समाचार
८ असोज, बेनी । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो । धौलागिरि गाउँपालिका-४ […]
८ असोज, धनगढी । डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । परशुराम नगरपालिका–३ मटेलाकी १३ वर्षीया बालिकामाथि शनिबार राति बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई इलाका प्रहरी कार्यालय जोगबुढाले नियन्त्रणमा लिएको छ । बलात्कार गर्न सघाउने बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिला र उनका प्रेमी भनिने […]
८ असोज, काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए। ती किशोरीले कारकरभिट्टा र […]
८ असोज, धरान । धरान उपमहानगरपालिकाले असोज १० गतेदेखि विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शाखा अधिकृत रमेशकुमार शाहले सूचना जारी गर्दै १० गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको जनाएको छन् । उपमहानगरपालिकाको निर्णयलाई लिएर आलोचना भइरहेको छ । गत असोज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपमहानगरपालिकाले अभिभावकको दबाबमा […]
८ असोज, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको संवैधानिक इजलासमा हुने सुनुवाइबाट अलग हुने प्रधानन्यायाधीशको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ लम्बिएको छ । अधिवक्ता डा. गणेश रेग्मी लगायतले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आन्तरिम आदेश दिएका थिए । विपक्षीहरुको लिखित जवाफ आएपछि शुक्रबार न्यायाधीश […]
८ असोज, झापा । मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ जना मजदुरलाई कारखानामै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र ७ को सतिघट्टा चिया बगानका ४१९ जना मजदुरलाई स्वास्थ्यकर्मीहरुले कारखानामै पुगेका एस्ट्राजेनेकाको खोपको पहिलो मात्रा लगाइदिएका हुन् । बगान मजदुरहरु तोकिएका खोप केन्द्रमा नआएकाले […]
८ असोज, काठमाडौं । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) एजेण्डामा विकास साझेदार निकायहरुले करीब ५ खर्ब रुपैयाँ बराबरको सहयोगको प्रतिवद्धता जनाएका छन् । विश्व बैंकका अनुसार ग्रिड एजेण्डामा नेपालका विकास साझेदारहरुले ४ अर्ब २० करोड अमेरिकी डलर (करीब ४ खर्ब ९६ अर्ब रुपैयाँ)सम्मको सम्भावित भविष्यको सहयोगको पहिचान गरिएको छ । विकास साझेदारहरुले ग्रिड […]
८ असोज, मकवानपुर । प्रहरीले २ किलो १०० ग्राम लागु औषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका-२ भैसेका २१ वर्षीय राजन मुक्तान रहेका छन् । आज बिहान ९ बजेको समयमा प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ किलो १०० ग्राम लागुऔषध अफिम […]
८ असोज, काठमाडौं । गैंडाको खागसहित प्रहरीले काठमाडौंको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार पक्राउ गरेको हो । गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको […]
८ असोज, काठमाडौं । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । यद्यपि आईफोन निर्माता एप्पलले भने यो कदमले नयाँ आविष्कारमा नकारात्मक असर गर्न सक्ने चेतावनी दिएको छ […]
८ असोज, काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बीच बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफूहरुको विरोध कायमै रहेको बताए । सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्र ठप्प हुने स्थिति रहेको बताए । एमालेकै अवरोधका बीच अगाडि बढाउन […]
८ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सुरु भएको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ । यद्यपि कतिपय नेताहरुले बैठक अघि मात्र दस्तावेजहरु पाएका छन् ।साथै स्थायी कमिटीमा भएको छलफलका आधारमा प्रस्तावहरुमा संशोधन नभएकाले आजको […]
८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् […]
८ असोज, काठमाडौं । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उनको नेपाली केटी साथी […]
८ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् । नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज […]
८ असोज, काठमाडौं । भारतको मुम्बईको प्रहरीले १५ वर्षीया बालिकाको सामूहिक बलात्कारको मुद्दामा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सुरुमा बालिकालाई उनकै केटा साथी (ब्वाइफ्रेन्ड)ले गत जनवरीमा बलात्कार गरेका थिए र त्यसको भिडियो पनि बनाएका थिए । त्यसपछि उनले र उनका साथीहरुले उक्त भिडियो देखाएर ब्याकमेल गर्दै सामूहिक बलात्कार […]
८ असोज, पोखरा । पोखरामा कुकुर पाल्नका लागि महानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो । कुकुर पाल्ने, तर पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी […]
८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समावेशी प्रतिनिधित्वका विषयमा छलफल भइरहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने र बाँकीमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेपछि महाधिवेशनको कार्यतालिका […]
८ असोज, काठमाडौं । समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिइएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए । राजीनामा दिएको विषयमा र आफूहरुले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनसमेत आयोजना गरिएको […]
८ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) काज सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी काज सरुवा निकालेको हो। सरुवा अनुसार मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । उनी ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए । यस्तै राजु अर्याल सशस्त्र […]
८ असोज, धनगढी । कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ […]
from समाचार – Online Khabar https://ift.tt/39vCt4l
via IFTTT






















