Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीमा २० गतेसम्म निषेधाज्ञा थप

११ साउन, गुल्मी । गुल्मीमा यही साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले साउन २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका […]

ट्युनिसियाका राष्ट्रपतिद्वारा प्रधानमन्त्री बर्खास्त, संसद पनि भंग

११ साउन, काठमाडौं । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसदसमेत भंग गरेका छन् । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् । कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक […]

एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

बार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा अकस्मात विदेशी मुलका केही युवाहरुको समूह प्रवेश गर्दै सिधैं मतपेटिका तोडफोड गर्न थालेपछि एक महिला यसरी चिच्चाउँदै थिइन्। एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको […]

कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्न विचार गरिरहेका छौं : डा. फाउची

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलअनत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् । स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका […]

जसपा विवाद : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले सनाखत गराउँदै

११ साउन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर सनाखत गराउँदैछ । सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गराउन लागेको हो । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै […]

‘सत्ता पाउन र टिकाउन बाह्य शक्तिको समर्थन खोज्नु नेपालको अस्थिरताको कारण हो’

नेपाली सेनामा तीन दशकभन्दा भन्दा बढी सेवा गरी अवकाश भएका उपरथी पूर्ण सिलवालसँग राष्ट्रिय सुरक्षा, परराष्ट्र रणनीति र अन्य थुप्रै विषयमा गहिरो ज्ञान र अनुभव छ । नेपालको राष्ट्रिय सुरक्षा नीति तयार पार्न समेत महत्वपूर्ण भूमिका खेलेका सिलवालले विभिन्न विषय समेटेर नयाँ पुस्तक प्रकाशन गरेका छन् । उनले नेपाल राज्य स्थापनाको दर्शन, मूल्यमान्यता, राष्ट्रिय हित […]

के हो प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङको विवाद ?

१० साउन, काठमाडौं । अबदुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक भएपछि नेपालको खेलप्रति समर्थकहरु मात्र होइन, अखिल नेपाल फुटबल संघ (एन्फा) पनि सन्तुष्ट थियो । उनको कार्यकाल थप गर्न कतार फुटबल संघलाई आग्रह गरिसकेको थियो । तर अलमुताइरीले एकाएक राजीनामा दिन लागेको घोषणा गरे, त्यो पनि सामाजिक सञ्जालमार्फत । उनले आइतबार विहान फेसबुकमा लेखे, ‘प्रिय नेपाली फ्यान […]

मोटरसाइकलमाथि शव भेटिएको घटनामा ट्रक चालक पक्राउ

१० साउन, विराटनगर । विराटनगर महानगरपालिका – ५ बिजुली अफिसमा अगाडि मृत भेटिएका पुरुषलाई ठक्कर दिएको आरोपमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । साउन ४ गते राति साढे ८ बजे कोसी राजमार्गको विजुली अफिस खण्ड नजिकै मोटरसाइकलमाथि एक वृद्ध पुरुष मृत भेटिएका थिए । ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक […]

तोकिएकै समयमा महाधिवेशन गर्न पौडेल समूहको जोड

१० साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो । पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी […]

निर्मला पन्तको हत्यामा दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन

१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाज्ञ बोलाएर उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी लिएका छन् । ‘चाँडो भन्दा […]

पोखरामा नदी उत्खननमा प्रयोग गरिएका ५५ गाडी नियन्त्रणमा

१० साउन, काठमाडौं । रातिको समयमा अवैध रुपमा दीजन्य पदार्थ उत्खननमा संलग्न भएका ५५ वटा गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका- १९ पुरनचौरस्थित ढोडेनीघाटमा शनिबार राति अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ती सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार […]

धनुषामा साउन २० गतेसम्म थपियो निषेधाज्ञा

१० साउन, जनकपुरधाम । धनुषामा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस बमोजिम साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आइतबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लामा यसअघि नै स्वास्थ्य मापदण्डको पालना गरी […]

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हेर्नुहोस् निषेधाज्ञाको सूचना

कोरोना महामारीः के नेपाल अर्को ठूलो क्षतिको नजिक पुग्दैछ ?

१० साउन, काठमाडौं । साउन ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर छिट्टै आउन सक्ने संकेत गर्दै स्वास्थ्य संस्थाहरुमा अक्सिजन, शय्यालगायत आवश्यक पूर्वाधारहरु चुस्तदुरुस्त राख्न आग्रह गर्‍यो । पछिल्लो एकसाता लगातार संक्रमणदर बढेपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको थियो । तर, डेढ महिनाअघि नै जनस्वास्थ्य विज्ञहरुले तेस्रो लहर आउने […]

विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो

१० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री […]

अनि माधव नेपालले सांसदलाई भने : प्रतिगमनको मतियार ! बाहिर जानुस्

१० साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच भनाभन भएको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८ मा गरेको कामको समीक्षा हुँदै थियो । तर बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुशी साटे । समितिका सदस्य नेपालले पनि संसद जोगिएको […]

असोजसम्म एक तिहाई नागरिकले खोप पाउलान् ? यस्तो छ हिसावकिताव

१० साउन, काठमाडौं । असोजसम्म एक तिहाई नागरिकलाई कोरोना खोप दिने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो निर्णय हो । २९ असारमा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको थियो । तर स्वास्थ्य तथा जनसंख्या […]

दोस्रो तह वार्तामा, नेतृत्व मूठभेडको तयारीमा

१० साउन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवाहरूले युथ फोर्स गठन गरेका छन् । महासचिव ईश्वर पोखरेलले शनिबार युथ फोर्सलाई शपथग्रहण गराए भने उपत्यका कमाण्ड घोषणा गरे । कोरोना संक्रमण फेरि बढ्दै गएका बेला युथ फोर्सले राजधानी उपत्यकामा शक्ति प्रदर्शन नै गर्‍यो । शक्ति प्रदर्शनपछि आयोजित शपथ समारोहलाई […]

ऊर्जामन्त्रीले प्राधिकरणमै फर्काइन् साढे १५ अर्बको ‘डेडिकेटेड’को बक्यौता फाइल

१० साउन, काठमाडौं । सरकारले उठ्न बाँकी डेडिकेटेड र ट्रंक लाइनको सबै महसुल नेपाल विद्युत प्राधिकरणमार्फत नै उठाउने संकेत गरेको  छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया तुरुन्तै शुरु गर्न प्राधिकरणलाई निर्देशन दिएकी छन् । उनले यो महसुल उठाउने काम प्राधिकरणको भएको भन्दै राजनीतिक निर्णयका आधारमा यसको […]

स्वास्थ्यमा राज्यमन्त्री : देउवाले किन रोजे व्यापारी सांसद ?

१० साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उमेश श्रेष्ठलाई राज्यमन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवालाई २९ असारमा मन्त्रिपरिषद् गठन गर्दा नै स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने दबाब थियो । सरकारलाई समर्थन गर्ने दलहरु मात्र होइन, उनकै पार्टी नेपाली कांग्रेस र पार्टीभित्र पनि संस्थापन समूहकै नेताहरुले कोराेना महामारीविरुद्ध लडाईंको नेतृत्व […]

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित नेपाल

१० साउन, कञ्‍चनपुर । खेलकुदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुँदैन, सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन । खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका […]



from समाचार – Online Khabar https://ift.tt/3zD8qCu
via IFTTT
Powered by Blogger.