समाचार
८ असोज, काठमाडौं। दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । महिला, कानून र विकास मञ्च (एफडब्यूएलडी)ले आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका सम्बन्धमा सञ्चारकर्मीसँगको छलफलका क्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले राजनीतिक अपनत्व र प्रतिबद्धता […]
८ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए । ‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक […]
८ असोज, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले सेनेटरी प्याडमा लगाएको कर खारेज गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै अनेरास्ववियुले महिलाको संवेदनशीलताप्रति बेवास्ता र विभेद भएको भन्दै आपत्ति प्रकट गरेको छ । ‘सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुनिता बरालले […]
८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आएका स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । यति एयरलाइन्सका अनुसार आइतबार उनी माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ । यतिले हरेक आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । आइतबारको उडानमा अफ्रिदी समेत रहने कम्पनीको भनाइ छ । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई […]
८ असोज, काठमाडौं । विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको हो । समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश […]
८ असोज, काठमाडौं । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा […]
८ असोज, काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । सरकारले केन्द्रीय कमिटी वा संसदीय दलको […]
८ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ […]
८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने असफल प्रयास गरेका थिए । श्रीपेच रहेको सिसा फुटाउनका लागि […]
८ असोज, काठमाडौं । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको […]
८ असोज, काठमाडौं । माइबेनी जलविद्युत आयोजनाले असोज १ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ । उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीले इलाममा निर्माण सम्पन्न गरेको आयोजनाको उत्पादन क्षमता ९.५१ मेगावाट रहेको छ । माइबेनी जलविद्युत आयोजनाले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मितिभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन शुरु गरेको […]
८ असोज, काठमाडौं । उत्तर प्रदेशमा आउँदो फेब्रुअरीमा हुन गइरहेको विधानसभा चुनावका लागि तयारी जारी छ । विद्यमान राजनीतिक अवस्था हेर्दा चुनावपूर्व ठूला दलबीच गठबन्धन हुने कुनै छनक देखिन्न । यस्तो अवस्थामा, बुहकोणीय प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै छ । समाजवादी पार्टीले केही ‘साना दल’सँग मिलेर गठबन्धन बनाउने संकेत गरिसकेको छ र राष्ट्रिय लोक दलसँग […]
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई काठमाडौं बोलाएका छन् । ९ असोजको पालिका अधिवेशनका लागि गृहजिल्लामा रहेका नेताद्वय सिटौला र लेखकलाई देउवाले शुक्रबार काठमाडौं बोलाएका हुन् । क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेसले सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्य लेखक र […]
७ असोज, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए । तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय […]
८ असोज, काठमाडौं । छोरीको नाममा शेयर खरीद गरेर विवादमा तानिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मप्रसाद ढुंगानाले भ्रष्टाचारको आरोप आकर्षित हुने काम गरेको खुलेको छ । अर्थ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको कागजात र अन्य प्रमाणले ढुंगानाका गतिविधि शंकास्पद देखिन्छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरेका मुख्य तीन क्रियाकलापहरू भ्रष्टाचार र […]
८ असोज, बेनी । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो । धौलागिरि गाउँपालिका-४ […]
८ असोज, धनगढी । डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । परशुराम नगरपालिका–३ मटेलाकी १३ वर्षीया बालिकामाथि शनिबार राति बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई इलाका प्रहरी कार्यालय जोगबुढाले नियन्त्रणमा लिएको छ । बलात्कार गर्न सघाउने बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिला र उनका प्रेमी भनिने […]
८ असोज, काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय पास्टरलाई पक्राउ गरेको छ । भारतको सिलगुडीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनले संखुवासभाकी एक किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नुपर्ने भन्दै पोखरा र काँकडभिट्टाको बैंक […]
८ असोज, धरान । धरान उपमहानगरपालिकाले असोज १० गतेदेखि विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शाखा अधिकृत रमेशकुमार शाहले सूचना जारी गर्दै १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको जनाएको छन् । उपमहानगरपालिकाको निर्णयलाई लिएर आलोचना भइरहेको छ । गत असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपमहानगरपालिकाले अभिभावकको दबाबमा […]
८ असोज, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको संवैधानिक इजलासमा हुने सुनुवाइबाट अलग हुने प्रधानन्यायाधीशको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ लम्बिएको छ । अधिवक्ता डा. गणेश रेग्मी लगायतले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आन्तरिम आदेश दिएका थिए । विपक्षीहरुको लिखित जवाफ आएपछि शुक्रबार न्यायाधीश […]
८ असोज, झापा । मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ जना मजदुरलाई कारखानामै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ जना मजदुरलाई स्वास्थ्यकर्मीहरुले कारखानामै पुगेका एस्ट्राजेनेकाको खोपको पहिलो मात्रा लगाइदिएका हुन् । बगान मजदुरहरु तोकिएका खोप केन्द्रमा नआएकाले […]
from समाचार – Online Khabar https://ift.tt/3CISkco
via IFTTT






















