Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लगातार ३ दिन संक्रमितभन्दा निको हुने बढी

७ भदौ, काठमाडौं । नेपालमा तीन दिनयता लगातार कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार, आइतबार र सोमबार संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । यसले नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या घटाएको छ । सोमबार सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ रहेको छ । […]

प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता

७ भदौ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।  उनले सोमबार अध्‍यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट गरेका हुन् । प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारका साथै अन्‍य विषयमा पनि खुलेर छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् । In my […]

अन्तर्राष्ट्रिय उडानका एयरलाइन्सले तिरेनन् ५२ करोड कर

७ भदौ, काठमाडौं । नेपालबाट यात्रु उडाएवापत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने कर नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट विभिन्न सात विदेशी शहरमा यात्रु उडाएका कम्पनीले कर नबुझाएको पाइएको हो । यस्तो रकम ५१ करोड ९८ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपालबाट प्रस्थान हुने यात्रु ओसार पसार […]

गण्डकीमा थपिए २६९ कोरोना संक्रमित, ६५४ जना निको भए

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप चार जना संक्रमितको मृत्यु भएको छ भने ६५४ जना निको भएका छन् । गत २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा १०३९ जनाको नमुना परीक्षण गर्दा २६९ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ […]

केही दिनमै मन्त्रिपरिषद्‌ले पूर्णता पाउँछ : कांग्रेस नेता महत

७ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । सोमबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा नेता महतले सबै पार्टी मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाइ भएको बताए । ‘अब मलाई लाग्छ केही दिनमै मन्त्रिमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्रीजीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम […]

माधव नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको छ । माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ । सोमबार र […]

कुलमानको निर्देशन : झ्याप्प-झ्याप्प बत्ती जान नदिन कठोर बन्नुस्

७ भदौ, काठमाडौं,  । नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । विनाजानकारी झ्याप्प-झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता […]

स्वास्थ्य सुरक्षा सामग्रीविनै खटिन्छन् वीरगञ्ज महानगरका सरसफाइकर्मी

७ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको फोहोर संकलनका लागि खटिने सरसफाइकर्मीहरुले स्वास्थ्य सुरक्षा सामग्रीविना नै काम गर्ने गरेका छन् । आवश्यक सामग्री मास्क, पञ्जा, बुट र रेनकोटविना नै उनीहरु काममा खटिएका छन् । वीरगञ्ज महानगरपालिकाले निजी साझेदारी कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । सरसफाइको जिम्मा लिएको कम्पनीले नै ज्यालामा राखेका सरसफाइकर्मीहरु […]

रोल्पामा बाबु हत्या गरेको आरोपमा छोरा पक्राउ

७ भदौ, रोल्पा। प्रहरीले ६० बर्षीय बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपाली रहेका छन् । घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भएको प्रहरीको दाबी छ । अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले […]

थप १,८०१ जनामा कोरोना संक्रमण, १,९२४ जना संक्रमणमुक्त

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको […]

विपक्षीको अनुपस्थितिमै लुम्बिनीका मुख्यमन्त्रीले लिए विश्वासको मत

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्‍यो । उपसभामुख कृष्णी थारु तटस्थ बसिन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले […]

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

७ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमकाे जर्सीकाे मुख्य प्रायाेजक माइसेकेन्ड टिचरले साेमबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेकाे हाे । जर्सी डिजाइनमा ५०० जनाकाे आवेदन परेकाेमा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट भएकाे हो । क्यानले छनोटका लागि ४ सदस्यीय समिति बनाएको […]

काठमाडौंमा मास्क लगाएर गाईजात्रा (फोटो फिचर)

७ भदौ, काठमाडौं । आज भाद्र कृष्ण प्रतिपदा अर्थात गाईजात्रा पर्व । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर काठमाडौं लगायत देशभर मनाउने गरिन्छ । कोरोना महामारीका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम […]

राष्ट्रपति र माधव नेपालबीच भेटवार्ता

७ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् । नेता माधव नेपाल निकट स्रोतले राष्ट्रपतिसँग भेट भएको पुष्टि गरे । तर कुराकानीको विषय खुलाउन चाहेन […]

हत्या आरोपी फरार अभियुक्त १६ वर्षपछि पक्राउ

७ भदौ, बुटवल । दाङमा व्यक्ति हत्याका फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । ०६२ मंसिरमा  सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेको अयिभोग लागेका ३७ वर्षीय प्रकाश नेपाली पक्राउ परेका हुन् । उच्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो । हत्याको घटनापछि […]

मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेद्वारा प्रदेशसभा बहिष्कार

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ । ‘कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ’ उनले भने, ‘यति […]

कमल गाउँले : जो दुई दशकदेखि निरन्तर प्यारोडी निकाल्दैछन्

न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो । रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक रूपमा गर्थे […]

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

७ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी […]

एक साता मनसुन सक्रिय रहनेः यी स्थानमा भारी वर्षाको सम्भावना

७ भदौ, काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा […]

पीआरसी नआउँदा जनक शिक्षाले कक्षा १२ को पाठ्यपुस्तक छपाइ शुरु गर्न सकेन

७ भदौ, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यक्रम विकास केन्द्रबाट पीआरसी (प्रिन्ट राइट कपी) नपाएकाले कक्षा १२ को पुस्तक प्रकाशन शुरु गर्न नसकेको बताएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पाठ्यक्रम विकास केन्द्रले पीआरसी उपलब्ध नगराउँदा पाठ्यपुस्तक छाप्ने कार्य शुरु गर्न नसकिएको हो । पाठ्यक्रम विकास केन्द्रले पीआरसी तयार भइरहेको […]

सैनिक अदालतको कमजोरी : हतियार चोर्ने एउटा, सजाय पाउने अर्कै

७ भदौ, चितवन । गएको साउन ७ गते भरतपुर महानगरपालिका वडा नं.–१७ सिमलडाँडाको खेत नजिकै एक युवक मारिएको खबर आयो । उनलाई गोली हानेर मारिएको खबर आए पनि प्रहरीले पुष्टि गर्न समय त लगायो नै मृतकको पहिचान पनि ढिला गरी मात्रै भयो । धादिङ निलकण्ठ नगरपालिका–१३ घर भई नेपाली सेनाको महिन्द्र दल गण शिवपुरीमा कार्यरत […]



from समाचार – Online Khabar https://ift.tt/3ybOohB
via IFTTT
Powered by Blogger.