Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

शिशु हत्याको अभियोगमा महिला पक्राउ

१ भदौ, काठमाडौं । आफ्नै शिशुको हत्या अभियोगमा प्रहरीले कास्‍कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई पक्राउ गरेको छ । साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो । त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते […]

विराटनगर भन्सारका ४ कर्मचारीलाई कोरोना

१ भदौ, विराटनगर । सोमबार विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई जना अधिकृत र दुई जना नायब सुब्बास्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर भन्सार कार्यालका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार सोमबार एकजना कम्युटर अधिकृत, एक जना तथ्याङ्क अधिकृत र दुई जना सोही साखामा काम […]

गण्डकीमा धमाधम निषेधाज्ञा र लकडाउन

१ भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ ले तीजमा कसैलाई घरमा बोलाउन र आफू पनि नजान अनुरोध गरेको छ । धम्पुसका एक जनामा कोरोना संक्रमण देखिएपछि वडाध्यक्ष समबहादुर गुरुङले सूचना जारी गर्दै भनेका छन्, ‘तीजमा आफ्नो चेलीबेटी, दिदीबहिनी कसैलाई पनि माइतीघर निमन्त्रणा नगर्न र आफ्नो घरबाट पनि अन्यत्र कतै नपठाउन विशेष अनुरोध गरिन्छ ।’ कास्कीकै […]

सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्‍यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]

मास्क नलगाउनेलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि नै कुटपिट

१ भदौ, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा प्रहरीमाथि कुटपिट भएको छ । कोरोना महामारीको समयमा पनि  मास्क नलगाई बाहिर हिंडडुल गरेकाे पाइएपछि उनीहरुलाई कारबाही गर्न खोज्दा प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । शुद्धोधन गाउँपालिका वडा नंं. १ को लबनी चौराहामा मास्क नलगाई सडकमा निस्केका स्थानीयलाई मास्क लगाउन […]

महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा

१ भदौ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू हुनेछ । यसअघि सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास नगरपालिका र महोत्तरी […]

हिन्दु पराम्पराअनुसार भएको अन्त्येष्टिमा मुस्लिमको साथ

१ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ शिवनगरका ५६ वर्षीय लालबाबु साह कलवार कोरोनालाई जितेर फर्किएको केही घण्टामा मृत्युसँग हारे । शनिबार राति वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालबाट डिस्चार्ज भएका उनलाई झाडापखाला लाग्नुका साथै श्वासप्रश्वासमा समस्या भयो । र, बयोधा अस्पतालमा उपचारकै क्रममा उनको शनिबार राति साढे ११ बजे मृत्यु भयो । एकातिर समुदायमा संक्रमण फैलिएको त्रास, […]

प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुखले फिर्ता पठाए

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुख तिलक परियारले फिर्ता पठाएका छन् । प्रदेशसभाबाट १३ असारमा पारित भएको विधेयक प्रमाणीकरणका लागि पठाएको करिब दुई महिनापछि प्रदेश प्रमुख कार्यालयले फिर्ता पठाएको छ । प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत गोकुल भुजेलले विधेयक अनौपचारिक रुपमा फिर्ता पठाइएको बताए । ‘विधेयकमा […]

सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई

१ भदौ, वीरगञ्ज । यसवर्षको सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार कविता खड्कालाई प्रदान गरिएको छ । प्रतीक दैनिकको ३४ औँ वार्षिकोत्सवको अवसरमा मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाकी प्रकाशक/सम्पादक कविता खड्काले प्राप्त गरेकी हुन् । प्रतीक दैनिकको कार्यालयमा सोमबार प्रधान सम्पादक जगदीश शर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुको साथै दोसल्ला ओढाएर प्रमाण पत्र प्रदान […]

रुपन्देहीको प्रशासन कार्यालयको सेवा बन्द

१ भदौ, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शान्ति सुरक्षाबाहेकका सबैखाले दैनिक सेवा प्रवाह बन्द गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै भदौ ५ गतेसम्मका लागि शान्ति सुरक्षालगायत अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाएको हो । ‘कार्यालयबाट दिइने नागरिकता, राहदानी, संघसस्थासँग सम्बन्धित प्रशासनिक सेवाहरु भदौ १ गते देखि ५ गते […]

स्रोत नखुलेको ३ लाख रुपैयाँसहित एकजना पक्राउ

१ भदौ, वीरगञ्ज । पर्साबाट स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । छिपहरमाई गाउँपालिका–२ चरगाहा बस्ने ३५ वर्षीय सतेन्द्र साह गुप्ता स्रोत नखुलेको रकम सहित पक्राउ परेका हुन् । हुण्डीको रकमसहित गुप्तालाई पक्राउ गरेको प्रहरीको दाबी छ । अवैध वित्तीय कारोबार(हुण्डी)को रकम लिएर आउँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी टिहुकीबाट […]

