Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मौलायो डिप बोरिङ, वर्षामै सुकायो ढुुंगेधारा

२५ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका- ९ मा पर्ने तीनचल टोलमा साउनमा पनि ढुंगे धारा सुख्खा छ । यसको सोझो कारण छ- खानेपानी आयोजनाको डिप बोरिङ । लुभू तल्लो दोभान खानेपानी आयोजनाले नजिकै डिप बोरिङ गरेपछि कहिल्यै नसुक्ने ढुंगेधारा स्याप्पै सुक्यो । धारा सुकेर वरपरका ९० भन्दा बढी घरधुरी पानीबिहीन भएपछि वडाध्यक्ष बासुदेव गौतमले […]

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन मूल्य भने तोलामा ९ सयले सस्तियो

२५, साउन, काठमाडौँ । चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा तोलामै ९ सय रुपैयाँले सस्तिएको छ । गत शुक्रबार प्रतितोला एक लाख तीन हजार पाँच सय कारोबार मूल्य तोकिएको सुनको भाउ आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो । झण्डै दुई सातादेखि […]

बुद्धबारे भारतीय विदेश मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गौतम बुद्धको जन्मस्थानबारे भारतीय विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । बुद्ध महान भारतीय हुन् भन्ने जयशंकरको भनाइ सार्वजनिक भएपछि शर्माले यसको विरोध गरेका हुन् । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश […]

पेट्रोलियम अन्वेषणको पहिलो चरणको प्रतिवेदनको प्रतिक्षा

२५ ससाउन, काठमाडौं । नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको लागि गरिएको सेस्मिक सर्भे र भू-भौतिक सर्भेको तथ्यांकको प्रशोधन सुरु भएको छ । दैलेखमा संकलित तथ्यांक लगेर ‘चाइना जिओलोजिकल सर्भे’ ले प्रशोधन थालेको हो । खानी तथा भूगर्भ विभागमा महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आगामी दशैंसम्म यसको नतिजासहितको प्रतिवेदन आइसक्ने अपेक्षा गरिएको बताउँछन् । ‘यहाँ गरिएको प्रारम्भिक […]

भक्तपुरको जगातीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२५ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा सामान बोक्ने पिकअप गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति करिब ८ः५० बजे आपसमा ठोक्किएका थिए […]

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । घटनास्थलमा प्रहरीको विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरिएको छ । […]

अस्पतालको चक्कर काट्दाकाट्दै ज्यान गुमाएकी महिलामा कोरोना संक्रमण पुष्टि

२५ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए । योसँगै साउन […]

बाजुरामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

२५ साउन कैलाली । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–४ डाँडा बाडाको गुवानी माथिबाट खसेको पहिरोमा पुरिएर १२ वर्षीय अनिश विकको मृत्यु भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएका छन् । ‘उहाँको उद्धार गरी गाउँपालिका ल्याइँदै छ,’ […]

‘अयोध्या’बारे प्रधानमन्त्रीको रणनीति : पुरानो प्रमाण भेटिँदैन, मन्दिर बनाउन थालिहालौं !

२५ साउन, काठमाडौं । राम जन्मभूमि अयोध्या नेपालमै पर्छ भन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिसँग दुई घण्टा लामो छलफल गरे । बैठकमा नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नवगठित प्रस्तावित अयोध्यापुरीको व्यवस्थापन उपसमिति प्रमुख साध्यबहादुर भण्डारी, प्रचार–प्रसार तथा लेखन उपसमितिका डीआर पोखरेल र अनुसन्धान तथा अन्वेषण उपसमितिका प्रमुख […]

चन्दा उठाउँदै समाजसेवा : कानूनले के भन्छ ? 

