समाचार
२ भदौ, काठमाडौं । गत फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै एउटा कहालीलाग्दो तथ्य उजागर गरेका थिए, ‘कुनै विकासे मन्त्रालयको ६६ प्रतिशत विकास बजेट बराबरको ठेक्का १८ वटा ठेकदारका हातमा छन् ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको अध्ययनले ऊर्जा मन्त्रालय बाहेकका भौतिक पूर्वाधार, सहरी विकास र खानेपानी मन्त्रालयका अधिकतम् मूल्यका ठेक्का […]
२ भदौ, रौतहट । रौतहटमा मंगलबार ३५ जना कोरोना संक्रमित थपिएका छन । केन्द्रीय प्रयोगशाला काठमाडौंको रिपोर्ट अनुसार रौतहटमा १३ जना महिलासहित ३७ जनामा संक्रमण देखिएको हो । साउन ३० गते १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकाका २७ र माधवनारायण नगरपालिकाका ५ तथा गरुडा, कटहरीया र नेपाल […]
२ भदौ, चितवन । भरतपुरको चितवन मेडिकल कलेजमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण सुरु भएको छ । यस कलेजको प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पीसीआर परीक्षण गर्ने अनुमति पाएसँगै परीक्षण सुरु गरेको हो । कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानले परीक्षणका लागि तयारी पूरा भएको बताए । ‘यसले परीक्षणको दायरा फराकिलो बन्ने विश्वास […]
२ भदौ, जाजरकोट । बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइन लाइन बगाउँदा बारेकोटका स्थानीयवासी वर्षाको भल पानी पिउन बाध्य भएका छन् । गत असार २५ गते गएको बाढीपहिरोले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध बनाएको छ । खानेपानी अवरुद्ध भएपछि बारेकोटका दुई हजार घरपरिवार शुद्ध खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बारेकोट-४ सार्कीटोल, जिरी, तल्लो […]
२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० जिल्लाका कांग्रेस कार्यसमितिलाई रकम पठाएको हो । कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, […]
२ भदौ, काठमाडौं । १५ दिन भित्र कुल ४३ उडानका लागि तयार भएको पाँचौं चरणको उद्धार उडान मंगलबारबाट अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परराष्ट्र र पर्यटन मन्त्रालयका नाममा पत्र काट्दै भनेको छ, ‘स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेको र काठमाडौंमा क्वारिन्टनमा रुपमा होटेलको व्यवस्थापन हुन सकेन ।’ सीसीएमसीले उडान रोक्न […]
२ भदौ, काभ्रे । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारका ७ जनालाई पनि संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो । काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको […]
२ भदौ, काठमाडौं । नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ । यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताले माग गरेका छन् । ‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु […]
२ भदौ, पोखरा । पोखराकोमा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो । पोखराका ८७ […]
२ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्कर्टिङको गाडीले स्कुटरलाई ठक्कर दिएको छ । मंगलबार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट अगाडि भद्रकालीबाट माइतीघर मण्डलातर्फ गइरहेको गाडीले स्कुटरलाई ठक्कर दिएको हो । बा १ झ ५५५४ नम्बरको गाडीले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा […]
२ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल […]
२ भदौ, बुटवल । समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । सुरक्षा निकाय, राजनीतिक दल र निजी क्षेत्रका प्रतिनिधि समेतको उपस्थितिमा […]
२ भदौ, बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो । साउन ३१ गते जंगली च्याउको तरकारी बनाएर खाएपछि विरामी भएका दुई दाजु–भाइको उपचार नपाएर घरमै मृत्यु भएको स्थानीयले बताएका छन् । […]
२ भदौ, काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग पर्यटकीय पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत आयोजना र कार्यक्रमको प्रस्ताव आहृवान गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ बाटै पर्यटनका कार्यक्रम तीन वटै सरकारको लागत साझेदारीमा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तल्ला सरकारहरुबाट प्रस्ताव मागेको […]
२ भदौ, पोखरा । कास्की जिल्लामा आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको […]
२ भदौ, युएई । कार्यसमिति चयन भएदेखि नै आन्तरिक विवादमा चलिरहेको एनआरएन युएईभित्रको विवाद सतहमा आएको छ । लण्डन लैजाने भन्दै युएईमा अलपत्र पारिएका ६३ जना पीडितहरुको विषयलाई लिएर पछिल्लो समय एनआरएन भित्रको विवाद चुलिएको छ । यही कारण एनआरएनए यूएई उपाध्यक्षसहित एनआरएनका ३ जना निलम्बित भएका छन् । संस्था विधानविपरीत चलेको भन्दै कार्यसमितिका ६ […]
२ भदौ, काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै […]
२ भदौ, पोखरा । सोमबार राति मृत्यु भएपछि मंगलबार बिहान कोरोना पुष्टि भएकी तनहुँकी महिलाकी छोरीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । रोगले च्यापेपछि आमालाई लिएर पोखरा आएकी छोरीमा पनि संक्रमण देखिएको हो । ब्यास नगरपालिका वडा नम्बर १ की ५० वर्षीया महिलाको २५ वर्षीया छोरीलाई पनि संक्रमण पुष्टि भएको कास्कीका जनस्वास्थ्य प्रमुख बाबुराम […]
२ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब […]
२ भदौ, काठमाडौं । तपाईंलाई थाहै होला, नेपालको घोषित राष्ट्रिय खेल ‘भलिबल’ हो । तर, अघोषित राष्ट्रिय खेलचाहिँ ‘लुडो’ लाई मान्दा हुने भयो । गाउँघरमा चार–जना टुक्रुक्क बसेर कागजको बोर्डमा खेलिने गरेको यो रमाइलो खेल अहिले स्मार्टफोनमार्फत शहरमा सलहसरी व्याप्त भएको छ । नहोस् पनि किन, कुनै खेल सामग्री नचाहिने । खेलाडीको निश्चित संख्या पनि […]
२ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु […]
from समाचार – Online Khabar https://ift.tt/3g7hfun
via IFTTT






















