समाचार
८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन् । भट्टराईसहित २७ सांसदलाई ओलीले मंगलबार मात्रै दुई दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेका छन् । माधवकुमार नेपाल समूहले यो स्पष्टीकरणलाई पार्टी विभाजनको प्रयास गरिएको निष्कर्ष निकालेका छन् ।
८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र […]
८ वैशाख, काठमाडौं । भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो । जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज […]
८ वैशाख, काठमाडौं । मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेको छ । बुधबार म्युचुअल फण्ड समूहको […]
८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ । राष्ट्रियसभा सदस्यीय दलका नेता समेत रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त भएको पदमा यादवलाई नियुक्त गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यादव पूर्वसांसद तथा पूर्वमहान्यायधिवक्ता समेत हुन् ।
८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश चुडाल र सुवेदीलाई सपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका […]
८ वैशाख, काठमाडौं । सुनको कारोबार कोरोना काल अघिकै अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । बिहेको मुख्य सिजन चलिरहेका बेला सुनको माग पनि बढेको र दैनिक १५ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको सुन कारोबार हुन थालेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख पहिलो आठ दिनको औषत कारोबार हेर्दा सुनको कारोबार पहिलो […]
८ वैशाख, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो । बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको […]
८ वैशाख, काठमाडौं । केन्द्र सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ मा प्रदेश र स्थानीय सरकारलाई कुल १ खर्ब ५२ अर्ब ५१ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान जाने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यसरी पाउने रकमको सिफारिस गरेको हो । सिफारिस भएको रकम चालु आर्थिक वर्षका लागि भने सिफारिसको तुलनामा केही बढी […]
८ वैशाख, बागलुङ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पीसीआर मेसिन जडान गरिएको छ । सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै ६ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । योसँगै धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम […]
८ वैशाख, काठमाडौं । बाग्लुङको बाग्लुङ नगरपालिकाको ३ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बाग्लुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा वैशाख ७ गते राति १२ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स […]
८ वैशाख, हेटौंडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकामा भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का […]
८ वैशाख, काठमाडौं । ‘राइसिना डायलग’ भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यहाँका थिंक ट्याङ्क अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले हरेक वर्ष आयोजना गर्ने भूराजनीति सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र विभिन्न क्षेत्रका स्वतन्त्र विषय विज्ञले जल्दोबल्दो समसामयिक विषयमा गर्मागर्मी बहस गर्दछन् । सहभागी मुलुकका […]
महामारीको आफ्नो गति र विशेषता हुन्छ । भाइरसले निश्चित विशेषता भएको जनसंख्या पायो भने यसको फैलावट सुनिश्चित हुन्छ । कुनै एक ठाउँका मानिसमा कतिजनासँग रोग प्रतिरोधात्मक क्षमता छ ? कतिले खोप लगाएका छन् ? त्यहाँ सामाजिक व्यवहार र जनस्वास्थ्यको मापदण्ड कसरी पालना हुन्छ ? यस्ता कुरामा भाइरसको फैलावट निर्धारण हुन्छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ […]
८ वैशाख, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न […]
८ वैशाख, विराटनगर । अभिभावकले तन्त्रमन्त्रबाट सुन पाउने लोभ गर्दा विराटनगरकी एक युवती तीन महिना भारतमा बन्धक बनेकी छन् । मसानले जमिनमुनि लुकाएको सुन निकाल्न भन्दै आफूलाई तान्त्रिक बताउने युवकसँग सातवटा खोलाको पानी लिन गएकी युवतीको तीन महिनापछि उद्धार भएको हो । विशेष सूचनाका आधारमा पश्चिम कञ्चनपुर हुँदै भारत पुगेको प्रहरीले युवतीको सकुशल उद्धार गरेको […]
८ वैशाख, काठमाडौँ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि […]
८ वैशाख, विराटनगर। बेलबारी बहुमुखी क्याम्पसमा भर्ना हुने नयाँ विद्यार्थीको भर्ना शुल्क स्थानीय सरकारले तिरिदिने भएको छ । विद्यार्थी संख्या घट्न थालेपछि बेलबारी नगरपालिकाले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएको हो । क्याम्पसमा शिक्षा शास्त्र, व्यवस्थापन र मानविकी संकायको पठनपाठन हुन्छ । तीनवटै संकायमा भर्ना हुने विद्यार्थीको शुल्क नगरपालिकाले […]
८ वैशाख, झापा । पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले मङ्गलबार राति […]
८ वैशाख, हेटौंडा । मकवानपुरको हेटौंडामा कोरोना संक्रमणले एकजना पुरुषको मृत्यु भएको छ । केही दिन अघिको कोरोना परीक्षणबाट संक्रमण पुष्टि भएका हेटौंडा-४ कर्राका ७४ वर्षीय एकजना पुरुषको मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ । पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको […]
८ वैशाख, गुल्मी । गुल्मीको पर्यटकीय स्थल उनाएचौरमा खड्ग भगवतीको आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–५, ६, ७ को संगमस्थल उनाएचौरमा पुरातात्विक शैलीमा मन्दिर निर्माण गरिएको हो । नवनिर्मित मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उदघाटन गरेका छन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगरभित्र उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने […]
from समाचार – Online Khabar https://ift.tt/3ekrNHB
via IFTTT






















