समाचार
२६ साउन, वीरगञ्ज । पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ५० पुगेको छ । संक्रमितमध्ये ६ जना महिला छन् । गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज-१५ भेडियाहीकी ४५ वर्षीया महिला पनि संक्रमितको सूचीमा छिन् । आइतबार राति संक्रमण पुष्टि […]
२६ साउन, काठमाडौं । सरकारले करको दायरा बिस्तार गर्ने सिलसिलामा देशभर दुई दर्जन करदाता सेवा कार्यालय थपेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ देखि संचालनमा आउने गरी २४ वटा करदाता सेवा कार्यालय थप भएका छन् । यसरी थप भएका करदाता सेवा कार्यालयहरु अधिकांश पहाडी भेगका जिल्ला सदरमुकाममा स्थापना गरिएका छन् । मन्त्रालयको […]
२६ साउन, वीरगञ्ज । आम मानिसको जीवन रक्षाका लागि आफ्नो र परिवारको पर्वाह नगरी खटिरहेका चिकित्सकको मनोबल कमजोर हुने क्रियाकलाप नगर्न नेपाल चिकित्सक संघ नारायणीले आग्रह गरेको छ । आइतबार भएको प्रदर्शन र तोडफोडको घटनापछि संघका नारायणी अस्पताल शाखा सचिव डा. उदय कुमार सिंहले विज्ञप्ती जारी गरी विषम परिस्थितिमा संयम हुन भनेका छन् । चिकित्सक […]
२६ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् । संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ । प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा […]
२६ साउन, डोटी । आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ७३ ले बढी हो । प्रहरीसँग रहेको बिगत पाँच वर्षको तथ्यांक अनुसार यस प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या झण्डै ७५ प्रतिशत अर्थात […]
२६ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको […]
२६ साउन, काठमाडौं । एक दिनअघिसम्म खेलकुद क्षेत्रलाई कोरोनाले छुँदैन भन्ने प्रश्न थियो । आइतवार स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएपछि अब खेलकुद क्षेत्र पनि कोरोनाबाट जोगिन सकेन । कोरोना महामारीले गर्दा नेपाली खेलकुद क्षेत्र मैदानभित्र ठप्प रहेको बेला मैदानबाहिर भने निकै चलमलाएको थियो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकद परिषदको उपाध्यक्ष […]
२६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम […]
२६ साउन, तौलिहवा । सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका मे.सु. किशोर बन्जाडेले बताए । अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक […]
२६ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार राति नारायणी […]
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ । कतिपय विभागहरुको प्रमुखमा […]
२६ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा पारेको छ । बाढीले पुलसँगैका घरहरुमा पनि जोखिम बढाएको स्थानीय प्रशान्त अर्यालले जानकारी दिए । बाढी पस्दा स्थानीयको खेत बगाएको छ भने चार घर जोखिममा परेका […]
२६ साउन, काठमाडौं । बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बेलायतमा गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए । […]
२५ साउन, काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल सम्बन्धी विवादबारेको अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणमा पठाउने भएको छ । प्रतिवेदनले प्राधिकरण र उद्योगीबीच भइरहेको डेडिकेटेड महसुलबारेको मूल विवाद समाधान गर्ने जिम्मा आयोगको जिम्मामा छाडेको छ । कानूनी रुपमा डेडिकेटेड महसुल निर्धारण र लोडसेडिङ […]
२५ साउन, काठमाडौं । अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई […]
२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७६ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् । थप तीन जनाको मृत्यु कोरोना […]
२५ साउन, काठमाडौं । अहिले बालुवाटारबाट भगवान श्रीरामको बहस सुरु भएको छ । तर, उनै भगवानका नाममा खुलेको ‘श्रीराम चिनी उद्योग’ बन्द छ । नेपालका उखु किसानहरु मारमा पर्दैछन् । मिठाई पसलेहरुले अहिल्यै चिनीको अभाव महसुस गर्न थालिसके, दशैंसम्म चिनीको मूल्य कति चुलिएला ? रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलको भित्तोमा साउन ११ गते एउटा […]
२५ साउन, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ र, अधिकांश संक्रमित विभिन्न जिल्लामाट […]
२५ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व दुई कित्तामा बाँडिएकै बेला सो पार्टीका ६३ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर सार्वजनिक गरेका छन् । यो हस्ताक्षर अभियानले प्रधानमन्त्री केपी ओलीलाई फाइदा पुग्छ कि अर्को पक्षलाई भन्ने जोड घटाऊ पनि नेकपाभित्र सुरु भएको छ । आइतबार ६३ सांसदले पार्टी एकताको पक्षमा […]
२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे कडा टिप्पणी गरेको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी गरेको हो । ‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त […]
२५, साउन, चितवन । चितवनमा शनिबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमित हुनेमा बैंकका कर्मचारीदेखि प्रहरी र थुनवासमेत थिए । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गर्ने र आइतबार नै परीक्षण गर्नुपर्ने दवावमा प्रशासन थियो । तर, भरतपुर कोभिड ल्याबका प्राविधिकहरुको असहयोगका कारणले संकलन गरिएको स्वाब पनि परीक्षण […]
from समाचार – Online Khabar https://ift.tt/30HjO1z
via IFTTT






















