Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संघर्ष समितिले बुझायो इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१० असार, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट […]

‘राष्ट्रपतिले माधव नेपालहरुको दोहोरो समर्थन के आधारमा भन्नुभो ?’

१० असार, काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिले धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको दावी अस्वीकार गर्द राष्ट्रपतिले लिएको दावी गलत भएको बताएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका माधव नेपालहरुको समर्थन केपी शर्मा ओलीलाई पनि रहेको भन्नु गलत भएको […]

सेयर कारोबार : प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने

१० असार, काठमाडौं । सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ । यो समयमा ५ प्रतिशतसम्म घटबढ गराएर सेयर मूल्य किनबेच गर्न सकिने विद्यमान व्यवस्थालाई घटाएर बोर्डले २ प्रतिशत बनाएको छ । […]

ललितपुरमा बजेट पेश हुन सकेन, मेयर नै अल्पमतमा

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन् । बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन् । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट […]

प्रदेशवासीलाई कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

१० असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोभिड-१९ विरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको ९ औं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने बताए । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप […]

डोटीमा असार २० गतेसम्‍म निषेधाज्ञा थप

१० असार, डोटी । जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण […]

काठमाडौंको बजेट : कर बक्यौताको जरिवानादेखि घरबहाल करसम्म छुट

१० असार, काठमाडौं  । काठमाडौं  महानगरपालिकाकाले महामारीलाई ध्यान राख्दै आगामी आर्थिक वर्षको करमा विभिन्न छुट सहुलियत घोषणा गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले गरेको महानगरको आर्थिक विधेयक, २०७८ मा कोभिड-१९ को प्रभावलाई मध्यनजर गरी करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव उल्लेख गरिएको […]

पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट (पूर्णपाठसहित)

१० असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार पोखरा उपमहानगरपालिकाको बजेट सार्वजनिक गरेकी हुन् । चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख र पूँजीगतर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । […]

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ५५ करोडको बजेट

१० असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको ९ औं अधिवेशनले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय, पुँजीगततर्फ १ अर्ब ६२ केरोड ३३ लाख ३० हजार १ सय र वित्तीय तर्फ […]

११ महिनामा २८ अर्ब ६० करोडको चामल आयात

१० असार, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अन्तराष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक भएको हो । यस वर्षको चामल आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत […]

ल्यापटप चोरीको अभियोगमा एकजना पक्राउ

१० असार, काठमाडौं । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका विष्णु अधिकारी रहेका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट विभिन्न […]

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

१० असार, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ । पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिबी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खेलकूद लगायतलाई बजेटमा स्थान दिइएको छ […]

दुई भिन्न किसिमका खोप लगाउँदा बढी प्रभावकारी हुन्छ भन्नेमा कुनै वैज्ञानिक आधार छैन : डब्ल्यूएचओ

१० असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले पहिलो मात्रा एस्ट्राजेनेका (कोभिशिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने कुरामा कुनै आधार पुष्टि भइनसकेको बताएको छ । डब्ल्यूएचओले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धान भइरहेको भन्दै गलत सूचनाले जनताकाे स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने बताएको छ । […]

युवकको हत्या अभियोगमा कपिलवस्तुबाट तीनजना पक्राउ

१० असार, कपिलवस्तु । कपिलवस्तु नगरपालिका-८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार रहेका छन् । सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृत […]

पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई १०/१० लाख सहयोग गर्ने

१० असार, पोखरा । पोखरा महानगरपालिकाले बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने बताएकी हुन् । उपप्रमुख गुरुङले बाढी पहिरोबाट ठूलो क्षति भोगेको सिन्धुपाल्चोकका दुवै स्थानीय […]

नेपालले स्पेनमा खेल्ने तय भएको त्रिकोणात्मक सिरिज स्थगित

१० असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच आगामी जुलाईमा स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बिहीबार उक्त सिरिज स्थगित भएको जानकारी गराएको छ । कोरोना महामारीका नामिबियाको अवस्था खराब रहेको र प्रशिक्षण तयारी तथा यात्रा प्रतिबन्धका कारण सिरिज स्थगित गरिएको आईसीसीले […]

अफ्रिकी महिलाले १० बच्चा जन्माएको समाचार असत्य

१० असार, काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको समाचार असत्य भएको पाइएको छ । जुनको सुरुमा सार्वजनिक भएको समाचारको विषयमा गरिएको सोधपुछको क्रममा यस्तो पाइएको हो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तले कुनै पनि अस्पतालमा महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको रेकर्ड नपाइएको बताएको छ । यसअघि सार्वजनिक भएको समाचारमा गोसिआमे […]

करणी अभियोगमा काका पक्राउ

१० असार, तनहुँ । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी […]

ललितपुरको बजेट : बहुमत नगरसभा सदस्यले बहिष्कार गर्ने

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन् । नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले बहिकार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले बहिस्कार गर्न लागेका हुन् । बिहीबार देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको […]

रमण श्रेष्ठको प्रश्न : राष्ट्रपति महाराज बन्न खोजेको हो ?

१० असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले गरेको काम कारबाहीमाथि अदालतमा प्रश्न उठाउन पाइने बताएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै उनले राष्ट्रपतिले गरेको काम न्यायिक निरुपणको विषय होइन भन्नु राजतन्त्रकालीन मानसिकता भएको टिप्पणी गरे । ‘(राष्ट्रपति) श्री ५ भन्दा पनि माथि महाराज बन्न खोज्या हो ? […]

विपक्षी गठबन्धनले सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै

१० असार, काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् । विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए । कांग्रेस सभापति देउवा […]



from समाचार – Online Khabar https://ift.tt/3qorEbC
via IFTTT
Powered by Blogger.