२५ साउन, काठमाडौं । समाजसेवालाई संसारभर नै पवित्र कार्यका रुपमा लिइन्छ । आफूसँग भएको भौतिक स्रोत–साधन देश र समाजका लागि उपयोग तथा खर्च गर्नु समाज सेवाको मूल मर्म हो । नेपालमा चाहिँ पछिल्ला दिनहरुमा बेग्लै शैलीको समाजसेवा मौलाउन थालेको छ । नेपालीहरु स्वभावैले भावुक जाति हुन् । अरुको दुःख देख्न सक्दैनन् । खास गरी विदेशमा […]

कडा लकडाउन सम्भव छैन, महामारीसँग जोगिँदै अर्थतन्त्र सुचारु राख्नुपर्छ

नेपाली समाज एक प्रकारको लकडाउनकै बीचबाट विकास भएको हो । स–साना गाउँमा मानिसहरु झुण्ड बनाएर बसेका थिए । व्यक्तिहरु कुनै न कुनै रुपबाट आत्मनिर्भर थिए । घरमा पशुपालन थियो, दूध–घिउ घरमै उत्पादन हुन्थ्यो । मासु खान पर्‍यो  भने कुखुरा, ढुक्कुर, कालिज मारेर खान्थे । कुखुरा, च्याखुराको अण्डा खान्थे । खाद्यान्नमा आत्मनिर्भर थिए । यातायातको कुनै […]

सेनाको बर्बर यातनाले चेपाङको मृत्यु भएको पाइयो : शान्ति समाज

२५ साउन, बुटवल । मानव अधिकार तथा शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सैनिक जवानहरुको कुटपिटपछि चेपाङ समुदायका एकजनाको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ । सैनिक जवानको कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । कुटपिटमा संलग्न सैनिकको नाम अझैसम्म सेनाले सार्वजनिक नगर्नु निन्दनीय भएको समाजले जनाएको छ । […]

२३ औं दिनमा ईः ले तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

२५ साउन, काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । आइतबार अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाए । ईः र स्वास्थ्य मन्त्रालयबीच […]

‘ट्राभल हिष्ट्री’ छैन पोखराका मृतकको, सुगर बढेपछि आफैं गएका थिए अस्पताल

२५ साउन, पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । साउन १७ मा कोरोना संक्रमण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचाररत ६२ वर्षीय एक पुरुषको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो । साउन १६ गते रुघाखोकी लागेपछि पोखरा–१९ घर भएका उनी सुरुमा ओम अस्पताल पुगेका थिए । उपचारकै क्रममा […]

‘चितवनका अस्पताल, दाना उद्योग र ग्यारेजमा कोरोना संक्रमणको बढी जोखिम’

२५ साउन, चितवन । चितवन अहिलेसम्म ११८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ९ छ । अरु संक्रमितहरू संक्रमणमुक्त भएका छन् । झट्ट हेर्दा चितवन जिल्लामा संक्रमणको दर तराईका जिल्ला वा राजधानी काठमाडौंभन्दा निकै कम देखिन्छ । यसले यहाँको प्रशासन, अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई केही राहतको महसुस त गराएको छ तर […]

भारतीय विदेशमन्त्री भन्छन्– बुद्ध महान भारतीय हुन्

२५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् । ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा […]

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

२५ साउन, काठमाडौं । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर […]

राज्यकोषको दोहन भन्दै सुदूरपश्चिम प्रदेशका ५ सांसदले बुझेनन् ल्यापटप

२५ साउन, कैलाली । गत वर्ष साउन १ गते सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा ४६ थान ल्यापटप पुग्यो । प्रविधि मैत्री बनाउने भन्दै मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख सहितका प्रदेशसभा सदस्यहरूलाई २७ लाख ७३ हजार आठ सयको ल्यापटप खरिद गरिएको थियो । तर, राज्य कोषको दुरुपयोग गरेको भन्दै ५ जना प्रदेश सभा सदस्यले एक वर्षसम्म पनि […]

प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण पुष्टि

२५ साउन, बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी […]

श्वासप्रश्वासमा समस्या भएकी एक महिलाको मृत्यु, कोरोना परीक्षण हुने

२५ साउन कैलाली । श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ घर भएकी ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो । डडेल्धुरामा उपचार सम्भव […]

प्रधानमन्त्रीको निर्देशन : रामको जन्मभूमि माडी नै हो, भब्य मन्दिर बनाउनुस्

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए । झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि […]



from समाचार – Online Khabar https://ift.tt/3gIudjp
via IFTTT
Powered by Blogger.