समाचार
७ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । दुबईमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । । दिल्लीको जितमा श्रेयस आयरले […]
बार्सिलोना । गैरआवासीय नेपाली संघमा (एनआरएनए) ६ वटा क्षेत्रीय संयोजकको व्यवस्था भए पनि युरोप क्षेत्रको संयोजकलाई विशेष रुपमा हेर्ने गरिन्छ । २७ वटा एनसीसी राष्ट्रहरुको संयोजक रहेको हुँदा पनि एनआरएनएको केन्द्रीय नेतृत्वसम्म हलचल मच्चाउन सक्ने पदको रुपमा युरोप क्षेत्रको संयोजकलाई हेरिँदै आएको हो। वर्तमान कार्यसमितिका अध्यक्ष कुमार पन्त नेतृत्वका लागि युरोप संयोजक नारायाणप्रसाद आचार्य फलामको […]
विशेष अदालतमा मुद्दा दायर भएको र धरौटीमा छुटेको लामो समयसम्म मौन बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार कार्यकर्तामाझ आफूलाई निर्दोष सावित गर्न र उपसभापति पदमा कायम रहने रणनीति अनुसार ‘फेस सेभिङ’का लागि पत्रकार सम्मेलन गरेको देखिन्छ ।
६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामुकमारी झाँक्रीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तका रुपमा मान्नुपर्ने प्रस्ताव ल्याएकी छन् । केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर जानुपर्ने प्रस्ताव ल्याएकी हुन् ।अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद-लेनिनवाद रहने उल्लेख छ । उक्त प्रतिवेदनमाथि बुधबार […]
६ असोज, काठमाडौं । साझा यातायातले चीनको सीएचपीसी कम्पनीको विद्युतीय बस किन्ने भएको छ । टेन्डर आह्वान गर्दा ९ कम्पनीको बोलपत्र पेश गरेको आर्थिक तथा प्राविधिक मूल्यांकनमा सीएचपीसी पास भएको हो । सीचएपीसीका बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने गरेको छ । सीएचपीसीसँग प्रतिबस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो । […]
६ असोज, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको हो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएसँग दुबै प्रदेशमा नेकपा […]
६ असोज, काठमाडौं । नेपाल टेलिकम पाँचौं पुस्ताको इन्टरनेट सेवा ‘फाइभजी’ परीक्षणको तयारीमा छ । कम्पनीको फोरजी नेटवर्क विस्तारको पहिलो चरणको महत्वाकांक्षी आयोजना भने अझै अधुरो छ । फाइभजी परीक्षणको अनुमति कुरिरहेको टेकिलमले फोरजी विस्तारमा ढिलाइ गर्दा सम्भावित करोडौं आम्दानी गुमाएको छ । ठूलो रकम खर्चिएर विस्तार भइरहेको फोरजीले लगानीअनुसार प्रतिफल दिन नसके कम्पनीलाई वित्तीय […]
६ असोज, काठमाडौं । ७० दिनसम्म परराष्ट्रमन्त्री नियुक्त गर्न नसकेको सरकारले ओली सरकारको पालामा राजनीतिक रुपमा नियुक्त सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गर्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नु अघिल्लो दिन मन्त्रिपरिषद्को बैठक राखेर ओली सरकारको पालामा नियुक्त भएका १२ राजदूतलाई एकसाथ फिर्ता बोलाउने निर्णय गराएका हुन् । फिर्ता बोलाइएकामध्ये लोकदर्शन […]
६ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा जानुपूर्व रामचन्द्र पौडेल समूहका प्रमुख नेताहरु महाराजगञ्जमा भेला भए । महामन्त्री शशांक कोइरालाको निवासमा जम्मा भएका नेताहरुले पार्टीमा छलफल नगरी डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकोमा असन्तुष्टि मात्र जनाएनन्, कांग्रेसको भागमा कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? त्यसमध्ये आफूहरुले कति पाउने […]
६ असोज, काठमाडौं । दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए । […]
६ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए । उनले आफूविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको पनि […]
