समाचार
२५ साउन, काठमाडौं । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज रक्षा मन्त्रालयमा छलफल गरेको छ । फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका हुन्। संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको […]
२५ साउन, काठमाडौं । ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गर्न खोजेको अभियोगमा एकजना पक्राउ परेको छन् । पक्राउ पर्नेमा सर्लाही परमानिपुर–९ घर भइ चन्द्रागिरि–३ बस्दै आएका ३८ वर्षीय कमल वाइबा छन् । उनलाई महानगरीय प्रहरी प्रभाग, नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार उनले ट्याक्सी चालकहरुले ग्राहकसँग लिने […]
२५ साउन, काठमाडौं । सरकारले सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागु गरेको छ । तर, अत्यावश्यक सेवाका लागि भने जोर–बिजोर लागु हुँदैन । उसोभए, बैङ्कमा काम गर्ने कर्मचारीहरुका लागि जोर–बिजोर सवारीको नियम लागु हुन्छ कि हुँदैन त ? सरकारले अत्यावश्यक सेवाको क्षेत्रभित्र बैङ्कहरुलाई पनि राखेको छ । तर, बैङ्कका कर्मचारीहरुले कार्यालय र घरमा आवत–जावत गर्ने क्रममा […]
२५ साउन, काठमाडौं । सरकारले १ भदौबाट आन्तरिक हवाई उडान सिमित ठाउँमा मात्र गर्ने तयारी गरेको छ । भदौ १ गतेबाट अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान सुरु गर्ने यसअघिकै निर्णय हो । तर कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै उडान सुरु गर्ने नगर्ने भन्ने अन्यौल बढेको छ । तत्काल काठमाडौंबाट तराई मधेसका ठूला विमानस्थलहरुमा उडान […]
२५ साउन, काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको छ । सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानी दिएबापत एक लाख रुपैयाँ घुस लिएको दाबीसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा इन्जिनियर अधिकारीले सेवाग्राहीसँग गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मूल्याङ्कन […]
२५ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको बहानामा उपचार सेवा नपाएर सर्वसाधरण मर्ने क्रम बढेको भन्दै वीरगञ्जमा आइतबार प्रदर्शन भएको छ । वीरगञ्ज महानगरपालिका-२ छपकैयाका स्थानीयले वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रदर्शन तथा तोडफोड गरेका छन् । प्रदर्शनकारीले प्रसुति गृह अगाडि पार्किङ गरी राखिएको डा. उदयनारायण सिंहको बा १२ च ६९६६ नम्बरको कार, सेनिटाइजेसन […]
२५ ,साउन, काठमाडौं । नयाँ फर्म दर्ता र अत्यावश्यकबाहेका आयात इजाजत सिफारिस दिने सेवा वाणिज्य विभागले स्थगन गरेको छ । यस्तै विभागद्वारा प्रदान गरिने अन्य केही सेवाहरुलाई छोट्याइएको छ । कार्यालयमा सेवाग्राहीका कारण हुने भिडले कोभिड १९ संक्रमणको जोखिम बढेको भन्दै ती सेवाहरु भदौ ८ सम्मका लागि स्थगन गरिएको विभागले जनाएको छ । ‘नयाँ प्राइभेट फर्म […]
२५ साउन, काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए । तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी […]
२५ साउन, काठमाडौं । गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारे । उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय […]
२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरुआत गरे । मुलकभर हाल करिब ५० लाख सिंगल […]
२५ साउन, काठमाडौं । महिला, बालबालिकातथा ज्येष्ठनागरिकमन्त्री पार्वत गुरुङले दोलखाको बाढी/पहिरो प्रभावित क्षेत्रको स्थगलत अवलोकन गरी पीडितको उद्दार, राहत तथा बसोबास व्यवस्थाका लागि छलफल गरेका छन् । गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढी र पहिरोमा परी आफ्नै गुरुङकै गृहक्षेत्र गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित […]
२४ साउन, बुटवल । बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो । तीन सय जनाको पीसीआर परीक्षण गर्दा बांकेका २० जना र बर्दियाका २ जना गरी २२ जनामा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । बाँकेका २० […]
२५ साउन, पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्ति धर्म प्रवर्तक भएको पाइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसूयीमा उपचाररत ६२ वर्षीय बुद्धको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । रुघाखोकी लागेर साउन १६ गते पोखराको ओम अस्पताल र पश्चिमाञ्चल क्षेत्त्रीय अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको साउन १७ गते पुष्टि भएको […]
२५ साउन,काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले […]
२५ साउन, काठमाडौं । मुख्य नेताहरुको स्वार्थका कारण पार्टी विभाजनको खतरा बढेको भन्दै नेकपाका सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । आज केहीबेरमा पत्रकार सम्मेलन गरी हस्ताक्षर अभियानबारे जानकारी दिने कार्यक्रम रहेको सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । नेकपाका सांसदहरुको पहलमा भइरहेको हस्ताक्षर अभियानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधव नेपाल पक्ष […]
२५ साउन, गोरखा । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आफूहरुलाई करार गर्नुपर्ने माग राख्दै आइतबार आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले तालाबन्दी गरेको हो । ‘१५ बर्ष भइसक्यो आशिंक प्राध्यापकको रुपमा पढाउदै आएको,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन्, ‘करार गर्नुपर्छ भनेर हामीले बारम्बार राख्दै आएको मागलाई वेवास्ता गरियो, त्यसैले […]
हरेक वर्ष यतिबेला संक्रामक रोगका बिरामी देखिन्थे । नोवेल कोरोना भाइरस (कोभिड–१९) नआएको भए म पनि संक्रामक रोगकै बिरामी हेरिरहेको हुन्थेँ । तर, अहिलेसम्म त्यस्ता बिरामी शून्य अवस्थामा भए जस्तै देखिएको छ । त्यसो भए झाडापखाला, स्क्रबटाइफस आदिका बिरामी कता गए त ? पहिला कोभिड–१९ का ९९.७ प्रतिशत लक्षण नभएका संक्रमित थिए । अहिले लक्षण […]
२५ साउन, जनकपुरधाम । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । […]
२५ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले नेपाल पत्रकार महासंघको सदस्यता नवीकरणबापत पत्रकारले तिर्नुपर्ने रकममा छुट घोषणा गर्न आग्रह गरेको छ । कोरोना भाइरसको असरका कारण पत्रकारहरु जागिरबाट निष्काशनमा पर्ने, तलब कटौती हुने, समयमा तलब नपाउने जस्ता समस्या भोग्नुपरिरहेकाले यो समयमा पत्रकारले एकमुस्ट रकम तिरेर सदस्यता नवीकरण गर्न अप्ठेरो भएको फोनिजले बताएको […]
२५ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका- ९ मा पर्ने तीनचल टोलमा साउनमा पनि ढुंगे धारा सुख्खा छ । यसको सोझो कारण छ- खानेपानी आयोजनाको डिप बोरिङ । लुभू तल्लो दोभान खानेपानी आयोजनाले नजिकै डिप बोरिङ गरेपछि कहिल्यै नसुक्ने ढुंगेधारा स्याप्पै सुक्यो । धारा सुकेर वरपरका ९० भन्दा बढी घरधुरी पानीबिहीन भएपछि वडाध्यक्ष बासुदेव गौतमले […]
२५ साउन, वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । थपिएका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जना, आफैं जाँच गराएका […]
from समाचार – Online Khabar https://ift.tt/3fIVFMD
via IFTTT






















