Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धनुषाका थप तीन स्थानीय तहमा लकडाउन

२६ साउन, जनकपुरधाम । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषाका थप तीन वटा स्थानीय तहमा लकडाउन गरिएको छ । कमला, मिथिला र नगराइन नगरपालिकाले सोमबारदेखि लकडाउन लगाएको हो । कोरोनाको संक्रमण समुदायस्तरमा समेत देखापर्न थालेकाले यसको जोखिम रोकथाम तथा न्यूनिकरण गर्न भन्दै कमला नगरपालिकाले सोमबारदेखि आगामी भदौ १ गतेसम्मका लागि अति आवश्यकबाहेकका सबै सेवा बन्द […]

अदालतको पेशी एक महिनाभित्र विद्युतीय प्रणालीबाट तोक्न बारको आग्रह

२६ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले विद्युतीय प्रणालीबाट पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेको छ । सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा विभिन्न त्रुटी कमजोरी रहेको र सोही कारणबाट न्यायपालिकाले आफैंले जनआस्था अभिवृद्धि गर्न नसकेको भन्दै बारले पेशी तोक्ने, प्रकाशन गर्ने काम महिनाभित्रै स्वचालित प्रणाली लागू गर्न आग्रह गरेको हो । सोमबार प्रधानन्यायाधीश […]

सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

२६ साउन, काठमाडौं । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । मृतकको सनाखत भएसँगै काठमाडौं […]

कोरोनाबारे जनचेतना जगाउँदै पर्यटक प्रहरी

२६ साउन, काठमाडौं । ललितपुरमा पर्यटक प्रहरीले सर्वसाधारणलाई मास्क वितरण गरेको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई पर्यटक प्रहरीले मास्क वितरण गरेको हो । प्रहरीले प्लेकार्ड बोकेर मास्क लगाउन, कोरोना महामारीबाट जोगिन सुरक्षाका उपाय अपनाउन जनचेतनामूलक सन्देश पनि दिएको थियो । हेर्नुहोस् तस्वीरहरु

असारसम्म कोरोना रोकथाममा संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड खर्च

२६ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल छैन । कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश र […]

कर्णालीमा कोरोना संक्रमितको संख्या २००० नाघ्यो

२६ साउन, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितिको संख्या दुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ छन् । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका ३ जिल्लामा गरी २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप […]

एक बोतल पानीको अधिकतम् मूल्य १६ रुपैयाँ तोकियो

२६ साउन, काठमाडौं । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको […]

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

२६ साउन, जनकपुरधाम । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए  । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो । मिथिला बिहारी नगरपालिका-५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका-२ […]

पाँच महिनामा ११ अर्ब २९ करोडको औषधि आयात

२६ साउन, काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमण सुरु भएको पाँच महिनामा ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधि र यसका कच्चा पदार्थ आयात भएको छ । कोभिडका कारण लकडाउन सुरु भएको चैत्र ११ देखि साउन २५ गतेसम्म ८ अर्ब ५९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको तयारी औषधि र दुई अर्ब ६९ करोड […]

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

२६ साउन, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले एक ट्वीट गर्दै सोमबार आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका […]

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

२६ साउन, काठमाडौं । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ । कार्याल्यमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको हो । यद्यपि कोरोना परीक्षण पश्चात भने कार्यालय खुला हुने बैंकका एक अधिकारीले जानकारी दिए । उनका अनुसार २ दिनका लागि मात्रै बैंकको कार्यालय सिल गरिएको हो । ‘२ […]

४५ वर्षपछि चौरास्तामा बैरागी काइँला

पारिजातको प्रेमी धनवीर मुखिया कमानको जागिरे थिए । उनी प्रेमीसँगै दार्जिलिङको त्यो घरमा भाडामा बस्थिन् । हामीलाई लालकोठीको घरधनी चन्द्र राईले यो जानकारी गराए । पारिजातलाई निकै बोल्ड क्यारेक्टरको रूपमा लिइन्छ साहित्यमा । यसैले पारिजातको घर हेर्नकै लागि कृष्ण बराल, पर्वत पोर्तेल र म चौरास्ताबाट ओरालो गल्ली झर्‍यौं । त्यो गल्ली प्रकाश कोविदको प्रख्यात औपन्यासिक […]

काठमाडौं महानगरका १२ र २१ नम्बर वडामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

