Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गच्छदारले किन एकाएक पत्रकार सम्मेलन गरे ?

विशेष अदालतमा मुद्दा दायर भएको र धरौटीमा छुटेको लामो समयसम्म मौन बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार कार्यकर्तामाझ आफूलाई निर्दोष सावित गर्न र उपसभापति पदमा कायम रहने रणनीति अनुसार ‘फेस सेभिङ’का लागि पत्रकार सम्मेलन गरेको देखिन्छ ।

रामकुमारी झाँक्रीको प्रस्ताव : जबजबारे महाधिवेशनले निर्णय लिनुपर्छ

६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामुकमारी झाँक्रीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तका रुपमा मान्नुपर्ने प्रस्ताव ल्याएकी छन् । केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर जानुपर्ने प्रस्ताव ल्याएकी हुन् ।अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद-लेनिनवाद रहने उल्लेख छ । उक्त प्रतिवेदनमाथि बुधबार […]

साझाले सीचएपीसीको ४० वटा विद्युतीय बस ६१ करोडमा किन्ने

६ असोज, काठमाडौं । साझा यातायातले चीनको सीएचपीसी कम्पनीको विद्युतीय बस किन्ने भएको छ । टेन्डर आह्वान गर्दा ९ कम्पनीको बोलपत्र पेश गरेको आर्थिक तथा प्राविधिक मूल्यांकनमा सीएचपीसी पास भएको हो । सीचएपीसीका बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने गरेको छ । सीएचपीसीसँग प्रतिबस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो । […]

प्रदेश १ र बागमतीमा सरकार गठनको गृहकार्य थाल्ने सहमति

६ असोज, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको हो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएसँग दुबै प्रदेशमा नेकपा […]

फाइभजी परीक्षणको सुरसार, तर फोरजी विस्तार नै बाँकी

६ असोज, काठमाडौं । नेपाल टेलिकम पाँचौं पुस्ताको इन्टरनेट सेवा ‘फाइभजी’ परीक्षणको तयारीमा छ । कम्पनीको फोरजी नेटवर्क विस्तारको पहिलो चरणको महत्वाकांक्षी आयोजना भने अझै अधुरो छ । फाइभजी परीक्षणको अनुमति कुरिरहेको टेकिलमले फोरजी विस्तारमा ढिलाइ गर्दा सम्भावित करोडौं आम्दानी गुमाएको छ । ठूलो रकम खर्चिएर विस्तार भइरहेको फोरजीले लगानीअनुसार प्रतिफल दिन नसके कम्पनीलाई वित्तीय […]

मन्त्री भागवण्डामा देउवाले किन लिए रामचन्द्रसँगै शशांकको नाम ?

६ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा जानुपूर्व रामचन्द्र पौडेल समूहका प्रमुख नेताहरु महाराजगञ्जमा भेला भए । महामन्त्री शशांक कोइरालाको निवासमा जम्मा भएका नेताहरुले पार्टीमा छलफल नगरी डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकोमा असन्तुष्टि मात्र जनाएनन्, कांग्रेसको भागमा कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? त्यसमध्ये आफूहरुले कति पाउने […]

घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटीमा छाड्न आदेश

६ असोज, काठमाडौं । दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए । […]

ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो 

६ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए । उनले आफूविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको पनि […]

अक्सिजन प्लान्ट निर्माणका लागि रेसुङ्गा बहुमुखी क्याम्पसको आर्थिक सहयोग  

६ असोज, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा निर्माणाधीन अक्सिजन प्लान्टका लागि रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेको छ । अक्सिजन प्लान्टका लागि क्याम्पसले ३९ हजार रुपैयाँ सहयोग गरेको रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए । रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्यापन गराउने प्राध्यापक र सम्पूर्ण कर्मचारीहरुबाट संकलित रकम गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्यालाई  हस्तान्तरण […]

गण्डकी र प्रदेश २ का मुख्यमन्त्रीबीच भेट : केन्द्रीकृत मानसिकताविरुद्ध मिलेर लडौं

६ असोज, पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली पोखराको भ्रमणमा आएको छ । सो क्रममा दुई मुख्यमन्त्रीबीच संघीयता कार्यान्वयन, प्रदेशको अधिकारलगायतका विषयमा छलफल भएको छ । प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेशलाई बलियो बनाउन संघ सरकारसँग राजनीतिक र कानुनी लडाइँ जारी राखेको बताए । गण्डकीका मुख्यमन्त्री […]

खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा नारायणगढबाट तीन जना पक्राउ

