समाचार
१० असार, काठमाडौं । वामपन्थी धारका जनप्रतिनिधिले नगरसभा बहिस्कार गरेपछि बिहीबार ललितपुर महानगरपालिकाले बजेट नै ल्याउन सकेन । रौतहटको मौलापुरमा पनि माओवादी पक्ष्का जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै नगरसभा बिथोले । ललितपुर र मौलापुर उदाहरण मात्र हो, मेयर तथा अध्यक्ष अल्पमतमा परेका धेरै स्थानीय तहलाई यो वर्ष बजेट ल्याउन सकस परेको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ […]
१० असार, काठमाडौं । महालक्ष्मी नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नगर सभामा चार वटा बैठक बसेको थियो । नगर सभा बैठकबाट नगर प्रमुख रामेश्वर श्रेष्ठले पेस गरेको आव २०७८/७९ को नीति तथा कार्यक्रम र उपप्रमुख निर्मला थापाले पेस गरेको रू. १ अर्ब ९४ करोड १ हजार १ सय १६ रुपैयाँ […]
१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम […]
१० असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ का लागि ६१ करोड ९० हजार रुपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख डिल्लीराज भुसालले प्रस्तुत गरेको बजेटमा आर्थिक क्षेत्रतर्फ ४ करोड ७७ लाख ४४ हजार, सामाजिक क्षेत्रतर्फ २५ करोड २२ हजार, पूर्वाधारतर्फ १८ करोड २ लाख ५० हजार विनियोजन गरिएको छ । वन, वातावरण तथा […]
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ । बिहीबार भएको नवौं नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका बनाउने एजेण्डा पारित गरेको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार नगरसभाबाट पारित उपमहानगरपालिका बनाउने एजेण्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ । ‘वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाका लागि चाहिने मापदण्ड पूरा गरेको छ’ […]
१० असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले ‘कांग्रेसको १४औं महाधिवेशन र अबको कार्यदिशा’ अभियान थालेकी छन् । भर्चुअल माध्यमबाट गरिने यो अभियान सात वटै प्रदेशमा सञ्चालन हुनेछ । यस अन्तर्गत पहिलो कार्यक्रम असार १ गते प्रदेश–१ बाट शुरू भयो । तर, पहिलो बहसमै उति सन्तुष्ट भइनन् । ‘मैले कांग्रेसको आगामी नीति […]
१० असार, काठमाडौं । विभिन्न पशुपक्षीको आवाज निकाल्ने कलाले सन्तोषी सुब्बालाई ख्याति त दियो, तर दैनिकी सहज बनेन । धर्मपुत्रीका रुपमा १८ वर्षदेखि कालोपुलमा बसिरहेकी उनी आफ्नै संसार बसाउन चाहन्थिन् । बुबा धनबहादुर तामाङको चप्पल बिक्री गर्ने पेशा पनि निषेधाज्ञाका कारण राम्रोसँग चलेको थिएन । त्यसैले पनि उनलाई आफ्नै खुट्टामा उभिनु थियो । युट्युबमा अन्तर्वार्ता […]
१० असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् । विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै उनले ओलीले पनि आफ्नो गल्ती स्वीकार गर्दै […]
१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन् । बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन् । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट […]
१० असार, काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।
१० असार, काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्जेमेन्टले कूटनीति सम्बन्धी तीन दिने सम्मेलन आयोजना गर्ने भएको छ । शुक्रबार शुरु हुने सम्मेलन आइतबार सम्पन्न हुनेछ । नेपाललाई विश्वमञ्चमा अझ धेरै परिचित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ४० भन्दा बढी देशबाट दुई भन्दा बढी विभिन्न विधाका विज्ञ, राजनीतिक […]
१० असार, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट संशोधन गर्न नगरसभा सदस्यहरुले माग गरेका छन् । मंगलबार बसेको नगरसभामा प्रस्तुत गरेको एक अर्ब ८२ करोड बराबरको बजेट र नीति तथा कार्यक्रम संशोधन गर्न नगरसभा सदस्यले माग गरेका छन् । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले छलफलका क्रममा उठेका सुझावका आधारमा प्रस्तुत नीति तथा […]
१० असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ५३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख गुमादेवी आचार्यले चालुतर्फ ३९.७७ प्रतिशत र पुँजीगत खर्च ५९.९८ प्रतिशत हुनेगरी उक्त बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ । […]
१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महामारीलाई ध्यान राख्दै आगामी आर्थिक वर्षको करमा विभिन्न छुट सहुलियत घोषणा गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले गरेको महानगरको आर्थिक विधेयक, २०७८ मा कोभिड-१९ को प्रभावलाई मध्यनजर गरी करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव उल्लेख गरिएको […]
१० असार, काठमाडौं । पुस्तक बिक्रेताहरुले नेपालको पुरानो नक्सा र पुरानै पाठ्यक्रमको पुस्तक धमाधम बिक्री गरेको पाइएको छ । यस्ता कतिपय किताबमा मुद्रकको नाम समेत नभएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । गत जेठ २३ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री नगर्न निर्देशन दिएका थिए । श्रेष्ठको […]
१० असार, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८-०७९ का लागि १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । उप-महानगरपालिकाको सातौं नगर सभामा बिहीबार उपप्रमुख रीताकुमारी झाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ९८ करोड २० लाख ६० हजार र पुँजीगततर्फ ४९ करोड ५० लाख २३ […]
१० असार, काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका थिए । संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद […]
१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले प्रादेशिक आपतकालीन गोदामघरको निरीक्षण गरेकी छन् । बिहीबार मन्त्री जोशीले प्राकृतिक विपतको पूर्वतयारी अन्तर्गत रोकथाम, उद्धार तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री भण्डारणको अवस्था बुझ्न गोदामको स्थलगत निरीक्षण गरेकी हुन् । ‘प्राकृतिक प्रकोप नियन्त्रण, रोकथाम तथा उद्धारका कार्यक्रम सञ्चालन गर्न हामीसँग के–कति सामग्री […]
१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र नभएको बताएका छन् । लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उनले बताए । सम्पादकहरुसँग बिहीबार भएको छलफलमा उनले गठबन्धनका तीन आधार प्रस्तुत गरे । पहिलो, संविधानको रक्षा र समयानुकुल […]
१० असार, चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड ७० लाखको बजेट सार्वजनिक गरेको छ । बिहीबार खैरहनी नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख सुनिता थपलियाले बजेट सार्वजनिक गरेकी हुन् । प्रस्तुत बजेट अनुसार कुल खर्चमध्ये चालुतर्फ ४४ करोड २७ लाख ४४ हजार र पुँजीगततर्फ ४६ करोड ४५ लाख १८ हजार […]
१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ । बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरिन् । नगरपालिको चालु […]
from समाचार – Online Khabar https://ift.tt/3h2lqKu
via IFTTT






















