Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१ साउन, धनगढी । कञ्चनपुर प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ का विष्णु राना रहेका छन् । रानालाई शुक्रबार घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले रानालाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी […]

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु

१ साउन, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु भएको जनाएको छ । आयोगले शुक्रबार विज्ञप्ता जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्‍दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०३-२८ गतेको […]

काठमाडौंमा मौजुदा खोप सकियो, कार्यक्रम स्थगित

१ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्‍दै साउन ४ गतेको लागि लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९ विरुद्धको भेरोसेल खोप […]

शीतल निवासमा नगरेर शपथ किन सर्वोच्च अदालतमा ?

१ साउन, काठमाडौं । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको सर्वोच्च अदालतमा शपथग्रहण भएको छ । राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने भनेका संवैधानिक पदाधिकारीको हकमा सर्वोच्च अदालतमै शपथ गराउने भन्ने निर्णय गरेको भनेपछि शपथ ग्रहण गराउने परम्परागत ठाँउ फेरिएको हो । हालसम्म नियुक्त महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ […]

अन्योलमा सवारी लाइसेन्सको परीक्षा, साढे ४ लाख आवेदक अलपत्र

१ साउन, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको छ । विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी हुन साढे ४ लाखसम्म आवेदन परिसकेको थियो । तर, बन्द भएको लाइसेन्सको आवेदन दिने अनलाइन प्रणाली अहिलेसम्म खुलेको छैन । […]

मुख्यमन्त्री चढेको हेलिकप्टर आयो, कोरोना खोप आएन

१ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ वर्ष उमेरका नागरिकका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप दुई सातादेखि जिल्ला स्वास्थ्य कार्यालयमा थन्किएको छ । १७ असारमा खोप आएपछि अन्यत्र २० गतेबाट अभियान शुरु भयो । तर सडक सञ्जाल नजोडिएको चुमनुव्री गाउँपालिकामा जाने पदमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भएकाले खोप […]

बीमा समितिको नयाँ सर्भर र सफ्टवेयर सञ्चालन

१ साउन, काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । शुक्रबार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन  गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । ‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसात गर्दै यो चरणमा आइपुगेका […]

देउखुरीमा प्रदेश राजधानीको गुरुयोजना निर्माणले गति लिंदै

१ साउन, देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीमा व्यवस्थित शहर निर्माणको कामलाई तीव्रता दिएको छ । प्रशासनिक भवनदेखि विषयगत कार्यालय स्थानान्तरण र गुरुयोजना बनाउने कामले तीव्रता पाएको प्राधिकरणले जनाएको छ । यसका लागि राप्ती उपत्यका देउखुरीको आकाशमा ड्रोनको मद्दतबाट सर्भेको काम भइरहेको […]

पुँजीबजार जनताको हितमा छ : अर्थमन्त्री

१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उनको भनाइ छ । यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी […]

चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर दिइन् बधाई

१ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।

एक वर्षमा ४ खर्ब ४४ अर्ब २६ करोड भन्सार राजस्व

१ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा भन्सार राजस्व संकलनमा प्रगति भएको छ । कुल भन्सार लक्षभन्दा तीन अर्ब बढी राजस्व एक वर्षमा संकलन गरिएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष ७७/७८ मा ४ खर्ब ४० अर्ब २६ करोड ८४ लाख राजस्व संकलन लक्ष लिइएकोमा ४ खर्ब ४४ अर्ब २६ करोड ८४ लाख […]

बजेट अध्यादेश प्रतिनिधिसभामा पेश हुने

१ साउन, काठमाडौं । केपी ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा टेबुल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका छन् । बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताए । संसद बैठक ३ साउनमा बोलाइएको छ । संसदले […]

चीनमा बालबालिकालाई विद्यालय पठाउन अभिभावकले कोरोना खोप लगाउनुपर्ने

१ साउन, काठमाडौं । चीनका केही स्थानीय सरकारले अभिभावकले कोरोना खोप नलगाए विद्यार्थीलाई विद्यालय प्रवेश गर्न नदिने योजना ल्याएका छन् । आगामी सेप्टेम्बरमा परिवारका सबै सदस्यले कोरोना खोप नलगाए उक्त परिवारको विद्यार्थीलाई विद्यालयमा प्रवेशको अनुमति नदिने योजना अघि सारिएको हो । त्यस्तै केही शहरमा अस्पताल र सुपरमार्केटमा प्रवेशका लागि पनि कोरोना खोप अनिवार्य गर्ने तयारी […]

दूरसञ्‍चार प्राधिकरणद्वारा अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

१ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । लामो समयको तयारी पश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्य रुपमा […]

श्वेतपत्र ल्याउने अर्थमन्त्री शर्माको घोषणा

१ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने छ । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले […]

बीपी प्रतिष्ठान आन्दोलन : दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द

१ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत् चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् । प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन शुरु गरेका उनीहरुले शुक्रबारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् । शुक्रबार बिहान ८ देखि […]

सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

३१ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक चलिरहेका […]

अब प्रि-ओपनिङमा सेयर मूल्य दुई प्रतिशतसम्म मात्रै घटबढ हुने

१ साउन, काठमाडौं । अब दोस्रो बजारको प्रि-ओपनिङ सेसनमा कम्पनीको सेयर मूल्य घटबढको सीमा दुई प्रतिशतमा झारिएको छ । नेपाल स्टक एक्सजेन्जले धितोपत्र कारोबार सञ्चालन विनीयमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्षित रुपमा कम्पनीहरुको मूल्य बढेको पाइएपछि दुई प्रतिशतमा सिमित गरिएको नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरि […]

संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण (फोटो फिचर)

१ साउन, काठमाडौं । संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण गरिएको छ । यही साउन ३ गते संसदको अधिवेशन बोलाइएको छ । अधिवेशन शुरु हुनु अघि शुक्रबार संघीय संसद भवन परिसरमा सभामुख तथा सांसदहरुको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो । सर्वोच्च अदालतको फैसलाबाट असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना भएपछि साउन ३ […]

कोरोनाको उत्पत्तिबारे अध्ययनमा सहकार्य गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

१ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सहकार्य गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले थप पहुँच र पारदर्शिताको लागि चीनसँग आग्रह गरेका हुन् । गत फेब्रुअरीमा डब्ल्यूएचओको पहिलो चरणको अनुसन्धान सकिएको थियो । उक्त अनुसन्धानको निष्कर्ष कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट […]

बैठक रोक्न र दशबुँदे अनुसार अघि बढ्ने नेपाल पक्षको प्रस्ताव ओलीले मानेनन्

३१ असार, काठमाडौं । एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय […]



from समाचार – Online Khabar https://ift.tt/3kpdIgJ
via IFTTT
Powered by Blogger.