समाचार
७ असोज, काठमाडौं । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका-४ लेकडाणा घर भई सन्सेरीमाडौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडि मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र […]
७ असोज, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक […]
७ असोज, रौतहट। प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनार रहेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले १ […]
७ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा […]
७ असोज, चितवन । चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा कोभिसिल्ड ३४ हजार ८ सय ७५, भेरोसिल ७६ हजार २ सय ७६, जान्सेन ३८ हजार ५ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका […]
७ असोज, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य रु.पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार […]
७ असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा केही महिला पनि रहेका छन् । पक्राउ परेकाहरूको साथबाट १८ लाख ७५ […]
७ असोज, धनगढी । बैतडीमा एक जना व्यक्ति मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ का ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिए । स्थानीयले महराको […]
७ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले अर्को सातादेखि जिप सफारी खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी र वर्षासमेत कम भएको तथा व्यवसायीहरुले अनुरोध गरेका कारण जीप सफारी खोल्ने तयारी गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । अधिकारीका अनुसार असोज १२ गतेसम्म निकुञ्ज भित्र पर्यटकहरुका लागि जिप सफारी खोल्ने गरी तयारी […]
७ असोज, वीरगञ्ज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । प्रहरीका अनुसार आफ्नै बनाउदै गरेको घरमा […]
७ असोज, चितवन । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् । पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता नेपालीहरुका ठूला चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ । पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म […]
७ असोज, काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक […]
७ असोज, काठमाडौं । प्रधानमन्त्री भएको लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाले बुधबार डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । मंगलबार साँझ सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक राखेर खड्काको नाममा सहमति लिएका देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसमा भने छलफल गरेका थिएनन् । त्यही कारण वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार भएको छलफलमा […]
७ असोज, उदयपुर । बेलका नगरपालिका-९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका-२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१-०२-००२च ४८७४ नंको बोलेरो जिपले बेलका-९ खारखोलाबाट […]
७ असोज, काठमाडौ । काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ। यसअघि फोहर व्यवस्थापनस्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल उक्त […]
७ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए । उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन […]
७ असोज, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भारतका विदेशमन्त्री एस जयशंकरले बधाई दिएका छन् । भारतीय विदेशमन्त्री जयशंकरले डा. खड्कालाई सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । भारतका विदेशमन्त्रीले खड्कासँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको उल्लेख गरेका छन् । डा. खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका थिए । सोही दिन कार्यभार सम्हालेलगत्तै उनी संयुक्त राष्ट्रसंघको […]
एकजना अनुभवी र जान्ने डाक्टरले बिरामी हेर्ने बित्तिकै प्रमुख रोग पत्ता लगाउँछ र बाँकी त्यसको निदान गर्ने तरिका बताउन सक्छ । त्यस्तै एकजना कुशल भूगोलविद् हुनुहुन्थ्यो डा. हर्क गुरुङ । एकजना यस्ता भूगोलविद् जो नेपालको वैज्ञानिक विकास र भूगोलको डाक्टर हुनुहुन्थ्यो, उहाँले कोरेका सिमानाहरूमा कहिल्यै विवाद आएन । उहाँले देशभित्रको प्रत्येक नसाको निगरानी गर्न सक्नुहुन्थ्यो […]
७ असोज, चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । नेपालीहरुको ठूलो पर्व दशैं नजिक आउन थालेपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले सडकको बढी भत्किएका ठाउँहरुमा दुई लेन सडक नै […]
७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाउँदै छ । आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले पार्टी महासचिव टुंगो लगाउनुका साथै केन्द्रीय कमिटीको संख्या तोक्ने सम्भावना रहेको एक नेताले बताए । महासचिवमा डा. वेदुराम भुसालको सम्भावना रहेको स्रोतले जनाएको छ । महासचिवका […]
मानिसको शरीरमा रहेको फोहोर पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीरबाहिर पठाउने अंग हो मिर्गौला । प्रत्येक मिर्गौलाको आकार सिमीको गेडा जस्तो चारदेखि पाँच इन्च लामोसम्म हुन्छ । जसमा एउटा अति नै सानो फिल्टर हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर र बढी पानीलाई बाहिर पठाउने गर्छ । विभिन्न रिपोर्ट अनुसार नेपालमा […]
from समाचार – Online Khabar https://ift.tt/2ZpvKXR
via IFTTT





