बागमती प्रदेशसभाकी उपसभामुखलाई कोरोना संक्रमण

१ भदौ, हेटौडा । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडामा रहेको प्रादेशिक प्रयोगशालामा ३ दिनअघिको स्वाब रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आइसोलेसनमा रहेको स्वकीय सचिव एलिशा थापाले बताइन् । कोरोना […]

भरिन् थाल्यो भरतपुर अस्पतालको आइसोलेसन

१, भदौं, चितवन । कोरोना संक्रमितको उपचारका लागि भनेर भरतपुर अस्पतालले छुट्याएको ७५ बेड भरिन् थालेको छ । ए ब्लकको भुईँ तलामा बनाइएको आइसोलेसन बार्डमा अहिले ५३ जना कोरोना संक्रमित र ८ जना कोरोना संक्रमण शंकास्पद बिरामी राखिएको छ । संक्रमितसँगै आएका ती ८ जना व्यक्तिहरु पनि अस्पतालको कोभिड बेडमै बसिरहेका छन् । पछिल्लो समयमा […]

उपत्यकामा कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउनेहरु

१ भदौ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा नेपाल एम्बुलेन्स सेवा १०२ का हस्त कठायत रातोपुलस्थित घर जाँदा छिमेकीको भागभाग हुन्थ्यो । स्वास्थ्य प्राविधिक कठायतसहित एम्बुलेन्समा कार्यरत ५२ कर्मचारीलाई थाहा थियो, कोरोना प्रत्यक्ष सम्पर्कमा नगइ सर्दैन । तर छरछिमेकलाई यो रोग हावाबाट सर्दैन भनेर सम्झाउन सकेका थिएनन् । चार महिनापछि अवस्था केही फेरिएको […]

‘हल्ट प्राइज’ अवार्ड यसवर्ष त्रिभुवन विश्वविद्यालयमा हुने

१ भदौ, काठमाडौं । यस वर्षको ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ। विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने सो कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा हुने भएको हो । यसको लागि स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययनरत विद्यार्थी प्रमोद अर्याल ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयको क्याम्पस निर्देशक छनोट समेत भइसकेका छन् । आयोजकका अनुसार सो कार्यक्रममा विश्वभरका दुई […]

प्रादेशिक अस्पतालका चिकित्सक खनाललाई कोरोना संक्रमण

१ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका शल्य चिकित्सक डा. कृष्ण खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. खनालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । ‘मेरो कोभिड–१९ पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनमा रहेको छु, मेरो सम्पर्कमा आएकाहरूले परीक्षण गरी ढुक्क हुनुहोस्’ डा. खनालले फसबुकमा लेखेका छन् […]

भारतबाट आउँदै गरेकी बृद्धाको नाकामै मृत्यु

१ भदौ, कैलाली । भारतबाट आउँदै गरेकी एक बृद्धाको नेपाल भारत सीमा क्षेत्रमा मृत्यु भएको छ । भारतको सुरतबाट परिवारका अन्य सदस्यसहित आएकी करिब १०० बर्षकी महिलाको कैलालीको नेपाल भारत सीमा त्रिनगर नाकामा मृत्यु भएको हो । सीमा पारी मृत्यु भएपछि आफन्तले उनलाई काँधमा बोकेर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक […]

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

१ भदौ, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ हजार १ सय ७६ पुगेका हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बारा जिल्लाका १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २७, रौतहटका १९, […]

थप ५८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६८

१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार […]

कपिलवस्तुमा नर्सलाई पुनः कोरोना पोजेटिभ

१ भदौ, बुटवल । वैशाख ३० मा कोरोना संक्रमण देखिएको कपिलवस्तुकी नर्सलाई पुन: कोरोना संक्रमण देखिएको छ । केही दिनअघि कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत उनीसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो । ‘केही दिन अगाडि ज्वरो आएको थियो । जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वार्टरमा आइसोलेट भएकी छु’  ती नर्सले भनिन् । अहिले […]

कोरोना संक्रमितको अन्त्येष्टिमा सहभागी २१ जनाको रिपोर्ट नेगेटिभ

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका वृद्धको अन्त्येष्टिमा सहभागी भएका २१ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा बाह्रबिसे नगरपालिकाका ८४ वर्षीय खड्गबादुर बस्नेतको साउन २२ गते मृत्यु भएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको मृत्यु भएको […]



from समाचार – Online Khabar https://ift.tt/322zYSC
via IFTTT
Powered by Blogger.