Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एकताको कुरा धेरै ढिलो भयो : माधव नेपाल

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए । चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे […]

एकताको नाममा १० बुँदे गर्नेहरुमा अवसरवाद देखियो : अखिल

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले दश बुँदे सहमति कार्यान्वयनको औचित्य नरहेको जनाएको छ । पार्टी एकताको नाममा भएको दश बुँदेमा अवसरवाद देखिएको अध्यक्ष सुदेश पराजुलीलेे जनाएका छन् । ‘हाम्रो लडाइँ प्रतिगमन विरुद्ध थियो । तर अवसरवादमा लाग्ने नेताहरुले पदीय व्यवस्थापनको लडाइँ भन्नेतिर लगे’, पराजुली भन्छन् । एकता भन्ने नेताहरुले संसद् […]

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद

७ भदौ काठमाडौं । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् । सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन बुझाउँदा […]

टंकप्रसाद रमादेवी पाठक पुरस्कार पत्रकार भण्डारीलाई

७ भदौ, काठमाडौं । हेम–सरिता फाउण्डेशनले २०७७ सालको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दिइने भएको छ । तीन दशक अघिदेखि पत्रकारितामा रहेका भण्डारीले दुई हजार अमेरिकी डलर राशीको पुरस्कार दिन लागिएको हो । हेम–सरिता फाउण्डेशनले सुशासन एवं भ्रष्टाचारविरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई यो पुरस्कारद्वारा सम्मानित […]

विपक्षीको अनुपस्थितिमै लुम्बिनीका मुख्यमन्त्रीले लिए विश्वासको मत

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्‍यो । उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले […]

उपराष्ट्रपति कार्यालयमा डिटेक्ट भएको जनयुद्धका घाइतेको शरीर

७ भदौ, काठमाडौं । १० वर्षे सशस्त्र विद्रोहका क्रममा घाइते भएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका ६ जना नियमित उपचारका सिलसिलामा काठमाडौं आएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, जो कुनै बेला उनीहरुको कमाण्डर थिए । घाइतेहरुले भेट्न चाहेपछि पुनले पनि समय दिए । रुकुम पश्चिमबाट आएका घाइतेहरु सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगे । सुरक्षाकर्मीले मोबाइल, […]

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

७ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।  डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल […]

चौथाइवालेको मिसन : प्रमुख दलहरुसँग सम्बन्ध विस्तार

७ भदौ, काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले ९ महिनामा दोस्रो पटक नेपाल भ्रमणमा आएका छन् । २५ मंसिर, २०७७ मा लकडाउनकै बीचमा स्थलमार्ग हुँदै नेपाल आएका उनी सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको निमन्त्रणामा आइतबार चार दिने नेपाल भ्रमणमा आएका हुन् । काठमाडौं उत्रिएलगत्तै उनले सबैभन्दा पहिला महतसँग भेटघाट […]

घुमुवा प्रहरी भन्दै निकुञ्जका गैंडा मारी तस्करी गरेको अभियोगमा पाँच जना पक्राउ

७, भदौ, चितवन । गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गैंडा तस्करी गर्ने गिरोहको नाइके भनिएका रणबहादुर कुमाल, मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका–२ का वीरबहादुर बस्नेत, चितवनको खैरहनी नगरपालिका–६ रिजालटोलका आरोष उप्रेतीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो […]

कुलमानको निर्देशन : झ्याप्प-झ्याप्प बत्ती जान नदिन कठोर बन्नुस्

७ भदौ, काठमाडौं,  । नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । विनाजानकारी झ्याप्प-झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता […]

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

७ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जको कोर क्षेत्र नवलपरासीको कोलकोत्ता टापु नजिक घोलमा भासिएर अन्दाजी ८ देखि १० वर्ष उमेरको भाले गैंडा सोमबार मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ । चालु […]

नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

७ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मन्त्रालयले सोमबार आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रम’मा गृहमन्त्री खाँणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताए । गृहमन्त्री खाणले भने, ‘नागरिकको सुरक्षामा सरकार भम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा […]