६ असोज, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा निर्माणाधीन अक्सिजन प्लान्टका लागि रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको छ । अक्सिजन प्लान्टका लागि क्याम्पसले ३९ हजार रुपैयाँ सहयोग गरेको रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए । रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन गराउने प्राध्यापक र सम्पूर्ण कर्मचारीहरुबाट संकलित रकम गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्यालाई हस्तान्तरण […]
६ असोज, पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली पोखराको भ्रमणमा आएको छ । सो क्रममा दुई मुख्यमन्त्रीबीच संघीयता कार्यान्वयन, प्रदेशको अधिकारलगायतका विषयमा छलफल भएको छ । प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेशलाई बलियो बनाउन संघ सरकारसँग राजनीतिक र कानुनी लडाइँ जारी राखेको बताए । गण्डकीका मुख्यमन्त्री […]
६ असोज, चितवन । खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा चितवनको नारायणगढबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामदार राखिएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ, होटलमा ग्राहक बनेर आएका बाराको […]
६ असोज, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले आफूहरुसँग गरेको तीनबुँदे सहमति पालना नगरे त्यसलाई तोड्ने चेतावनी दिएका छन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो घेरा हाल्न खोजे आफूहरुले त्यसलाई तोड्ने उनको भनाइ छ । पोखरामा बुधबारदेखि शुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय […]
६ असोज, काठमाडौं । किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई सिन्धुलीगढी किल्लामा विसं. १८२४ असोज १५ मा गोर्खाली सेनाले पराजित गरेको दिन पारेर फोटो सिन्धुली प्रदर्शनी हुने भएको छ । यस दिनको अवसरमा नेपाल पर्यटन बोर्डको नियमित अभियान ‘फोटो नेपाल’मा फोटो सिन्धुली प्रदर्शनी गरिने भएको छ । आगामी असोज ११ देखि १७ सम्म हुने उक्त कार्यक्रम […]
यो वर्ष दशैंको बेलामा तरलता अभाव देखियो, तर तरलता समस्या सधैं दशैंको बेलामा देखिने भने होइन । अहिले तरलता अभाव हुनुका केही कारण छन् । पहिलो हो, बजेटको अनिश्चितता । बजेट पारित नहुँदा सरकारले गर्ने खर्च नै रोकिएको छ । बजेट अनिश्चित हुँदा सरकारको ढुकुटीमा धेरै रकम थन्कियो । बजारमा आउनुपर्ने रकम सरकारी ढुकुटीमा नै […]
अहिले तरलता समस्या छ, तर ऋण दिनै नसक्ने स्थिति छैन । अहिले हिसाब गर्ने हो भने बैंकहरुसँग ४२ खर्ब जति निक्षेप छ, एक सय अर्बजति बण्ड (ऋणपत्र) छ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा (रिफाइनान्स) वापत दिने प्रतिवद्धता गरेको करिब एक सय अर्ब पनि छ । सबै जोड्दा बैंकिङ प्रणालीमा ४४ खर्ब रुपैयाँ रहेको देखिन्छ । […]
६ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं नजिकिएको छ । दशैंका लागि बैंकहरुले आफ्ना ग्राहकलाई नयाँ नोट सटही गरिरहेका छन् । साना दरका नयाँ नोट सटही गरिरहेको केन्द्रीय बैंक र अन्य बैंकहरुलाई अहिले दशैंको चटारोले होइन लगानी योग्य रकम अभावले सताएको छ । साउनलगत्तै सुरु भएको तरलता घट्ने क्रम पछिल्लो ३ दिनमा ५ अर्ब […]
६ असोज, काठमाडौं । नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ५७ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार अहिलेसम्म पूर्ण खोप लगाउने नागरिक ५७ लाख ५२ हजार ८३५ छन् । जसमध्ये एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाउने नागरिकको संख्या १४ लाख ४० […]
६ असोज, काठमाडौं । १ हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयबासिन्दाले माग गरेका छन् । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको यो आयोजना विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाउन लागेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैकका प्रतिनिधि […]
from समाचार – Online Khabar https://ift.tt/2XQkX8C
via IFTTT






















