Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘तालिबानको कसाइ’ भनेर चिनिने पूर्वगभर्नरले लिए तालिबानप्रति बफादारीको शपथ

७ भदौ, काठमाडौं । तपाईं अफगानिस्तानमा बस्दै आउनुभएको छ वा पछिल्लो २० वर्षमा अफगानिस्तानको राजनीतिलाई नजिकबाट नियालिरहनुभएको छ भने तपाईंले पक्कै पनि अफगानिस्तानको ‘बुलडोजर’ नामले चिनिने गुल आगा शेरजाईलाई चिन्नुहुन्छ । अब अफगानिस्तानका महत्वपूर्ण व्यक्तिको रुपमा चिनिने शेरजाई ‘इस्लामिक इमिरेट्स अफगानिस्तान’ को पनि प्रमुख व्यक्ति बनेका छन् । शेरजाई सीआईएका पूर्व एजेन्ट हुन् । उनी […]

रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक जारी

७ भदौ, काठमाडौं । १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ । काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी छन् । एक नेताले भने, ‘आगामी महाधिवेशनबारे छलफल […]

टीकापुर घटनाको ६ वर्ष पूरा

७ भदौ, धनगढी । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पूरा भएको छ । ६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम […]

मुम्बईमा रेलको ठक्करबाट घाइते भएकी नेपाली युवतीको मृत्यु

७ भदौ, काठमाडौं । भारतको मुम्बईमा एक नेपाली युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया कालु परियार रहेको भारतीय मिडियाहरुले जनाएका छन् । रेलको लिकमा मोबाइल फोन हराएपछि खोजिरहेको बेला तीव्र गतिमा आएको रेलले उनलाई ठक्कर दिएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्डियन एक्सप्रेसले जनाएको छ । घटना भएको एक […]

गोपालराज मैनालीसँग मेरो जोडी : ‘चङ्खे’ र ‘नक्कली’ बनेपछि

‘भोलि मेरो सुटिङ छ । हेर्न जान्छेस् ?’ भुवन थापा (चन्द) दिदीले सोध्नुभयो । उहाँ नेपाली फिल्मको पहिलो नायिका । पहिलेदेखि नै मेरो चिनजान थियो । हामी सानै उमेरदेखि नाटक, नाचगानमा एकसाथ काम गरिरहेका थियौं । २०१४ सालदेखि म रंगमञ्चमा प्रवेश गरें । २०२१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट तालिम लिइरहेकी थिएँ । तालिम […]

पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

७ भदौ, पोखरा । कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ । नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत भत्काउने गरेको […]

आजदेखि गाईजात्रा पर्व सुरु

७ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र […]

उद्धार उडानको क्रममा अफगान महिलाले जन्माइन् बच्चा

७ भदौ, काठमाडौं । अफगानिस्तानकी एक महिलाले अमेरिकी एयरफोर्सको उद्धार उडानको क्रममा बच्चा जन्माएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् । बीबीसीका अनुसार आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको थियो । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको […]

एनआरएनए नेतृत्व व्यापारिक पृष्ठभूमिबाट मात्रै किन ?

७ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा केही समय अघिसम्म नि:शुल्क सदस्यताबारे चर्को बहस चल्यो । तर कतिपय एनसीसीहरुले त्यसको विरोधमा उत्रिए । सदस्यता नि:शुल्क वा शुल्क कायम गर्नेबारे दुवै पक्षबीचको रस्साकस्सी पछि अन्तत: केन्द्र पछि हट्यो। एनसीसीहरुले संकलन गरेको सदस्यता शुल्क केही प्रतिशत केन्द्रमा जान्छ। तर त्यसले मात्रै केन्द्रीय कार्यालयको खर्च नपुग्ने देखेर […]

महामारीमा स्थानीय सरकार : कतै साबुन हरायो, कतै राहत सामग्री बेचे

२०७६ साल चैतमा कोरोना महामारीको जोखिम बढेसँगै देशभर लकडाउन भए लगत्तै संक्रमण नियन्त्रण र उपचारका काममा कतिपय स्थानीय सरकारको कामकारवाही प्रभावकारी भएपनि केही स्थानीय सरकारहरु आर्थिक अनुशासनहीन र बेथितीमा बदनाम भए । ६ भदौ, काठमाडौं । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिकाले कोभिड व्यवस्थापनसँग सम्बधित बजेटबाट सवारीसाधन मर्मत र भाडाका नाममा ८ लाख रुपैयाँ भुक्तानी दिए […]

भाजपा विदेश विभाग प्रमुख काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट

६ भदौ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए । देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका […]

कोभिड कोषबाट गाडी खरीद, अपारदर्शी र शंकास्पद खर्च

६ भदौ, काठमाडौं । कोभिड–१९ को महामारी शुरु भएदेखि नै रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सरकारहरुको भूमिकामाथि सार्वजनिक रुपमै प्रश्न उठिरहेको थियो । क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा गरेको मनपरीबारे महालेखा परीक्षकले पनि प्रश्न उठाएको छ । महालेखाको कोभिड विषेश लेखा परीक्षण प्रतिवेदनले सबै प्रदेशले तोकिए बमोजिम र आफ्ना घोषित नीति र कार्यक्रमअनुसार काम नगर्दा महामारी […]

