समाचार
२७ साउन, काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी […]
२७ साउन, पोखरा । कास्कीका ११ सहित गण्डकी प्रदेशका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की ११ र स्याङजाका ६ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका नयाँ संक्रमितमध्ये १० जना कन्टयाक ट्रेसिङका क्रममा पहिचान भएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएका पोखरा-१९ मा […]
२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो । मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो […]
२७ साउन, काठमाडौं । सरकारले कम्तीमा भदौभरि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने निश्कर्ष निकालेको छ । १ असोजबाट मात्र परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्ने कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषद् सहमत भएको छ । यसअघि ५ साउनको मन्त्रिपरिषद् बैठकले १ भदौबाटै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]
२७ साउन, काठमाडौं । उद्धार फ्लाइट’बाट पनि अब दैनिक ५०० मात्र नेपालीलाई उद्धार गरेर ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइने भएको हो । अझै पनि विदेशमा ठूलो संख्यामा नेपाली उद्धारको प्रतिक्षामा छन् । सरकारले अब चार्टर्ड फोलाइटको पुरानो पद्धति […]
२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् । कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं […]
२७ साउन, काठमाडौं । डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि थप दुई जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी परीक्षण गरिएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुषको पाँच दिनअघि प्लाज्मा थेरापी गरिएको थियो । अब दुई संक्रमितको प्लाज्मा थेरापी गर्ने तयारी भइरहेको स्रोतले […]
२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहेका उनले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताए । अस्थिर […]
२७ साउन, काठमाडौं । काठमाडौंको टंकेश्वर घर भएकी लक्ष्मी शाही आइतबार १० नबज्दै नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र पुगिन् । उनी बिजुलीको बिल हरेक महिना तिर्न त्यहाँ पुग्छिन् । शुक्रबार मिटर रिडरले हातमा २ हजार ५९ रुपैयाँ ९२ पैसा रुपैयाँको बिल थमाएपछि उनी आइतबार विहानै भुक्तानीका लागि रत्नपार्क आइपुगिन् । सधैं समयमै बिल तिर्ने […]
२७ साउन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । जनस्वास्थ्य तथा सुरक्षा […]
२७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको आशंकामा उपचारमा लापरवाही गर्दा एक बालकको मृत्यु भएको छ । झाडापखाला, ज्वरो र वान्ता आउने समस्या देखिएका बाराको बारागढी गाउँपालिका–२ का ९ वर्षीय सुशीलकुमार साहको मृत्यु भएको हो । आइतबार राति वीरगञ्जको नेशनल मेडिकल कलेजम लैजाँदा भर्ना लिन मानेन, त्यसपछि उनलाई वीरगञ्जको विभिन्न अस्पताल डुलाउँदै नारायणी अस्पताल लगियो […]
२७ साउन, पोखरा । कास्कीका ११ जनासहित गण्डकीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की र स्याङ्जामा नयाँ संक्रमित पुष्टि भएका हुन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ६ जना छन् । कास्कीका ९ जना यसअघि संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्ति हुन् भने २ जना बाह्य सम्पर्क […]
२७ साउन, सुर्खेत । सुर्खेतको चिङ्गाड गाँउपालिकाको केन्द्र विवादबारे परेको रिटमा उच्च अदालत सुर्खेतले दुबै पक्षलाई साउन ३२ गते छलफलमा बोलाएको छ । गाउँ कार्यापालिकाले प्रशासनिक केन्द्र पुङखेत तोक्ने निर्णय गरेपछि त्यसको विरोधमा वडा नम्बर ५ का लालबहादुर जिसी, भक्तबहादुर आरसी, मोहन राना र तिलबहादुर रानाले उच्च अदालतमा रिट हालेका थिए । मंगलबार न्यायाधीश विनोद […]
२७ साउन, सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् । भदौ १ गतेदेखि लागु हुनेगरी ६ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् । प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले करार सम्झौता गरेको बताए । अब मन्त्रालयहरुले सबै चुनौतीको सामना गर्दै तोकिएको समयमा […]
२७ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय बाँकेले पुनः तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले आइतबारदेखि लागु हुने गरी मंगलबार (आज) राति १२ […]
२७ साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले साउन २२ गते बाह्रबिसे ४ का ८४ वर्षीय पुरुषको मृत्युसंस्कारमा गएका तथा त्यसपछि परिवारको सम्पर्कमा पुगेका सबैलाई आफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । २२ गते मृत्यु भएका ती व्यक्तिलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र पुष्टि गरेको छ । […]
२७ साउन,काठमाडौं । घरजग्गा कारोबारका कारण भिडभाड हुने काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवाहरु बुधबारदेखि भदौ १५ सम्म स्थगित गरिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सेवाग्राहीको बढी भिडभाड भई कोभिड १९ को संक्रमण जोखिम बढेकाले उपत्यकाका सबै मालपोत तथा भूसिुधार कार्यालयहरुको सेवा भदौ १५ सम्मलाई स्थगन […]
२७ साउन, विराटनगर । विराटनगरमा थप ५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर र कोशी अस्पतालमा परीक्षण गर्दा मंगलबार २१ महिला र २९ पुरुष गरी कुल ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३४३ पुगेको छ । संक्रमित मध्ये ६९ जना उपचारपछि […]
२७ साउन, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा […]
२७ साउन, मार्तडी (बाजुरा) । जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका-३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए । उनले दिएको जानकारीअनुसार भण्डारीको […]
२७ साउन, काठमाडौं । सरकारले रेष्टुरेन्ट तथा खाजाघरमा बसेर खानेकुरा खान नदिने भएको छ । साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले […]
from समाचार – Online Khabar https://ift.tt/31HD9PI
via IFTTT






