२५ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ । सोमबार बसेको दुवै वडाको संयुक्त बैठकले वडा नम्बर १२ र २१ मा अत्यावश्यकीय सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । दुवै वडाले संयुक्त रुपमा जारी […]

पुतली सडकमा आगलागी

२६ साउन, काठमाडौं । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो । काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अहिले आगलागी भएको स्थानमा काठमाडौं महानगरपालिकासहितका दमकल बोलाइएको अनलाइनखबरलाई बताए । थप विवरण प्राप्त हुन बाँकी छ ।

जसपा कर्णाली प्रदेशका महासचिव रोकायाको निधन

२६ साउन, सुर्खेत । जनता समाजवादी पार्टी (जसपा)का कर्णाली प्रदेशका महासचिव पञ्चसिंह रोकायाको निधन भएको छ । क्यान्सर पीडित रोकायाको सोमबार बिहान वीरेन्ऽनगरमा आˆनै घरमा निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्षसमेत रहेका रोकाय वौद्ध ग्रामीण वहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षसमेत रहेर जिम्मेवारी सम्हालिरहेका थिए । रोकायले संबिधासभा तथा संसदीय निर्वाचनमा तत्कालीन नयाँ […]

धनगढी बजार डुवानमा (फोटो फिचर)

२६ साउन, कैलाली । पानी निकासको व्यवस्था नहुँदा धनगढी बजार डुबानमा परेको छ । सोमबार बिहान परेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाभित्र ३ सय भन्दा बढी घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मुख्य सडकमा करिब २ फिट पानी जमेको थियो । धनगढीको एलएनचोक, क्याम्पस चोक, शिव नगर, वसन्तपुर, मिलन चोकलगायतका क्षेत्रहरूमा सबै […]

दैलेखमा १७ जना कोरोना संक्रमित थपिए

२६ साउन, सुर्खेत । दैलेखमा सोमबार कोरोना भाइरसका थप १७ जना संक्रमित भेटिएका छन् । नारायण नगरपालिकामा १४ जना र भैरवी गाउँपालिकामा ३ जना संक्रमित भेटिएका हुन् । नारायण नगरपालिकाकमा १४ जना केही दिनअघि संक्रमण पुष्टि भएका बैंक, गैरसरकारी संस्थाका कर्मचारी र एक स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरु हुन् । संक्रमितको सम्पर्कमा आएका ३५ जनाको परीक्षण गर्दा […]

सुटकेशभित्र भेटिएको शव पहिचानका लागि तस्वीर सार्वजनिक

२६ साउन, काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग […]

व्यवसायीको प्रश्न- सवारीसाधन रोकिरहने तर, परीक्षण नबढाउने शैली कहिलेसम्म ?

२६ साउन, काठमाडौं । सरकारले तत्काल लामो दूरीका सार्वजनिक सवारी नचलाउने तयारी गरेपछि यातायात व्यवसायीहरुले निरासा व्यक्त गरेका छन् । सरकारले साउन पहिलो साता गरेको निर्णयअनुसार भदौ १ गतेदेखि लामो दूरीका अन्तरजिल्ला सार्वजनिक सवारी खुल्नुपर्ने हो । तर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तत्काल अन्तरजिल्ला सार्वजनिक सवारी नखुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेपछि लामो दूरीमा सार्वजनिक सवारी […]

पोखरामा कर्मचारीलाई कोरोना संक्रमण, २ वटा वडा सिल

२६ साउन, पोखरा । पोखरा महानगरमा सोमबार २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये एकजना पोखरा महानगरकै कर्मचारी हुन् भने अर्का एक जना बागबानी केन्द्रका कर्मचारी हुन् । पोखरा २७ का वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय […]

क्वारेन्टिनमा आत्महत्या : विभेद र गरीबी मुख्य कारण

२६ साउन, काठमाडौं । युरोपेली मुलुक र चीनमा कोरोना संक्रमणले तान्डव मच्चाइरहेको लामो समयसम्म नेपाल विश्व स्वास्थ्य संगठनको रेड जोनभन्दा बाहिर थियो । तर, पछिल्लो दुई महिनामा नेपालमा कोरोना संक्रमणको संख्या यसरी बढ्यो कि मृत्यु हुनेको संख्या नै ७५ नाघिसकेको छ । धनुषाको हंसपुर नगरपालिका- ७ का १६ वर्षीय राजु सदाको उपचार अभावमा झाडा पखालाले […]



from समाचार – Online Khabar https://ift.tt/33JueQl
via IFTTT
Powered by Blogger.