महाधिवेशनको तयारीमा जुट्यो कांग्रेसको निर्वाचन समिति

६ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन […]

स्थानीय सरकारका बेथिति : साडी-कुर्था वितरण, मृतकको वृद्धभत्ता खल्तीमा 

६ भदौ, काठमाडौं । वित्तीय स‌ंघीयता कार्यान्वयनको चौथो वर्ष जारी रहँदा आर्थिक अनुशासन उल्लंघन गर्ने मामिलामा प्रदेश र स्थानीय सरकार समेत संघीय सरकारकै बाटोमा देखिएका छन् । हिसाब–किताब नराखेको र कारोबार नमिलेको रकमको अंश ठूलो भइसकेको छ । त्यसको फर्छ्यौटमा प्रदेश र स्थानीय सरकार उदासीन छन् । आर्थिक वर्ष २०७६/७७ मा ७५३ स्थानीय तहमध्ये महालेखा […]

सबै बैंकले घटाए बेस रेट, ऋणको ब्याजदर सस्तियो

६ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट ८ दशमलव […]

१० बुँदे लागू भएन भने पार्टी विभाजन अपरिहार्य बन्छ

६ भदौं, काठमाडौं । आठ महिना लामो मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा छ । तर नयाँ दल दर्ता गराइरहँदा माधव नेपालले आफ्नै समूहका प्रभावशाली नेताहरुको साथ पाउन सकेनन् । नवौं महाधिवेशनबाट निर्वाचित सात पदाधिकारी […]

फास्ट बलर गुल्शन झा : गति र बाउन्सको समिश्रण

६ भदौ, काठमाडौं । सर्लाहीका गुल्शन झाको उमेर भर्खर १७ वर्ष भयो । ६ फिटभन्दा अग्ला उनी नेपाली क्रिकेटसँग जोडिएको मुस्किलले ६ महिना भयो । गत फागुनमा भएको प्रथम काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेटबाट उनको नेपाली क्रिकेटमा इन्ट्री भयो । नेपाल पुलिस क्लबको अन्तिम दुई खेलमा पाएको मौकामा ‘हीरा फोरेका’ उनी राष्ट्रिय टिममा स्थान बनाउन […]

बेनी-दरबाङको हिलाम्य सडकमा ठेकेदार सांसद जीपछिरिङको फोटो

६ भदौ, पोखरा । म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक खुल्दा स्थानीयको भुँइमा खुट्टा थिएन । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका सम्झिन्छन्, ‘माओवादी सशत्र संघर्ष चलिरहेकै बेला पनि स्थानीयले सडकका लागि चन्दासमेत उठाएका थिए । माओवादी जनसरकारले पनि सडकको ट्रयाक खोल्न सघाएको थियो । बेनी-दरबाङ सडक खुल्दा स्थानीय खुसीले नाचेका थिए ।’ २०६३ […]

समय फल्चा ब्यूँताउने प्रयासमा अझै अवरोध

६ भदौ, काठमाडौं । गत बिहीबार बिहान करिब ८ बजे ललितपुरको पुल्चोकस्थित ‘समय फल्चा’ (पाटी) पुनर्निर्माण शिलान्यासको कार्यक्रम थियो । ५ दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बन्ने खबरका कारण स्थानीयबासी पनि पुल्चोकको अशोक स्तुप नजिक जम्मा भएका थिए । तर ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ल्याएको खबरले उनीहरु निराश बने । मेयर […]

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

६ भदौ, काठमाडौं । विभिन्‍न छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्‍यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका-६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने रोल्पा नगरपालिका–२ धनमुढा निवासी ५५ वर्षीय पुरुषको ज्‍यान गएको छ । मृत्‍यु हुनेमा धनगढीमाई नगरपालिका-६ का १७ वर्षीय किशोर र रोल्पा नगरपालिका–२ धनमुढा निवासी ५५ वर्षीय खड्कबहादुर बुढा रहेका […]

लुम्बिनीमा सभामुखलाई ठेगान लगाउने एमालेको चेतावनी

६ भदौ, बुटवल । नेकपा एमालेले निष्कासनको कारबाही गरेका दुई सांसदलाई प्रदेशसभा सचिवालयले पदमुक्त नगरेपछि लुम्बिनीमा प्रमुख विपक्षी दल र सभामुखबीच द्वन्द्व बढेको छ । एमालेले निष्कासनको कारबाही गरेका दुई सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गर्न नमानेपछि एमालेले सभामुखलाई ठेगान लगाउने चेतावनी दिएको छ । प्रदेशसभा सचिवालयले भने एमालेले […]



from समाचार – Online Khabar https://ift.tt/3DcuSVG
via IFTTT
Powered by Blogger.