समाचार
२५ साउन, काठमाडौं । गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारे । उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय […]
२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरे । मुलकभर हाल करिब ५० लाख […]
२५ साउन, काठमाडौं । महिला, बालबालिकातथा ज्येष्ठनागरिकमन्त्री पार्वत गुरुङले दोलखाको बाढी/पहिरो प्रभावित क्षेत्रको स्थगलत अवलोकन गरी पीडितको उद्दार, राहत तथा बसोबास व्यवस्थाका लागि छलफल गरेका छन् । गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढी र पहिरोमा परी आफ्नै गुरुङकै गृहक्षेत्र गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित […]
२४ साउन, बुटवल । बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो । तीन सय जनाको पीसीआर परीक्षण गर्दा बांकेका २० जना र बर्दियाका २ जना गरी २२ जनामा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । बाँकेका २० […]
२५ साउन,काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले […]
२५ साउन, काठमाडौं । मुख्य नेताहरुको स्वार्थका कारण पार्टी विभाजनको खतरा बढेको भन्दै नेकपाका सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । आज केहीबेरमा पत्रकार सम्मेलन गरी हस्ताक्षर अभियानबारे जानकारी दिने कार्यक्रम रहेको सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । नेकपाका सांसदहरुको पहलमा भइरहेको हस्ताक्षर अभियानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधव नेपाल पक्ष […]
२५ साउन, गोरखा । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आफूहरुलाई करार गर्नुपर्ने माग राख्दै आइतबार आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले तालाबन्दी गरेको हो । ‘१५ बर्ष भइसक्यो आशिंक प्राध्यापकको रुपमा पढाउदै आएको,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन्, ‘करार गर्नुपर्छ भनेर हामीले बारम्बार राख्दै आएको मागलाई वेवास्ता गरियो, त्यसैले […]
हरेक वर्ष यतिबेला संक्रामक रोगका बिरामी देखिन्थे । नोवेल कोरोना भाइरस (कोभिड–१९) नआएको भए म पनि संक्रामक रोगकै बिरामी हेरिरहेको हुन्थेँ । तर, अहिलेसम्म त्यस्ता बिरामी शून्य अवस्थामा भए जस्तै देखिएको छ । त्यसो भए झाडापखाला, स्क्रबटाइफस आदिका बिरामी कता गए त ? पहिला कोभिड–१९ का ९९.७ प्रतिशत लक्षण नभएका संक्रमित थिए । अहिले लक्षण […]
२५ साउन, जनकपुरधाम । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । […]
२५ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले नेपाल पत्रकार महासंघको सदस्यता नवीकरणबापत पत्रकारले तिर्नुपर्ने रकममा छुट घोषणा गर्न आग्रह गरेको छ । कोरोना भाइरसको असरका कारण पत्रकारहरु जागिरबाट निष्काशनमा पर्ने, तलब कटौती हुने, समयमा तलब नपाउने जस्ता समस्या भोग्नुपरिरहेकाले यो समयमा पत्रकारले एकमुस्ट रकम तिरेर सदस्यता नवीकरण गर्न अप्ठेरो भएको फोनिजले बताएको […]
२५ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका- ९ मा पर्ने तीनचल टोलमा साउनमा पनि ढुंगे धारा सुख्खा छ । यसको सोझो कारण छ- खानेपानी आयोजनाको डिप बोरिङ । लुभू तल्लो दोभान खानेपानी आयोजनाले नजिकै डिप बोरिङ गरेपछि कहिल्यै नसुक्ने ढुंगेधारा स्याप्पै सुक्यो । धारा सुकेर वरपरका ९० भन्दा बढी घरधुरी पानीबिहीन भएपछि वडाध्यक्ष बासुदेव गौतमले […]
२५ साउन, वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । थपिएका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जना, आफैं जाँच गराएका […]
२५, साउन, काठमाडौँ । चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा तोलामै ९ सय रुपैयाँले सस्तिएको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो । झण्डै दुई सातादेखि […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश […]
२५ ससाउन, काठमाडौं । नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको लागि गरिएको सेस्मिक सर्भे र भू-भौतिक सर्भेको तथ्यांकको प्रशोधन सुरु भएको छ । दैलेखमा संकलित तथ्यांक लगेर ‘चाइना जिओलोजिकल सर्भे’ ले प्रशोधन थालेको हो । खानी तथा भूगर्भ विभागमा महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आगामी दशैंसम्म यसको नतिजासहितको प्रतिवेदन आइसक्ने अपेक्षा गरिएको बताउँछन् । ‘यहाँ गरिएको प्रारम्भिक […]
२५ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा सामान बोक्ने पिकअप गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति करिब ८ः५० बजे आपसमा ठोक्किएका थिए […]
२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ । […]
२५ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए । योसँगै साउन […]
२५ साउन कैलाली । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । ‘उहाँको उद्धार गरी गाउँपालिका ल्याइँदै छ,’ […]
२५ साउन, काठमाडौं । राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे । बैठकमा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नवगठित प्रस्तावित अयोध्यापुरीको व्यवस्थापन उपसमिति प्रमुख साध्यबहादुर भण्डारी, प्रचार–प्रसार तथा लेखन उपसमितिका डीआर पोखरेल र अनुसन्धान तथा अन्वेषण उपसमितिका प्रमुख […]
२५ साउन, काठमाडौं । समाजसेवालाई संसारभर नै पवित्र कार्यका रुपमा लिइन्छ । आफूसँग भएको भौतिक स्रोत–साधन देश र समाजका लागि उपयोग तथा खर्च गर्नु समाज सेवाको मूल मर्म हो । नेपालमा चाहिँ पछिल्ला दिनहरुमा बेग्लै शैलीको समाजसेवा मौलाउन थालेको छ । नेपालीहरु स्वभावैले भावुक जाति हुन् । अरुको दुःख देख्न सक्दैनन् । खास गरी विदेशमा […]
from समाचार – Online Khabar https://ift.tt/2DKO6rl
via IFTTT






















