Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बुटवलको तरकारी थोक बजार निषेधित क्षेत्र घोषणा 

३ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलको तरकारी थोक बजारमा हरियो तरकारी बिक्री गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । उपमहानगरपालिकाले बुधबार दिउँसो एक सूचना जारी गर्दै बिहीबार बिहानदेखि भदौ ७ गतेसम्म तरकारी थोक बजारलार्ई निषेधित क्षेत्र घोषणा गरेको हो । तरकारी बजारमा हुने भिडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने स्थानीयको गुनासोलाई समेटेर अनलाइनखबरले […]

काठमाडौंको निषेधाज्ञामा के केलाई छुट ?

३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, […]

बुटवलको एउटै वडामा थपिए १७ संक्रमित

३ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाका १९ मध्ये १७ वटा वडामा कोरोना संक्रमण फैलिएको छ । बुधबारसम्मको तथ्यांक अनुसार वडा नंं ७ र १८ मा संक्रमित भेटिएका छैनन् । ७० हजार बढी जनसंख्या भएको वडा नंं. ११ मा कोरोना संक्रमितको संख्या पनि सबैभन्दा धेरै ५२ पुगेको छ । बुधबार मात्रै वडा नंं. ११ मा १७ […]

काठमाडौंका ९४ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु

३ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बुधबार काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने […]

मोरङमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु

३ भदौ, काठमाडौं । मोरङमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका-१ विशाल बजार बस्ने ४९ वर्षीय खड्गबहादुर मगर रहेका छन् । बुधबार दिउँसो ३ बजेको समयमा सोही ठाउँ बस्ने शिबु थापाको माछा पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए । माछा पोखरीमा डुबेर मृत्यु भएको खबर […]

पत्रकार महासंघका केन्द्रीय र शाखा समितिको कार्यकाल ६ महिना थप

३ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको (जुम वेविनार) माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्‍ला/प्रतिष्ठान/एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदैछ । तर […]

बालापनबारे राष्ट्रकवि भन्थे : अहिले पनि मभित्र बालकत्व छ

३ भदौ, काठमाडौं । संवत् २०६६ भाद १५ गते दिउँसो करिब १२ बजेतिर मैले जीवनमा सधैँ सम्झिरहने समय हो । अघिल्लो दिन वरिष्ठ साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को सहयोगमा मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्ई फोन गरेको थिएँ । हुन त मलाई अर्कै कामका लागि उहाँलाई भेट्नु थियो, तर पनि मौकामा उनीसँग लामै कुराकानी गर्न मन थियो । […]

कपिलवस्तुमा ट्रक पल्टिँदा एकजनाको मृत्यु

३ भदौ, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-१ को पहिरा खोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । ना.८ ख ३२१३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने ३५ वर्षीय जमुना खटिक घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा […]

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

३ भदौ, काठमाडौं । सर्वाेच्च अदालतले प्रेस काउन्सिल नेपालमा कार्यवाहक अध्यक्ष सरकारले तोक्ने गरी भएको नियमावली संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले नियमावली संशोधनले काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्न सक्ने देखिएको भन्दै संशोधन नगर्न अन्तरिम आदेश जारी गरेको हो । मन्त्रिपरिषद बैठकले साउन २६ गते प्रेस काउन्सिल […]

बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका युवक एसएसबीको नियन्त्रणमा

३ भदौ, जनकपुरधाम । माछा मार्ने क्रममा गौतम बुद्धको मूर्ति फेला पार्ने महोत्तरीका एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ । मनरा सिस्वा नगरपालिका-९ बथनाहा निवासी बलिन्द सदा सीमा पारि रहेको एक पोखरीमा माछा मार्न जाने क्रममा उनले बुद्धको मूर्ति फेला पारेका थिए । ‘पोखरी छेउमा कुश उखेल्ने क्रममा उनले मूर्ति […]

निजी अस्पताललाई सरकारको चेतावनी : निर्णय नमाने पीसीआर ल्याब बन्द गरिदिन्छौं

३ भदौ, काठमाडौं । सरकारले आफ्नो निर्णयअनुसार कोरोनाका विरामीका लागि बेड नछुट्याए पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोनाका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको छ । तर कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु […]

