समाचार
२८ साउन, बाजुरा । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् । प्रहरी […]
२८ साउन, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ […]
२८ साउन, काठमाडौं । नेपालको कुनै एक स्थानको होटेल बुक गर्नु पर्यो भने अहिले पर्यटकले विदेशी बुकिङ साइटमा गएर बुकिङ गर्नुपर्ने हुन्छ । खासगरी मुलुकभित्र विश्वसनीय बुकिङ साइट नहुँदा पर्यटकले भारतीय वा अन्य तेस्रो मुलुकका साइट इन्जिन प्रयोग गर्नु पर्ने बाध्यता छ । जसले गर्दा होटेल तथा अन्य सेवा प्रदायक कम्पनीले विदेशी बुकिङ इन्जिनहरुलाई खर्च […]
२८ साउन, तम्घास । गुल्मीमा घर माथिबाट खसेको ढुंगाले लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमा हरि खरेलको घर माथिबाट खसेको ढुंगाले लागेर भाडामा बस्दै आएका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार, ६५ वर्षीय […]
२७ साउन, काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी […]
२७ साउन, पोखरा । कास्कीका ११ सहित गण्डकी प्रदेशका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की ११ र स्याङजाका ६ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका नयाँ संक्रमितमध्ये १० जना कन्टयाक ट्रेसिङका क्रममा पहिचान भएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएका पोखरा-१९ मा […]
२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो । मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो […]
२७ साउन, काठमाडौं । सरकारले कम्तीमा भदौभरि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने निश्कर्ष निकालेको छ । १ असोजबाट मात्र परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्ने कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषद् सहमत भएको छ । यसअघि ५ साउनको मन्त्रिपरिषद् बैठकले १ भदौबाटै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]
२७ साउन, काठमाडौं । उद्धार फ्लाइट’बाट पनि अब दैनिक ५०० मात्र नेपालीलाई उद्धार गरेर ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइने भएको हो । अझै पनि विदेशमा ठूलो संख्यामा नेपाली उद्धारको प्रतिक्षामा छन् । सरकारले अब चार्टर्ड फोलाइटको पुरानो पद्धति […]
२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् । कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं […]
२७ साउन, काठमाडौं । डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि थप दुई जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी परीक्षण गरिएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुषको पाँच दिनअघि प्लाज्मा थेरापी गरिएको थियो । अब दुई संक्रमितको प्लाज्मा थेरापी गर्ने तयारी भइरहेको स्रोतले […]
२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहेका उनले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताए । अस्थिर […]
२७ साउन, काठमाडौं । काठमाडौंको टंकेश्वर घर भएकी लक्ष्मी शाही आइतबार १० नबज्दै नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र पुगिन् । उनी बिजुलीको बिल हरेक महिना तिर्न त्यहाँ पुग्छिन् । शुक्रबार मिटर रिडरले हातमा २ हजार ५९ रुपैयाँ ९२ पैसा रुपैयाँको बिल थमाएपछि उनी आइतबार विहानै भुक्तानीका लागि रत्नपार्क आइपुगिन् । सधैं समयमै बिल तिर्ने […]
२७ साउन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । जनस्वास्थ्य तथा सुरक्षा […]
२७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको आशंकामा उपचारमा लापरवाही गर्दा एक बालकको मृत्यु भएको छ । झाडापखाला, ज्वरो र वान्ता आउने समस्या देखिएका बाराको बारागढी गाउँपालिका–२ का ९ वर्षीय सुशीलकुमार साहको मृत्यु भएको हो । आइतबार राति वीरगञ्जको नेशनल मेडिकल कलेजम लैजाँदा भर्ना लिन मानेन, त्यसपछि उनलाई वीरगञ्जको विभिन्न अस्पताल डुलाउँदै नारायणी अस्पताल लगियो […]
२७ साउन, पोखरा । कास्कीका ११ जनासहित गण्डकीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की र स्याङ्जामा नयाँ संक्रमित पुष्टि भएका हुन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ६ जना छन् । कास्कीका ९ जना यसअघि संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्ति हुन् भने २ जना बाह्य सम्पर्क […]
२७ साउन, सुर्खेत । सुर्खेतको चिङ्गाड गाँउपालिकाको केन्द्र विवादबारे परेको रिटमा उच्च अदालत सुर्खेतले दुबै पक्षलाई साउन ३२ गते छलफलमा बोलाएको छ । गाउँ कार्यापालिकाले प्रशासनिक केन्द्र पुङखेत तोक्ने निर्णय गरेपछि त्यसको विरोधमा वडा नम्बर ५ का लालबहादुर जिसी, भक्तबहादुर आरसी, मोहन राना र तिलबहादुर रानाले उच्च अदालतमा रिट हालेका थिए । मंगलबार न्यायाधीश विनोद […]
२७ साउन, सुर्खेत । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादनका लागि करार सम्झौता गरेका छन् । भदौ १ गतेदेखि लागु हुनेगरी ६ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् । प्रदेशको वार्षिक प्रगति सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले करार सम्झौता गरेको बताए । अब मन्त्रालयहरुले सबै चुनौतीको सामना गर्दै तोकिएको समयमा […]
२७ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय बाँकेले पुनः तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले आइतबारदेखि लागु हुने गरी मंगलबार (आज) राति १२ […]
२७ साउन, काठमाडौं । सिन्धुपाल्चोक जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) ले साउन २२ गते बाह्रबिसे ४ का ८४ वर्षीय पुरुषको मृत्युसंस्कारमा गएका तथा त्यसपछि परिवारको सम्पर्कमा पुगेका सबैलाई आफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । २२ गते मृत्यु भएका ती व्यक्तिलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र पुष्टि गरेको छ । […]
२७ साउन,काठमाडौं । घरजग्गा कारोबारका कारण भिडभाड हुने काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सेवाहरु बुधबारदेखि भदौ १५ सम्म स्थगित गरिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै मालपोत कार्यालयहरुलाई मंगलबार परिपत्र गर्दै सेवाग्राहीको बढी भिडभाड भई कोभिड १९ को संक्रमण जोखिम बढेकाले उपत्यकाका सबै मालपोत तथा भूसिुधार कार्यालयहरुको सेवा भदौ १५ सम्मलाई स्थगन […]
from समाचार – Online Khabar https://ift.tt/2DRo9GP
via IFTTT






















