समाचार
२५ साउन,काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले […]
२५ साउन, काठमाडौं । मुख्य नेताहरुको स्वार्थका कारण पार्टी विभाजनको खतरा बढेको भन्दै नेकपाका सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । आज केहीबेरमा पत्रकार सम्मेलन गरी हस्ताक्षर अभियानबारे जानकारी दिने कार्यक्रम रहेको सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । नेकपाका सांसदहरुको पहलमा भइरहेको हस्ताक्षर अभियानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड-माधव नेपाल पक्ष […]
२५ साउन, गोरखा । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आफूहरुलाई करार गर्नुपर्ने माग राख्दै आइतबार आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले तालाबन्दी गरेको हो । ‘१५ बर्ष भइसक्यो आशिंक प्राध्यापकको रुपमा पढाउदै आएको,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन्, ‘करार गर्नुपर्छ भनेर हामीले बारम्बार राख्दै आएको मागलाई वेवास्ता गरियो, त्यसैले […]
२५ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका- ९ मा पर्ने तीनचल टोलमा साउनमा पनि ढुंगे धारा सुख्खा छ । यसको सोझो कारण छ- खानेपानी आयोजनाको डिप बोरिङ । लुभू तल्लो दोभान खानेपानी आयोजनाले नजिकै डिप बोरिङ गरेपछि कहिल्यै नसुक्ने ढुंगेधारा स्याप्पै सुक्यो । धारा सुकेर वरपरका ९० भन्दा बढी घरधुरी पानीबिहीन भएपछि वडाध्यक्ष बासुदेव गौतमले […]
२५ साउन, वीरगञ्ज । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । थपिएका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जना, आफैं जाँच गराएका […]
२५, साउन, काठमाडौँ । चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा तोलामै ९ सय रुपैयाँले सस्तिएको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो । झण्डै दुई सातादेखि […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश […]
२५ ससाउन, काठमाडौं । नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको लागि गरिएको सेस्मिक सर्भे र भू-भौतिक सर्भेको तथ्यांकको प्रशोधन सुरु भएको छ । दैलेखमा संकलित तथ्यांक लगेर ‘चाइना जिओलोजिकल सर्भे’ ले प्रशोधन थालेको हो । खानी तथा भूगर्भ विभागमा महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आगामी दशैंसम्म यसको नतिजासहितको प्रतिवेदन आइसक्ने अपेक्षा गरिएको बताउँछन् । ‘यहाँ गरिएको प्रारम्भिक […]
२५ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा सामान बोक्ने पिकअप गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति करिब ८ः५० बजे आपसमा ठोक्किएका थिए […]
२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ । […]
२५ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए । योसँगै साउन […]
२५ साउन कैलाली । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । ‘उहाँको उद्धार गरी गाउँपालिका ल्याइँदै छ,’ […]
२५ साउन, काठमाडौं । राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे । बैठकमा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नवगठित प्रस्तावित अयोध्यापुरीको व्यवस्थापन उपसमिति प्रमुख साध्यबहादुर भण्डारी, प्रचार–प्रसार तथा लेखन उपसमितिका डीआर पोखरेल र अनुसन्धान तथा अन्वेषण उपसमितिका प्रमुख […]
२५ साउन, काठमाडौं । समाजसेवालाई संसारभर नै पवित्र कार्यका रुपमा लिइन्छ । आफूसँग भएको भौतिक स्रोत–साधन देश र समाजका लागि उपयोग तथा खर्च गर्नु समाज सेवाको मूल मर्म हो । नेपालमा चाहिँ पछिल्ला दिनहरुमा बेग्लै शैलीको समाजसेवा मौलाउन थालेको छ । नेपालीहरु स्वभावैले भावुक जाति हुन् । अरुको दुःख देख्न सक्दैनन् । खास गरी विदेशमा […]
नेपाली समाज एक प्रकारको लकडाउनकै बीचबाट विकास भएको हो । स–साना गाउँमा मानिसहरु झुण्ड बनाएर बसेका थिए । व्यक्तिहरु कुनै न कुनै रुपबाट आत्मनिर्भर थिए । घरमा पशुपालन थियो, दूध–घिउ घरमै उत्पादन हुन्थ्यो । मासु खान पर्यो भने कुखुरा, ढुक्कुर, कालिज मारेर खान्थे । कुखुरा, च्याखुराको अण्डा खान्थे । खाद्यान्नमा आत्मनिर्भर थिए । यातायातको कुनै […]
२५ साउन, बुटवल । मानव अधिकार तथा शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सैनिक जवानहरुको कुटपिटपछि चेपाङ समुदायका एकजनाको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ । सैनिक जवानको कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । कुटपिटमा संलग्न सैनिकको नाम अझैसम्म सेनाले सार्वजनिक नगर्नु निन्दनीय भएको समाजले जनाएको छ । […]
२५ साउन, काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । आइतबार अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाए । ईः र स्वास्थ्य मन्त्रालयबीच […]
२५ साउन, पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । साउन १७ मा कोरोना संक्रमण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचाररत ६२ वर्षीय एक पुरुषको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो । साउन १६ गते रुघाखोकी लागेपछि पोखरा–१९ घर भएका उनी सुरुमा ओम अस्पताल पुगेका थिए । उपचारकै क्रममा […]
२५ साउन, चितवन । चितवन अहिलेसम्म ११८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ९ छ । अरु संक्रमितहरू संक्रमणमुक्त भएका छन् । झट्ट हेर्दा चितवन जिल्लामा संक्रमणको दर तराईका जिल्ला वा राजधानी काठमाडौंभन्दा निकै कम देखिन्छ । यसले यहाँको प्रशासन, अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई केही राहतको महसुस त गराएको छ तर […]
२५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् । ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा […]
२५ साउन, काठमाडौं । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर […]
from समाचार – Online Khabar https://ift.tt/3kqk4tV
via IFTTT





