कर्णालीमा प्रदेश सांसदसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

३ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एक जना प्रदेशसभा सांसदसहित ४३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख […]

राजविराजमा थपिए १४ जना कोरोना संक्रमित

३ भदौ, सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा बधुबार १४ जना कोरोना संक्रमित थपिएका छन् । एक साताअघि राजविराज-६ मा कोरोनाबाट मत्यु भएका वृद्धको घरमा भाडामा बस्दै आएका चार जना र उनको तीन जना छिमेकीमा स‌ंक्रमण पुष्टि भएको छ । उनको घरमा कोठा भाडा लिई बस्दै आएका ४ वर्षीया बालिका, २० र २५ बर्षीया महिला तथा […]

निलम्बन बदर गर्न माग गर्दै रौनियारले स‌ंसदमा दिए निवेदन

३ भदौ, काठमाडौं । आफ्नो सांसद पद निलम्बन बदर गर्न माग गर्दै हरिनारायण प्रसाद रौनियारले संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेकाले उनी निलम्बित छन् । आफू निलम्बनमा परेपछि रौनियारले ०७५ पुस १५ मा निलम्बन गर्नुको कारण खुलाउन माग गर्दै […]

१७ अस्पतालमा एसिड आक्रमणका घाइतेको निशुल्क उपचार

३ भदौ, काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३० गते विभिन्न १७ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क गर्न आग्रह गर्दै पत्राचार गरेको छ । ‘एसिड आक्रमणका घटनाबाट पीडित भई तहाँ अस्पतालमा औषधी उपचार गराउन आउने पीडित व्यक्तिहरुको तहाँबाट […]

काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना संक्रमण

३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार काठमाडौं जिल्लामा १३४, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सांसदको ट्राभल हिस्ट्री अछामदेखि सिंहदरबारसम्म

३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनी अहिले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनमा छन् । उनमा कुनै लक्षण छैन । र, उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ । उनले भने आफू बस्ने ललितपुरको टोलमा एक जनालाई कोरोना संक्रमण […]

नेविसंघको रिले अनशन स्थगित

३ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको महामारीलाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै नेविसंघले जारी राखेको रिले अनशन २६ औँ दिनमा स्थगित गरिएको उनले […]

वीरगञ्जमा कोरोना कहर : युद्वको बेला कमाण्डर हटाइयो

३ भदौ, वीरगञ्ज । युद्ध चलिरहेको बेला अचानक कमाण्डर परिर्वतन भयो भने लडाईको मैदानमा रहेका सैनिकहरुको मनस्थिति कस्तो होला ? वीरगञ्जमा कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुको अहिले त्यस्तै अवस्था छ । कोरोनाले आक्रान्त वीरगञ्जमा हरेक दिन संक्रमितको संख्या मात्र होइन, मृत्यु पनि बढिरहेको छ । संक्रमितलाई राख्ने वेड, आईसीयू, भेल्टिलेटर सबको अभाव छ । कोरोना संक्रमण […]

निजी अस्पताल र सरकारको जुहारी : कसले बुझेन महामारी ?

३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी र सामुदायिक अस्पतालहरुलाई कुल बेडको २० प्रतिशत कोभिड–१९ का बिरामीका लागि छुट्याउनु भनेको छ । र, त्यो बेडमा कोरोना संक्रमितलाई उपचार गर्न प्रतिदिन ३५ सय देखि १५ हजार रुपैयाँका दरले बजेट उपलब्ध गराउने बताएको छ । तर सरकारको निर्णय अव्यवहारिक र गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका […]

उपत्यकाको निषेधाज्ञामा तरकारी र किराना पसल खुल्छन् ?

३ भदौ, काठमाडौं । काठमाडौं उपत्याकामा बुधबार राती १२ बजेदेखि एक साता लामो निषेधाज्ञा सुरु हुँदैछ, बढ्दो कोभिड-१९ संक्रमण रोकथाम तथा नियनत्रणका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालन एक साताका लागि निषेध गरिएको उपत्याकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । तर, बजारमा निषेधाज्ञालाई कडा किसिमको कर्फ्यु भनेर प्रचार गरिएपछि खुद्रा साना व्यवसायी […]



from समाचार – Online Khabar https://ift.tt/3kYYuwR
via IFTTT
Powered by Blogger.