Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डोटीमा बस दुर्घटना, ३ जनाको मृत्यु

२८ साउन, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब ५:३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी […]

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

२८ साउन, बुटवल । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङ रहेका छन् । निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार […]

फेसबुक पोष्टले भारतको बैंगलोरमा हिंसा, प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु

२८ साउन, काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । हिंसा शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो […]

बाजुराको अजयटोड्की गाउँ सम्पर्कविहीन, उद्धारमा ढिलाइ

२८ साउन, बाजुरा । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् । प्रहरी […]

सप्तरीमा थप एक संक्रमितको मृत्यु, एम्बुलेन्समै गयो ज्यान

२८ साउन, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ […]

पर्यटन बोर्डको वेबसाइटलाई नेपाली ‘बुकिङ साइट’ बनाइने

२८ साउन, काठमाडौं । नेपालको कुनै एक स्थानको होटेल बुक गर्नु पर्‍यो भने अहिले पर्यटकले विदेशी बुकिङ साइटमा गएर बुकिङ गर्नुपर्ने हुन्छ । खासगरी मुलुकभित्र विश्वसनीय बुकिङ साइट नहुँदा पर्यटकले भारतीय वा अन्य तेस्रो मुलुकका साइट इन्जिन प्रयोग गर्नु पर्ने बाध्यता छ । जसले गर्दा होटेल तथा अन्य सेवा प्रदायक कम्पनीले विदेशी बुकिङ इन्जिनहरुलाई खर्च […]

गुल्मीमा घरमाथिबाट खसेको ढुंगाले लागेर ४ जना घाइते

२८ साउन, तम्घास । गुल्मीमा घर माथिबाट खसेको ढुंगाले लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमा हरि खरेलको घर माथिबाट खसेको ढुंगाले लागेर भाडामा बस्दै आएका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार, ६५ वर्षीय […]

ठेलाको व्यापार बन्द, आधा कर्मचारी घरै बस्नुपर्ने

२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ । फेरि लकडाउन हुने चर्चा भए पनि सरकारले देशव्यापी रुपमा बन्दाबन्दी गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यका प्रवेशमा पूर्णरुपमा रोक लगाउनुपर्ने र सार्वजनिक यातायात बन्द गर्नुपर्ने काठमाडौं उपत्यकाका स्थानीय तहहरुको मागलाई पनि सरकारले अस्वीकार […]

भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

२७ साउन, काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी […]

संक्रमितको सम्पर्कमा आएका ११ जनामा कोरोना

२७ साउन, पोखरा । कास्कीका ११ सहित गण्डकी प्रदेशका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की ११ र स्याङजाका ६ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका नयाँ संक्रमितमध्ये १० जना कन्टयाक ट्रेसिङका क्रममा पहिचान भएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएका पोखरा-१९ मा […]

अवैध सम्बन्धले निम्त्याएको फिल्मी शैलीको हत्या !

२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो । मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो […]

शैक्षिक सत्र खेर जान नदिने भए…

२७ साउन, काठमाडौं । सरकारले कम्तीमा भदौभरि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने निश्कर्ष निकालेको छ । १ असोजबाट मात्र परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्ने कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषद् सहमत भएको छ । यसअघि ५ साउनको मन्त्रिपरिषद् बैठकले १ भदौबाटै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]

अब विदेशबाट दैनिक ५ सय जनाको मात्रै उद्धार हुने

२७ साउन, काठमाडौं । उद्धार फ्लाइट’बाट पनि अब दैनिक ५०० मात्र नेपालीलाई उद्धार गरेर ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइने भएको हो । अझै पनि विदेशमा ठूलो संख्यामा नेपाली उद्धारको प्रतिक्षामा छन् । सरकारले अब चार्टर्ड फोलाइटको पुरानो पद्धति […]

पीसीआर सकियो, अब भेन्टिलेटरका गीतहरु आउनेछन् !

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् । कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं […]

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमितको मृत्यु

२७ साउन, काठमाडौं । डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि थप दुई जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी परीक्षण गरिएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुषको पाँच दिनअघि प्लाज्मा थेरापी गरिएको थियो । अब दुई संक्रमितको प्लाज्मा थेरापी गर्ने तयारी भइरहेको स्रोतले […]

कोरोनाभन्दा नेकपाको भाइरसले दुःख दियो : मुख्यमन्त्री गुरुङ

२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहेका उनले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताए । अस्थिर […]

सरकारी कार्यालयमा कोरोनाको डर छैन, बिल तिर्ने पिरलो !

२७ साउन, काठमाडौं । काठमाडौंको टंकेश्वर घर भएकी लक्ष्मी शाही आइतबार १० नबज्दै नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र पुगिन् । उनी बिजुलीको बिल हरेक महिना तिर्न त्यहाँ पुग्छिन् । शुक्रबार मिटर रिडरले हातमा २ हजार ५९ रुपैयाँ ९२ पैसा रुपैयाँको बिल थमाएपछि उनी आइतबार विहानै भुक्तानीका लागि रत्नपार्क आइपुगिन् । सधैं समयमै बिल तिर्ने […]

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि

२७ साउन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । जनस्वास्थ्य तथा सुरक्षा […]

कोरोना आशंकामा उपचारमा लापरवाही गर्दा वीरगञ्जमा बालकको मृत्यु

२७ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणको आशंकामा उपचारमा लापरवाही गर्दा एक बालकको मृत्यु भएको छ । झाडापखाला, ज्वरो र वान्ता आउने समस्या देखिएका बाराको बारागढी गाउँपालिका–२ का ९ वर्षीय सुशीलकुमार साहको मृत्यु भएको हो । आइतबार राति वीरगञ्जको नेशनल मेडिकल कलेजम लैजाँदा भर्ना लिन मानेन, त्यसपछि उनलाई वीरगञ्जको विभिन्न अस्पताल डुलाउँदै नारायणी अस्पताल लगियो […]

संक्रमित प्रहरीको सम्पर्कमा रहेका ६ जनामा संक्रमण पुष्टि

२७ साउन, पोखरा । कास्कीका ११ जनासहित गण्डकीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की र स्याङ्जामा नयाँ संक्रमित पुष्टि भएका हुन् । कोरोना संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ६ जना छन् । कास्कीका ९ जना यसअघि संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका व्यक्ति हुन् भने २ जना बाह्य सम्पर्क […]

चिङ्गाडको केन्द्र विवादमा उच्च अदालतले दुबै पक्षलाई बोलायो

२७ साउन, सुर्खेत । सुर्खेतको चिङ्गाड गाँउपालिकाको केन्द्र विवादबारे परेको रिटमा उच्च अदालत सुर्खेतले दुबै पक्षलाई साउन ३२ गते छलफलमा बोलाएको छ । गाउँ कार्यापालिकाले प्रशासनिक केन्द्र पुङखेत तोक्ने निर्णय गरेपछि त्यसको विरोधमा वडा नम्बर ५ का लालबहादुर जिसी, भक्तबहादुर आरसी, मोहन राना र तिलबहादुर रानाले उच्च अदालतमा रिट हालेका थिए । मंगलबार न्यायाधीश विनोद […]



from समाचार – Online Khabar https://ift.tt/33O9uHe
via IFTTT
Powered by Blogger.