समाचार
३ भदौ, काठमाडौं । आफ्नो सांसद पद निलम्बन बदर गर्न माग गर्दै हरिनारायण प्रसाद रौनियारले संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेकाले उनी निलम्बित छन् । आफू निलम्बनमा परेपछि रौनियारले ०७५ पुस १५ मा निलम्बन गर्नुको कारण खुलाउन माग गर्दै […]
३ भदौ, काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३० गते विभिन्न १७ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क गर्न आग्रह गर्दै पत्राचार गरेको छ । ‘एसिड आक्रमणका घटनाबाट पीडित भई तहाँ अस्पतालमा औषधी उपचार गराउन आउने पीडित व्यक्तिहरुको तहाँबाट […]
३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनी अहिले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनमा छन् । उनमा कुनै लक्षण छैन । र, उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ । उनले भने आफू बस्ने ललितपुरको टोलमा एक जनालाई कोरोना संक्रमण […]
३ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको महामारीलाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै नेविसंघले जारी राखेको रिले अनशन २६ औँ दिनमा स्थगित गरिएको उनले […]
३ भदौ, वीरगञ्ज । युद्ध चलिरहेको बेला अचानक कमाण्डर परिर्वतन भयो भने लडाईको मैदानमा रहेका सैनिकहरुको मनस्थिति कस्तो होला ? वीरगञ्जमा कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुको अहिले त्यस्तै अवस्था छ । कोरोनाले आक्रान्त वीरगञ्जमा हरेक दिन संक्रमितको संख्या मात्र होइन, मृत्यु पनि बढिरहेको छ । संक्रमितलाई राख्ने वेड, आईसीयू, भेल्टिलेटर सबको अभाव छ । कोरोना संक्रमण […]
३ भदौ, काठमाडौं । काठमाडौं उपत्याकामा बुधबार राती १२ बजेदेखि एक साता लामो निषेधाज्ञा सुरु हुँदैछ, बढ्दो कोभिड-१९ संक्रमण रोकथाम तथा नियनत्रणका लागि भन्दै अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालन एक साताका लागि निषेध गरिएको उपत्याकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । तर, बजारमा निषेधाज्ञालाई कडा किसिमको कर्फ्यु भनेर प्रचार गरिएपछि खुद्रा साना व्यवसायी […]
३ भदौ, गुल्मी । गुल्मीका पहिरो पीडितहरुलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले झण्डै ३ लाख आर्थिक सहयोग गरेका छन् । गत असार १८ गते राति गुल्मीको इस्मा गाउँपालिकाको वडानम्बर-१ को मल्दीमा गएको पहिरोले विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । दक्षिण कोरियामा रहेका इस्मा गाउँपालिका-१ हपुर्कोट निवासी यम खत्री र […]
३ भदौ, जनकपुरधाम । सिराहाको अर्नमा गाउँपालिकामा एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । प्रहरीका अनुसार बाटोको बिषयमा भएको विवादले कुटपिटको रुप लिँदा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्नमा गाउँपालिका-५ कृष्णपुर बस्ने ५० बर्षीय सीतादेवी राउत रहेको प्रहरीले जनाएको छ । स्थानीय केही व्यक्तिको कुटपिटबाट घाइते भएका उनको सिराहा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु […]
३ भदौ, काठमाडौं । सरकारले लकडाउन खोलेपछिको पहिलो महिनामा राजस्व संकलन सन्तोषजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना (साउन)मा झण्डै गत वर्षको पहिलो महिनाकै हाराहारीमा राजस्व संकलन भएको छ । तथ्यांकअनुसार २ भदौ (मंगलबार)सम्म कुल ६१ अर्ब ३७ करोड ८५ लाख रुपैयाँ राजस्व उठेको छ । अघिल्लो […]
