Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उपचार गर्न पर्सागढीका मेयर हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंमा

२६ साउन, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत सोमबार दिउँसो काठमाडौंको मेडिसिटी अस्पताल लगिएको गिरिराज कँडेल दिपेनले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका थिए । शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनलाई अक्सिजन […]

उपत्यकाका स्थानीय सरकारको माग : सार्वजनिक यातायात र अत्यावश्यकबाहेकका सेवा रोकौं

२६ साउन काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेको छ । उपत्यका नगरपालिका फोरमले कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अरुमा जोविजोर प्रणाली लागू गर्न माग गरेको हो । तीन हप्तासम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गर्न पनि माग गरेका छन् । […]

अस्थायी कर्मचारी भर्ना मौलाउँदा लोकसेवा मौन

२५ साउन, काठमाडौं । पछिल्लो समय विभिन्न सरकारी निकायले अस्थायी र करारमा कर्मचारी लिने प्रवृति मौलाएको छ । संघीय सरकारका बिभिन्न मन्त्रालय, निकाय, इकाइ र स्थानीय तहले धमाधम अस्थायी कर्मचारी लिइरहेका छन् । पत्रिकामा अस्थायी कर्मचारी माग गरिएका सूचना पनि दैनिकजसो आइरहेका छन् । यो सबै देखेर पनि नदेखे झैँ गरी बसेको छ लोकसेवा आयोग […]

सुटकेश भेटिएको स्थान नजिकैको घरबाट ल्याइएको थियो शव

२६ साउन, काठमाडौं । आइतबार गोंगबुमा सुटकेश र झोलामा फेला पारिएको शव ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ । शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार टाउको र खुट्टाविनाको शव रहेको सुटकेश भेटिएको स्थानबाट ५० मिटरको दुरीमा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको खुलेको […]

मूलुकी अपराध संहिताको टिप्पणीसहतिको पुस्तक सार्वजनिक

२६ साउन, काठमाडौं । मुलुकी फौजदारी संहिताको ब्याख्यात्मक टिप्‍पणीसहितको पुस्तक ‘मूलुकी अपराध संहिता : एक टिप्पणी’ सोमबार विमोचन भएको छ । विष्णुप्रसाद पाण्डेयद्वारा लिखित उक्त पुस्तक सोमबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा मुख्य रजिस्टार नृपध्वज निरौलाले सार्वजनिक गरे । विमोचन कार्यक्रममा निरौलाले विश्वव्यापीकरणको कारणले एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, […]

बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि

२६ साउन, बुटवल । बाँकेमा दुईजना चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षणमा नेपालगन्जका ४७ वर्षीय पुरुष र १९ वर्षीया महिलामा पनि […]

हतियार बिक्रीका लागि जनकपुरधाम आएका युवक पक्राउ

२६ साउन, जनकपुरधाम । अवैध हतियार बिक्रीका लागि जनकपुरधाम आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय सीमावर्ती क्षेत्र धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादव छन् । ज.१ ह. ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एक […]

रौतहटमा संक्रमित वडाध्यक्षको ट्रेसिङ गर्दा १९ जनामा कोरोना

२६ साउन, रौतहट । रौतहटको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा […]

सरोकार समितिले भन्यो : बुढीगण्डकी आयोजनामा कामै भएन

२६ साउन, काठमाडौं । बुढीगण्डकी डुवान क्षेत्रका वासिन्दाले बाँकी रहेका मुआब्जा वितरणलगायतका काम तत्काल अघि बढाउन माग गरेको छ । कोरोना महामारीको बाहनामा बुढीगण्डकी वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले कार्यालयमै बसेर गर्ने काम पनि नगर्दा मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापनाको काम रोकिएको भन्दै तत्काल अघि बढाउन आग्रह गरेको हो । बुढीगण्डकी जलविद्युत आयोजना […]

धनुषाका थप तीन स्थानीय तहमा लकडाउन

२६ साउन, जनकपुरधाम । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषाका थप तीन वटा स्थानीय तहमा लकडाउन गरिएको छ । कमला, मिथिला र नगराइन नगरपालिकाले सोमबारदेखि लकडाउन लगाएको हो । कोरोनाको संक्रमण समुदायस्तरमा समेत देखापर्न थालेकाले यसको जोखिम रोकथाम तथा न्यूनिकरण गर्न भन्दै कमला नगरपालिकाले सोमबारदेखि आगामी भदौ १ गतेसम्मका लागि अति आवश्यकबाहेकका सबै सेवा बन्द […]

काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले  काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।

थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

अदालतको पेशी एक महिनाभित्र विद्युतीय प्रणालीबाट तोक्न बारको आग्रह

२६ साउन, काठमाडौं । नेपाल बार एशोसिएसनले विद्युतीय प्रणालीबाट पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेको छ । सबै तहका अदालतहरुमा पेशी तोक्ने प्रणालीमा विभिन्न त्रुटी कमजोरी रहेको र सोही कारणबाट न्यायपालिकाले आफैंले जनआस्था अभिवृद्धि गर्न नसकेको भन्दै बारले पेशी तोक्ने, प्रकाशन गर्ने काम महिनाभित्रै स्वचालित प्रणाली लागू गर्न आग्रह गरेको हो । सोमबार प्रधानन्यायाधीश […]

सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

२६ साउन, काठमाडौं । गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । त्यसपछि शव बोहराको भएको खुलेको हो । उनी नयाँ बजार क्षेत्रको एक उद्योगमा काम गर्ने प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । मृतकको सनाखत भएसँगै काठमाडौं […]

कांग्रेसले भन्यो : कोरोना नियन्त्रणमा सरकार असफल भयो, आफूलाई सुरक्षित राखौं

२६ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्‍‍यो ।’ कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने […]

कोरोनाबारे जनचेतना जगाउँदै पर्यटक प्रहरी

२६ साउन, काठमाडौं । ललितपुरमा पर्यटक प्रहरीले सर्वसाधारणलाई मास्क वितरण गरेको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई पर्यटक प्रहरीले मास्क वितरण गरेको हो । प्रहरीले प्लेकार्ड बोकेर मास्क लगाउन, कोरोना महामारीबाट जोगिन सुरक्षाका उपाय अपनाउन जनचेतनामूलक सन्देश पनि दिएको थियो । हेर्नुहोस् तस्वीरहरु

असारसम्म कोरोना रोकथाममा संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड खर्च

२६ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल छैन । कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश र […]

कर्णालीमा कोरोना संक्रमितको संख्या २००० नाघ्यो

२६ साउन, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितिको संख्या दुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ छन् । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका ३ जिल्लामा गरी २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप […]

एक बोतल पानीको अधिकतम् मूल्य १६ रुपैयाँ तोकियो

२६ साउन, काठमाडौं । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको […]

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

२६ साउन, जनकपुरधाम । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए  । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो । मिथिला बिहारी नगरपालिका-५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका-२ […]

पाँच महिनामा ११ अर्ब २९ करोडको औषधि आयात

२६ साउन, काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमण सुरु भएको पाँच महिनामा ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधि र यसका कच्चा पदार्थ आयात भएको छ । कोभिडका कारण लकडाउन सुरु भएको चैत्र ११ देखि साउन २५ गतेसम्म ८ अर्ब ५९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको तयारी औषधि र दुई अर्ब ६९ करोड […]



from समाचार – Online Khabar https://ift.tt/3a9iDLG
via IFTTT
Powered by Blogger.