Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सानेपामा ‘दुई सिंह’को शक्ति प्रदर्शन

७ असोज, काठमाडौं । १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएदेखि नै नेपाली कांग्रेसको कार्यालय, सानेपामा आन्दोलन र धर्ना कार्यक्रम टुटेको छैन । रौतहट निर्वाचन क्षेत्र नं.–१ का नेता कार्यकर्ता ६३ दिनदेखि अनसनमा छन् भने नेपाल दलित संघ निकट नेता कार्यकर्ताको धर्ना पनि जारी छ । मंगलबारदेखि रामेछाप सुनापति–२ को वडा अधिवेशन बदर गर्न माग गर्दै […]

व्यापार घाटा बढ्यो, रेमिट्यान्स घट्यो

७ असोज, काठमाडौं । बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण मुलुकमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको […]

महामारीमा थालेको व्यवसाय डुब्यो, ऋण तिर्न फेरि विदेश

७ असोज, पोखरा । मध्यदिनको चर्को घाम थाप्लोमाथि छ । असिनपसिन हुँदै उनी एक सहयोगीसँग धमाधम बाँसको टहरा भत्काइरहेका छन् । स्याङ्जा आँधीखोलाका विक्रम सुवेदीले पोखरा महानगरपालिका–४, मासबारमा च्याउ खेतीका लागि करिब ६ रोपनीमा बनाएको सबै टहरा सकेसम्म चाँडो भत्काइसकेर जग्गा छोड्नुछ । ‘हिजो (बुधबार) पानी परेर काम गर्नै पाइएन, आज यस्तो चर्को घाम लागिरहेको […]

यस्तो बन्यो एकीकृत समाजवादीको पदाधिकारी टिम

७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो । सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश […]

कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै

७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा हिमाली जिल्लाको अधिवेशन दशैंअघि नै गर्ने सहमति भएको छ । बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताहरुको बैठकले हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्लाको सूचीमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ,डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित […]

इ‌ङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

७ असोज, काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

कुलमानको प्रस्ताव : कम मूल्यमा बिजुली दिनेसँग पहिले पीपीए गरौं

७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युत् खरिद सम्झौता (पीपीए) प्रतिस्पर्धाकै आधारमा गर्नुपर्ने बताएका छन् । संसदको विधायन व्यवस्थापन समितिमा विद्युत् विधेयकमाथि संसदको विधायन व्यवस्थापन समितिमा जारी छलफलमा घिसिङले  भएको छलफलमा घिसिङले उपभोक्तालाई सस्तोमा बिजुली दिनसक्ने अवस्था बनाउनका लागि पनि पीपीए दरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । अहिले प्राधिकरणले […]

अमलेखगञ्जमा पानी पुर्‍याउँछु : मन्त्री शर्मा

७ असोज, वीरगञ्ज । प्रदेश २ को खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले बाराको अमलेखगञ्जबासीलाई जसरी भएपनि पिउने पानीको बन्दोबस्त गर्ने बताएका छन् । वीरगञ्जमा बिहीबार प्रदेश सांसदसँगको अन्र्तक्रियामा उनले पोखरिया जीतपुरबाट अमलेखगजमा पानी लैजाने बन्दोबस्त गर्ने बताए । ‘मोतिहारीबाट पेट्रोल ल्याउन सकिन्छ भने पोखरिया जीतपुरबाट अमलेखगञ्ज पानी पु¥याउन किन सकिदैन ?’ उनले भने […]

बालबालिकाको आहारमा सुधार देखिएन, कोरोनाले अझ बढी गम्भीर हुन सक्छ : युनिसेफ

७ असोज, काठमाडौं । पछिल्लो दशकमा बालबालिकाको आहारमा कुनै सुधार नदेखिएको युनिसेफले बताएको छ । युनिसेफले कोभिड-१९ का कारण बालबालिकाको स्थिति अझ बढी गम्भीर हुने सक्ने चेतावनी समेत दिएको छ । युनिसेफले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्त्व प्राप्त नभएको र जसका कारण उनीहरूको विकासमा बाधा पुग्ने गरेको बताएको छ । ९१ देशहरूको विश्लेषण पछिको प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ । त्यसैगरी एकतिहाइ बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना समूहहरूको उपभोग गर्दछन् । प्रतिवेदनअनुसार कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा […]

वैदेशिक रोजगारीमा जाने बढे, तर घट्यो रेमिट्यान्स

७ असोज, काठमाडौं । कोरोना महामारीका बेला पनि नघटेको रेमिट्यान्स चालु आर्थिक वर्षको पहिलो महिनामा नै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा १८.१ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको […]

नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिन्छ : राष्ट्रपति भण्डारी

७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छिन् । राष्ट्रपति भवन शितल निवासमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपालको एक चीन नीतिमा सधै उभिएको बताएकी हुन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ […]

महाधिवेशनको कार्यतालिका हेरफेर गर्नु आपत्तिजनक : गगन थापा

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औं महाधिवेशन कार्यतालिका हेरेफेर गरेकामा असन्तुष्टि जनाएका छन् । संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीभित्र जवाफदेहिता देखिन छाडेको टिप्पणी गरे । केन्द्रीय समितिले निर्णय गरेको महाधिवेशन कार्यतालिका कुनै छलफलविना हेरफेर गरिएकामा उनले असन्तुष्टि जनाएका हुन् । ‘तोकिएको तिथिमिति जसरी केन्द्रीय […]

करणी मुद्दाका फरार अभियुक्त १० वर्ष पछि पक्राउ

७ असोज, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जबरजस्ती करणी मुद्धाका फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मानेस्वारा गाविस ३ घर भइ हाल भक्तपुर सल्लाघारी बस्‍दै आएका ३८ वर्षीय च्याङ्गवा भन्‍ने सागर तामाङ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटि गएको विशेष टोलीले बुधबार जिल्ला भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको जनाएको […]

प्रदेशमन्त्री सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

७ असोज, काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र-४ ले प्रदेश दुईका मन्त्री विरेन्द्रप्रसाद सिंहमाथि दुर्व्यवहारर गर्नेलाई कारवाहीको माग गरेको छ । प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री सिंहमाथि पार्टी कार्यालय सानेपामा सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले कारवाहीको माग गरेको हो । बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद […]

वैशाखसम्म सबै नागरिकलाई कोरोना खोप : प्रधानमन्त्री देउवा

७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले महामारी प्राकृतिक कुरा भएको यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए । कोरोना भाइरसको खतरनाक रुप नेपालमा आइसके पनि कतिपय मानिसलाई यसबारे जानकारी समेत […]

कटुवा पेस्तोलसहित चार जना पक्राउ

७ असोज, काठमाडौं । रौतहटबाट १२ बोरको कटुवा पेस्तोलसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका-२ भलुहीया बस्नेत २४ वर्षीय सञ्ज साह सोनार, २८ वर्षीय संजिवकुमार महतो, १९ वर्षीय राजेशकुमार चौधरी र गढीमाई नगरपालिका-६ धरमपुर बस्ने २४ वर्षीय दिनेश महरा रहेका छन् । सञ्जयले घरमा हातहतियार लुकाई छिपाई राखेको छ भने सूचनाको […]

राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

७ असोज, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साँझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीले जङ्गी अड्डामा बिहीबार आयोजना गरिएको दुईदिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक’को शुभारम्भ गर्दै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनालाई […]

भोजपुरमा विकास निर्माणको काममा तीव्रता

७ असोज, भोजपुर । भोजपुर जिल्लामा रोकिएका विकास निर्माणका काम शुरु गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लगाइएको निषेधाज्ञाका कारण जिल्लामा चार महिनादेखि विकास निर्माणको काम सञ्चालन हुन सकेको थिएन । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि विकास योजनाको काम तीव्र गतिमा शुरु भएको हो । जिल्लामा सडक, पुल, भोजपुर […]

काठमाडौंमा दशैं सुरक्षा : नाकामा कुकुर परिचालन, खसी बजारमा विशेष टोली

७ असोज, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतिलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो । उनका अनुसार राजधानीको सुरक्षा योजना मुलतः ४ कुरालाई ध्यानमा राखेर बनाइएको छ । […]

सीमामा चेकजाँच नहुँदा प्रदेश-२ कोरोना महामारीको उच्च जोखिममा

७ असोज, काठमाडौं। नेपाल-भारत सीमा खुलेसँगै प्रदेश-२ मा कोरोनाको जोखिम बढ्नसक्ने आंकलन गरिएको छ। कोरोनाको संक्रमण घटेसँगै प्रदेश-२ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आंकलन गरिएको हो । प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए। उनले […]

सत्तारुढ नेताहरुबारे ओलीको टिप्पणी : यिनीहरुका छातीभित्र मुटु होइन, दर्शनढुंगा रहेछ

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको छातीभित्र मुटु होइन, ढुंगा रहेको टिप्पणी गरेका छन् । एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गरे । पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा […]



from समाचार – Online Khabar https://ift.tt/3o36nW4
via IFTTT
Powered by Blogger.