सुस्ताएको हास्यव्यंग्य साहित्य

७ भदौ, काठमाडौं । व्यंग्यकार चट्याङमास्टर (कृष्णमुरारी गौतम) भन्छन्, ‘मानिसहरू अहिले संवेदनहीन छन् । यसैले हास्यव्यंग्य साहित्यमा उनीहरू रमाउन सकेका छैनन् ।’ उनको तर्क छ, सत्र हजार मान्छे मरेको भयंकर खबर पनि नेपाली समाजलाई सामान्य लाग्न थालेको छ । यस्तो अवस्थामा व्यंग्य साहित्यले मानिसहरूको हृदय छुन सकेको छैन । अखबारी व्यंग्य लेखनका चोटिला स्रष्टा हुन् […]

हास्यकलाकारको पलायन नियति

‘हामी आफू रोएर पनि दर्शक हँसाउने कलाकार । १८ दिन लामो अस्पताल बसाइपछि आज दर्शकमाझ प्रस्तुति दिन नपाउँदा धेरै दुःख लागेको छ । तर, मैले हार मानेको छैन ।’ कुनै बेला अमेरिकामा आफ्ना शुभचिन्तकमाझ घेरिएका साम्दे शेर्पाले मञ्चमा उभिएर यसै भनेका थिए । दर्शकको अपेक्षा थियो, अब साम्देले पेट बटारिने गरी हँसाउनेछन् । तर, उनी […]

‘शहरी क्षेत्रका बालबालिका समेत खोप अभियानमा छुटेका छन्’

नेपालमा एक वर्षभन्दा मुनिका करीब ६ लाख २० हजार बालबालिकालाई १२ वटा रोगका विरुद्ध नियमित खोपहरू दिइन्छ । देशभर १६ हजारभन्दा बढी खोप केन्द्रबाट वितरण हुने यी खोप सरकारले निःशुल्क दिएको छ । कार्यतालिका अनुसार खोप दिइए तापनि कतिपय ठाउँमा विविध प्राकृतिक कारणले गर्दा खोप दिन अप्ठ्यारो पर्छ । त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी घर-घरमा पुगेर पनि […]

‘बालबालिकाले खोप नपाउनु स्वास्थ्य प्रणालीकै टाउको दुखाइ’

नेपालमा खोपको इतिहास त्यति धेरै लामो छैन । अस्पतालहरूमा पहिलेदेखि नै खोप लगाउन शुरू गरिए तापनि खोपलाई अभियानकै रूपमा शुरू गरेको लामो समय भइसकेको छैन । सन् १९५९ मा अमेरिका र विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रव्यापी मलेरिया उन्मूलन र अन्य रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका थिए । काठमाडौं उपत्यकाका लागि बिफर उन्मूलन कार्यक्रम सन् १९६१ […]

कोरोना कहरकै बीच डोटीमा पनि मनाइयो गाईजात्रा

७ भदौ, डोटी । गत वर्ष कोरोना संक्रमणका कारण औपचारिकतामा मात्रै मनाइएको गाईजात्रा यस वर्ष भने डोटीमा धुमधामसँग मनाइएको छ । जिल्ला सदरमुकाम सिलगढीमा विगतका वर्ष झैं यस वर्ष गाईजात्रा मनाइएको हो । गत वर्षको गाईजात्रादेखि यस गाईजात्राको अवधिमा मृत्यु भएका नेवार समुदायका व्यक्तिहरुको सम्झनामा सोमबार एक रड र दुई टारीटाई (निगालोको फ्रेममा कपडाको पुलता) […]

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

७ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी […]

लुम्बिनीमा एमालेले भन्यो : सरकार र विश्वासको मत दुबै अवैधानिक

७ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको सरकार र सरकारले पाएको विश्वासको मत दुबैलाई अवैधानिक भनेको छ । प्रदेश सभा सचिवालयले २४ घण्टा अगावै कार्यसूची सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरी एक्कासी मुख्यमन्त्रीले विश्वासको मत लिनु आपत्तिजनक भएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ‘यो सरकार पनि अवैधानिक […]

कैलालीमा थरुहट थारुवान संयुक्त मोर्चाको प्रदर्शन

७ भदौ, धनगढी । कैलालीमा थरुहट-थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ सालमा आजकै दिन भएको टीकापुर घटनालाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो । संयुक्त मोर्चाले जिल्लाको लम्कीचुहा नगरपालिकामा पर्ने बलिया चोकदेखि भल्का चोकसम्म विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले रेशम […]

कमल गाउँले : जो दुई दशकदेखि निरन्तर प्यारोडी निकाल्दैछन्

न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो । रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक रूपमा गर्थे […]



from समाचार – Online Khabar https://ift.tt/3mrGqhW
via IFTTT
Powered by Blogger.