३ भदौ, बुटवल । दश वर्षदेखि अलपत्र रुपन्देहीको तिनाउ नदीमा निर्माणाधीन पुल डिजाइन परिवर्तन गरेर फेरि निर्माण सुरु गरिएको छ । तिलोत्तमा नगरपालिकाको गोरकट्टास्थित तिनाउ नदीमाथि २०६७ असारबाट पुल बनाउन थालिएको थियो । १ सय १० मिटर लामो पुल ७० मिटर बनाइसकेपछि पिलर राख्ने ठाउँमा ठूलो चट्टान भेटिएपछि रोकिएको थियो । वेल फाउण्डेसनको डिजाइनमा ठेक्का […]
२ भदौं, काठमाडौं । पछिल्लो समय बैङ्कमा लगानीयोग्य पुँजी (तरलता) थुपि्रएको छ । नेपाल राष्ट्र बैङ्कले ३ पटक गरेर ६० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत प्रशोचन गर्दा पनि बैङ्कमा यतिबेला पर्याप्त तरलता छ । अहिले बजारमा २ खर्ब बढी तरलता रहेको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । तरलता अधिक हुँदा त्यसको असर निक्षेपमा परेको […]
३ भदौ, काठमाडौं । दुई वर्षअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी भएर अस्पतालको आईसीयूमा उपचारत थिए । उनको स्वास्थ्य अवस्थालाई लिएरबाहिर विभिन्न आशंका र अड्कलबाजी सुरु भइसकेको थियो । त्यहीबेला घिमिरे परिवारका एक सदस्य अशेष शर्मा र मन्दिरा ढुंगेल म्युजिक कम्पोजर आशीष अविरललाई भेट्न पुगे । भित्रबाट ढोकामा चुकुल लगाएर कुराकानी भयो । ‘एकदमै गोप्य […]
३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २÷२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् […]
३ भदौ, काठमाडौं । संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अछाम- २ बाट निर्वाचित बोगटीले अनलाइनखबरसँगको कुराकानीमा आफूलाई कोरोना संक्रमण भएको बताए । ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए । त्यसको पहिलो रिपोर्ट […]
३ भदौ, सुर्खेत । कालीकोटमा पहिरो पुरिएर चारजना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति आएको पहिरोमा परी चारजना बेपत्ता भएका हुन । तुले सहकारी र धने सहकारीको रुप्सा लेकमा रहेको गोठ मंगलबार राति पहिरोले बताउँदा चारजना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । पहिरोमा परी […]
३ भदौ, सुर्खेत । पहिरो र चट्याङमा परी कर्णालीमा चारजनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले घर बगाउँदा दैलेखमा दुई र सुर्खेतमा एकजनाको मृत्यु भएको हो । मंगलबार राति नै चट्याङ लागेर जाजरकोटमा एक बालकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा दैलेखको भगवतीमाई […]
३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको […]
३ भदौ, जनकपुरधाम । सिराहाको मिर्चेया नगरपालिका-५ का वीरेन्द्रकुमार यादवको हत्या आरोपी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चेया नगरपालिका-९ बस्ने ३० वर्षीय लालकुमार साह रहेका छन् । २०६७ साल असार ११ गते गोली प्रहारबाट यादवको हत्या भएको थियो । साहलाई जनकपुरधाम उपमहानगरपालिका-१ स्थित वकील टोलबाट मंगलबार नियन्त्रणमा लिएको सिराहा प्रहरी प्रबक्ता बिनोद […]
३ भदौ, सुर्खैत । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो । जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए । वडा […]
३ भदौ, काठमाडौं । सांसदले लगाउने नयाँ ब्याच पिन (लोगो) को आलोचना भएपछि संघीय संसद सचिवालयले गल्ती स्वीकार गर्दै त्यसलाई फिर्ता पठाएको छ । संसदले पारित गरेको नेपालको नयाँ नक्साअनुसार बनाइएको नयाँ लोगो संरचनात्मक र साजसज्जासम्बन्धी समस्या देखिएकाले त्यसलाई फिर्ता पठाएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । संघीय संसदले अद्यावधिक नक्साअनुसार […]
३ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति मृत्यु भएका हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना […]
from समाचार – Online Khabar https://ift.tt/3iYVZZp
via IFTTT




















