समाचार
८ असोज, काठमाडौं । कमलपोखरी पुर्ननिर्माणको पहिलो चरणको काम करिरब ९५ प्रतिशत सकिएको छ । पुर्ननिर्माणपछि लबालब (टनाटन) पानी भरिएको कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुग्नुभएका शाक्यले […]
८ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजाको ३ हजार विरुवा नष्ट गरेको छ । शुक्रबार दिउँसो ३: ४५ बजेको सयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३ हजार गाँजाको विरुवा नष्ट गरेको हो । राक्सिराङ गाउँपालिका झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले लागुऔषध गाँजाको विरुवा फालेको प्रहरीले जनाएको छ ।
८ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पहिरोले सडक अवरुद्ध गोरखाको चुमनुबरी गाउँपालिकाका-६ को सिक्चेत गाउँमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। ‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न शुक्रबार सिक्चेत पुगेका मन्त्री खाणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि तत्काल पहल सुरु गर्ने बताए। गत भदौ दुई गते लोक्पा र सर्दी […]
८ असोज, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तहका वडासम्म गुनासो तथा सुझाव पेटिका राख्ने भएको छ । सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा तहसम्म सुझाव पेटिका राख्ने तयारी थालेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबारदेखि रसुवाबाहेक अन्य ९ जिल्लाका स्थानीय तहका १ सय ५१ वटा वडाबाट सुझाव पेटिका […]
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशन अनिश्चित बन्दै गएकोमा असन्तुष्ट जनाएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘ कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नुनपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।’ नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने अवस्था रहेको भन्दै […]
८ असोज, काठमाडौं । प्रहरीको महानगरी अपराध महाशाखाले भारतबाट चोरी गरी ल्याएको आरोपमा मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौं शंखमुल बस्दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्दै आएका २१ वर्षीय अमित कुमार महतो रहेका छन् । भन्सार छलेर चोरी […]
करीब तीन दशकअघि सुर्खेतको रामघाटमा एउटा अनौठो कार्यक्रम भयो । गाउँका केही महिलाहरु भिडियो खिच्ने एउटा तालिममा सहभागी भए । आफ्ना कुरा आफैं क्यामेरामा खिच्ने र त्यसलाई आफू हेर्ने र अरुलाई पनि हेराउने यो कार्यक्रम त्यसबेला यस दुर्गम गाउँका लागि अनौठो थियो नै । महिलाहरुले गाउँको समस्याबारे बोल्ने, भिडियो खिच्ने र यसरी खिचिएका भिडियो गाउँमा […]
८ असोज, काठमाडौं । तालिबानको संस्थापकमध्येका एक नेताले यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने बताएका छन् । तालिबानको प्रमुख कानुन कार्यान्वयनकर्तासमेत रहेका मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्गजस्ता कानुन कायम रहन सक्ने बताएका हुन् । यद्यपि सार्वजनिकस्थानमा भने यस्तो सजाय नदिइनसक्ने उनको भनाइ छ । एसोसिएट्स प्रेस (एपी)सँगको अन्तर्वार्ताको क्रममा उनले अफगानिस्तानको नयाँ […]
८ असोज, काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।
८ असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो […]
८ असोज, काठमाडौं। दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । महिला, कानून र विकास मञ्च (एफडब्यूएलडी)ले आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका सम्बन्धमा सञ्चारकर्मीसँगको छलफलका क्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले राजनीतिक अपनत्व र प्रतिबद्धता […]
८ असोज, काठमाडौं । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिएका छन् । उनका अनुसार विहारले वर्षायाममा नेपालको साँझ […]
८ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए । ‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक […]
८ असोज, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै आपत्ति प्रकट गरेको छ । ‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनिता बरालले […]
८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । यति एयरलाइन्सका अनुसार आइतबार उनी माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ । यतिले हरेक आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । आइतबारको उडानमा अफ्रिदी समेत रहने कम्पनीको भनाइ छ । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई […]
८ असोज, काठमाडौं । विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको हो । समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश […]
८ असोज, काठमाडौं । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा […]
८ असोज, काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । सरकारले केन्द्रीय कमिटी वा संसदीय दलको […]
८ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ […]
८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने असफल प्रयास गरेका थिए । श्रीपेच रहेको सिसा फुटाउनका लागि […]
८ असोज, काठमाडौं । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको […]
from समाचार – Online Khabar https://ift.tt/3CLe2wq
via IFTTT






















