समाचार
२६ साउन, डोटी । आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ७३ ले बढी हो । प्रहरीसँग रहेको बिगत पाँच वर्षको तथ्यांक अनुसार यस प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या झण्डै ७५ प्रतिशत अर्थात […]
२६ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको […]
२६ साउन, काठमाडौं । एक दिनअघिसम्म खेलकुद क्षेत्रलाई कोरोनाले छुँदैन भन्ने प्रश्न थियो । आइतवार स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएपछि अब खेलकुद क्षेत्र पनि कोरोनाबाट जोगिन सकेन । कोरोना महामारीले गर्दा नेपाली खेलकुद क्षेत्र मैदानभित्र ठप्प रहेको बेला मैदानबाहिर भने निकै चलमलाएको थियो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकद परिषदको उपाध्यक्ष […]
२६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट आइतबार पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम […]
२६ साउन, तौलिहवा । सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको अस्पतालका मे.सु. किशोर बन्जाडेले बताए । अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्म अति आवश्यक […]
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ । कतिपय विभागहरुको प्रमुखमा […]
२६ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको छ । विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा पारेको छ । बाढीले पुलसँगैका घरहरुमा पनि जोखिम बढाएको स्थानीय प्रशान्त अर्यालले जानकारी दिए । बाढी पस्दा स्थानीयको खेत बगाएको छ भने चार घर जोखिममा परेका […]
२६ साउन, काठमाडौं । बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बेलायतमा गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए । […]
२५ साउन, काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल सम्बन्धी विवादबारेको अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणमा पठाउने भएको छ । प्रतिवेदनले प्राधिकरण र उद्योगीबीच भइरहेको डेडिकेटेड महसुलबारेको मूल विवाद समाधान गर्ने जिम्मा आयोगको जिम्मामा छाडेको छ । कानूनी रुपमा डेडिकेटेड महसुल निर्धारण र लोडसेडिङ […]
२५ साउन, काठमाडौं । अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई […]
२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७६ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् । थप तीन जनाको मृत्यु कोरोना […]
२५ साउन, काठमाडौं । अहिले बालुवाटारबाट भगवान श्रीरामको बहस सुरु भएको छ । तर, उनै भगवानका नाममा खुलेको ‘श्रीराम चिनी उद्योग’ बन्द छ । नेपालका उखु किसानहरु मारमा पर्दैछन् । मिठाई पसलेहरुले अहिल्यै चिनीको अभाव महसुस गर्न थालिसके, दशैंसम्म चिनीको मूल्य कति चुलिएला ? रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलको भित्तोमा साउन ११ गते एउटा […]
२५ साउन, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ र, अधिकांश संक्रमित विभिन्न जिल्लामाट […]
२५ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व दुई कित्तामा बाँडिएकै बेला सो पार्टीका ६३ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर सार्वजनिक गरेका छन् । यो हस्ताक्षर अभियानले प्रधानमन्त्री केपी ओलीलाई फाइदा पुग्छ कि अर्को पक्षलाई भन्ने जोड घटाऊ पनि नेकपाभित्र सुरु भएको छ । आइतबार ६३ सांसदले पार्टी एकताको पक्षमा […]
२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे कडा टिप्पणी गरेको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी गरेको हो । ‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त […]
२५, साउन, चितवन । चितवनमा शनिबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमित हुनेमा बैंकका कर्मचारीदेखि प्रहरी र थुनवासमेत थिए । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गर्ने र आइतबार नै परीक्षण गर्नुपर्ने दवावमा प्रशासन थियो । तर, भरतपुर कोभिड ल्याबका प्राविधिकहरुको असहयोगका कारणले संकलन गरिएको स्वाब पनि परीक्षण […]
२५ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राति १२ बजेदेखि बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक रुपमा बसेको बैठकले हेटौंडा र मनहरी बजार क्षेत्र केन्द्रित निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सहायक प्रमुख […]
२५ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना रोकथामका लागि विशेष प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । तीन दिनअघि काठमाडौं पुगेको मुख्यमन्त्री लालबाबु राउतको टोलीले आइतबार संघीय सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रम मन्त्री रामेश्वर राय यादवसँग भेट गर्दै प्रदेशमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन […]
२५ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्रै पसल खोल्न तथा व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखेर जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले सोमबारदेखि अर्को निर्णय नहुँदासम्म जिल्लाभरका पसल तथा व्यवसाय बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म […]
२५ साउन, काठमाडौं । गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारे । उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय […]
२५ साउन, काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्नको अभियोगमा उद्धार उडानमार्फत नेपाल फर्किएका ३ जनालाई पक्राउ गरेको छ । कोरोना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न गरिएको चार्टर्ड फ्लाइटमा आएकाहरु सुनजस्तो देखिने धातुसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके […]
from समाचार – Online Khabar https://ift.tt/2EZdwC7
via IFTTT






















