरोना भाइरसविरुद्धको खोप बनाउन काम गरिरहेका छन्, जसमा […]
३२ साउन, गुल्मी । गुल्मीका पहिरो पीडित करिब ३ सय घर परिवारलाई राहत उपल्ध गराइएको छ । गत असार १८ गतेको पहिरोका कारण विस्थापित परिवारहरुलाई राहत वितरण गरिएको हो । पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टको पहलमा सिभिल बैङ्कले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिब तीन सय घर परिवारलाई राहत स्वरुप […]
३२ साउन, बुटवल । रुपन्देहीस्थित नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । निगमको भलबारीस्थित प्रादेशिक डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना […]
३२ साउन, विराटनगर । शंकास्पद शंक्रमितको स्वाब संकलन गर्न खटिएका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि विराटनगर महानगरपालिकामा स्वाब संकलन रोकिएको छ । स्वाब संकलनमा खटिने चिकित्सकमा आइतबार संक्रमण पुष्छि भएको हो । अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरी कोरोना जाँच गर्न एक दिन स्वाब संकलन रोकिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार […]
३२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए । नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक […]
३२ साउन, चितवन । एकपछि अर्को गरी स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ आउन थालेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए । अस्पतालमा नियमित उपचार गराइरहेका बिरामीहरुको उपचार भने […]
३२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन २२ साउनमा प्रतिऔंश २ हजार ६३.६८ अमेरिकी डलरमा किनबेच भयो । यो मूल्य हालसम्मको सर्वाधिक हो । नेपालमा त्यसको भोलिपल्ट सुनको मुल्य प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ पुग्यो । सुनको कारोबार मापन गर्ने अमेरिकी वालस्ट्रिट मार्केटको साउन २३ गते शुक्रबार राति १२ बजेको मूल्यअनुसार नेपाली बजारमा […]
३२ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न कम भए पनि पूर्ण रुपमा नियन्त्रण नभएको बताएका छन् । सरकारले हालै मात्र भारतबाट नेपाल आउने नेपाली नागरिकका लागि १० वटा प्रवेश बिन्दु तोकेको छ । अवैध आवागमनलाई नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको छ । […]
३२ साउन, चितवन । चितवन मेडिकल कलेज भरतपुरले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अनुमति पाएको छ । कलेजले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंबाट पीसीआर परीक्षण गर्ने अनुमति साउन ३० गते प्राप्त गरेको जनाएको छ । ‘निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्युलर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को व्यवस्था […]
३२ साउन, पोखरा । तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास–१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् । प्रहरी दम्पत्तिकी आमा आमाको पोखरा […]
३२ साउन, बुटवल । बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ । आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरका चारजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ […]
नेपालमा रेल प्रविधि हाम्रा प्राविधिकहरुकै लागि पनि नौलो छ । हाम्रा इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीले रेल्वे इन्जिनियरिङ पढेका हुन्छन्। सैद्धान्तिक ज्ञान हुन्छ । तर, त्यसको व्यवहारिक ज्ञानका लागि अनुभवको अवसर छैन। धेरैले त रेल चढेका पनि हुँदैनन् । नेपालमा यातायात विकासका लगि रेल प्रविधिको औचित्य कस्तो भन्नेमा विमर्श गर्नु पहिले विश्वमा रेल प्रविधिको आरोह-अवरोहबारे चर्चा गरौं। […]
३२ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका सिलसिलामा सोमबारबाट पाँचौ चरणको उद्धार सुरु हुँदैछ । अगष्ट ३१ तारीखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ । वायुसेवा कम्पनीहरुका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले यो बीचमा १७ उडान गर्दैछ । हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ । अन्य […]
३२ साउन, तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् । लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले […]
३२ साउन, बुटवल । बुटवल उपमहानगरमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १६ जना नयाँ संक्रमित थपिएका बुटवल उपमहानगरपालिकाका स्वास्थ्य विभग प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । पछिल्लो रिपोर्टसँगै बुटवलमा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । सिंहका अनुसार आइतबार पुष्टि भएका संक्रमित मध्ये तीन जना उपमहानगरका […]
३२ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेका कारण अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि १५ भदौसम्मका लागि स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए । केन्द्रअन्तर्गतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाबाट प्रदान गरिने सेवाहरू स्थगन गरिएको हो […]
३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा हामीले फेरि एकचोटि भक्तपुर नगरपालिकालाई सम्झियौं । संक्रमण रोकथाम र बिरामीहरुको उपचारमा भक्तपुर नगरपालिकाले कसरी काम गरिरहेको होला ? लकडाउनमा स्थानीयबासीका गुनासाहरु सम्वोधन गरेर प्रशंसा कमाएको भक्तपुर नगरपालिका यतिबेला संघ […]
३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदीमा शुक्रबार विहान गएको पहिरोमा हराएका ३९ जनामध्ये १९ जनाको शव भेटिएको छ । २० जनाको अहिले पनि खोजी भइरहेको छ । उद्धारमा खटिएको नेपाली सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको उद्धार भएको छ […]
३२ साउन, काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले संक्रमण देखिएको पुष्टि गरेका छन् । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको उनले बताए । नेपाल […]
from समाचार – Online Khabar https://ift.tt/3kQWPte
via IFTTT






















