समाचार
१ भदौ, बुटवल । रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएको छ । छतबाट खसेर गम्भीर घाइते जैसवालको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु […]
१ भदौ, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो । चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा […]
१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले बोलाएपछि नेता रमेश लेखकलाई लिएर नेता देउवा बालुवाटार पुगेका हुन् । छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी छन् । भेटवार्तामा संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा नियुक्ति, कोरोना भाइरस संक्रमणका कारण सिर्जित समस्या […]
१ भदौ, गुल्मी । गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेको र जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिँड्डुलमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दीर्घरोगी पहिचाहन […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने […]
१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना निकाल्दै राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ । पुनरकर्जाका लागि ग्राहक ऋणिले भने जुन बैंकबाट ऋण लिएको हो सोहि बैंकको सोहि शाखामा निवेदन दिनु पर्नेछ । प्राप्त निवेदनहरु संलग्न राखी बैंकहरले […]
१ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् । जिल्लाको बेदकोट नगरपालिका–८ का १७ वर्षीय जनक साउद महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । साउद सोमबार आफन्तको मलामी गएका व्यक्ति भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकै नदीमा बगेर बेपत्ता भएका हुन् । ‘उनको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय […]
१ भदौ, काठमाडौं । जग्गा किनबेच सम्बन्धी काम गर्ने अधिकार स्थानीय तहलाई दिने प्रकृया शुरु भएको छ । जग्गा नामसारी, लिखत पारित, लालपुर्जा वितरण लगायतका काम स्थानीय तहबाटै हुने व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले काम शुरु गरेको छ । यतिमात्रै होइन जग्गा रोक्का र फुकुवाको काम इमेलबाट समेत हुने छ । विभागका महानिर्देशक […]
१ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण बैंकिङ क्षेत्रको नाफा खुम्चिएको छ । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँ कमी भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७६/७७ मा २७ […]
१ भदौ, काठमाडौं । ताप्लेजुङमा निर्माण हुने धुन्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको शेयर प्रतिशत यसअघि प्रस्ताव गरिएभन्दा बढ्ने भएको छ । ती दुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ । विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सको रकमसमेत […]
१ भदौ, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय […]
१ भदौ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ […]
१ भदौ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । आइतबार साँझ अबेर सम्पन्न इपानको भेलाले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । वाम र प्रजातान्त्रिक प्यानलबीच निर्वाचनमार्फत नेतृत्व चयन गर्ने रस्साकस्सीका बीच इपानमा आचार्यका नाममा सर्वसम्मति जुटेको हो । बिन्दवासिनी हाइड्रो पावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष […]
१ भदौ, काठमाडौं । स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको छ । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर उनले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन सकेनन् । च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि ६१ वर्षीय सेटिएनको जागिर धरापमा परेको थियो । […]
१ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले यस वर्ष विसं २०७७ सम्म पञ्चाङ्गलाई स्वीकृति मात्र दिने गरेको थियो । समितिका तर्फबाट पञ्चाङ्ग प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गरी प्राप्त भएकाले काम अघि बढाइएको […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दुई अध्यक्षबीच असमझदारी बढेपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठकमा हालै गठित ६ सदस्यीय कार्यदलको कार्यदेशबारे छलफल हुने बताइएको छ । साउन ४ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच पटक पटकका छलफलपछि शुक्रवार […]
१ भदौ, बुटवल । छिमेकी स्थानीय तहमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि लकडाउन गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, […]
१ भदौ, काठमाडौं । कोरोनाबाट संक्रमित भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । ७२ वर्षीय चौहानको मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका छन् । चौहानलाई १९ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । चौहानको उपचार गुरुग्राम मेदान्ता […]
१ भदौ, अष्ट्रेलिया । कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन । युनियन्स एनएसडब्लुले मार्च र मे महिनामा गरेको अध्ययन अनुसार करिब […]
१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बैठक अहिले बिहान ९ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो । शुक्रबार […]
३२ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतककाे स्थायी घर काठमाडौं रहेको र आइतबार अपराह्न निधन भएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा […]
from समाचार – Online Khabar https://ift.tt/3g1AGoj
via IFTTT





