६ असोज, चितवन । खाजा घरभित्र यौन व्यवसाय चलाएको आरोपमा चितवनको नारायणगढबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ लायन्सचोकस्थित विकास खाजा घरमा कामदार राखिएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ, होटलमा ग्राहक बनेर आएका बाराको […]

सरकारले तीनबुँदे सहमति पालना नगरे तोड्छौं : विप्लव

६ असोज, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले आफूहरुसँग गरेको तीनबुँदे सहमति पालना नगरे त्यसलाई तोड्ने चेतावनी दिएका छन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो घेरा हाल्न खोजे आफूहरुले त्यसलाई तोड्ने उनको भनाइ छ । पोखरामा बुधबारदेखि शुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय […]

‘फोटो सिन्धुली’ प्रदर्शनीका लागि फोटो आह्वान, उत्कृष्टलाई पुरस्कार

६ असोज, काठमाडौं । किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई सिन्धुलीगढी किल्लामा विसं. १८२४ असोज १५ मा गोर्खाली सेनाले पराजित गरेको दिन पारेर फोटो सिन्धुली प्रदर्शनी हुने भएको छ । यस दिनको अवसरमा नेपाल पर्यटन बोर्डको नियमित अभियान ‘फोटो नेपाल’मा फोटो सिन्धुली प्रदर्शनी गरिने भएको छ । आगामी असोज ११ देखि १७ सम्म हुने उक्त कार्यक्रम […]

कहिले पाउँछन् बालबालिकाले कोरोना खोप ?

६ असोज, काठमाडौं । नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ५७ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार अहिलेसम्म पूर्ण खोप लगाउने नागरिक ५७ लाख ५२ हजार ८३५ छन् । जसमध्ये एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाउने नागरिकको संख्या १४ लाख ४० […]

माथिल्लो अरुण निर्माण तत्काल अगाडि बढाउन स्थानीयको माग

६ असोज, काठमाडौं । १ हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयबासिन्दाले माग गरेका छन् । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचान भएको यो आयोजना विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाउन लागेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैकका प्रतिनिधि […]

देउवालाई पौडेल पक्षको प्रश्न : हामीले पाउने मन्त्री कति हो ?

६ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र छलफल नै नगरी मन्त्री चयन गरेकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । बुधबार पौडेल पक्षका नेताहरुको महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा भएको बैठकले आफूहरुले पाउने मन्त्री संख्या किटान गर्न आग्रह गरेको छ । हाल मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ४ जना रहेकामा सबै देउवा […]

नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान

६ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । दुई पक्षीय सम्बन्धलाई थप प्रवद्र्धन गर्न पाकिस्तानले नेपालसँग सधैं मिलेर काम गर्न चाहेको उनले बताएका छन् । बुधबार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनतालाई बधाई तथा शुभकामना […]

कर्णाली प्रादेशिक अस्पताललाई ‘ब्याक टु लाइफ’ले दियो स्वास्थ्य सामग्री

६ असोज, सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रादेशिक अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रदेश अस्पताल सुर्खेतस्थित वीरेन्द्रनगरमा बुधबार सम्पन्न एक कार्यक्रममा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री […]

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा जारी

६ असोज, काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेरुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । साँझ साढे पाँच बजे सुरु भएको बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, […]

गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ बरामद

६ असोज, गोरखा । गोरखामा अवैध रुपमा ओसारपसार भएको सालको काठ प्रहरीले बरामद गरेको छ । गोरखा नगरपालिका–३ गंगटेघाटबाट मंगलबार बेलुकी ४७ थान सालको काठको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ । काठसँगै प्रहरीले काठ ओसारपसारमा प्रयोग भएको ग १ त ६८९५ नम्बरको ट्याक्टर, काठ काट्न प्रयोग भएको आरा दुई थान र बञ्चरो दुई थान […]

जितिया पर्वमा सार्वजनिक विदाको माग

६, असोज, सप्तरी । नेपाल सरकारले महिलासँग विभेद गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले तीजका लागि सार्वजनिक विदा दिने गरेपनि जितिया पर्वका दिन विदा नदिइ विभेद गरेको बताए । सप्तरीका महिला पत्रकारहरुले बुधबार आयोजना गरेको जितिया महोत्सव कार्यक्रमका सहभागीहरुले नेपाल सरकारबाटै जितिया पर्वको पनि सार्वजनिक विदा दिइनुपर्ने बताए । नेपाल पत्रकार महासंघकी केन्द्रीय […]



from समाचार – Online Khabar https://ift.tt/3EBrODk
via IFTTT
Powered by Blogger.