समाचार
११ वैशाख, काठमाडौं । अमेरिकी एक वरिष्ठ स्वास्थ्य अधिकारीले अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर थप घातक बन्न सक्ने चेतावनी दिएका छन् । अमेरिकामा सामान्य रुघाखोकीको मौसम सुरु हुने बेला भएकाले यसको दोस्रो लहर थप घातक बन्न सक्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का निर्देशक रोबर्ट रेडफिल्डले बताएका हुन् । उनले सबै अमेरिकी नागरिकलाई […]
११ वैशाख, काठमाडौं । सरकारले भारतमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने/नगर्ने विषयमा निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भनेका छन्, ‘जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लकडाउनको समयमा […]
११ वैशाख, बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले कोरोना नियन्त्रण, उपचार र राहतमा गरिने खर्च पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । राहत वितरण पहुँचका आधारमा भएको देखिएकाले निश्चित मापदण्डका आधारमा गर्न पनि समितिले निर्देशन दिएको छ । प्रदेश ५ सरकारले कोरोना नियन्त्रण, उपचार र राहतका लागि हालसम्म ३३ करोड ७३ लाख रुपैयाँ […]
९ वैशाख, काठमाडौं । युवा फुटबलर राजेश परियार २०७६ चैतको दोस्रो साता घुम्नका लागि छिमेकी जिल्ला धादिङ पुगे । साथी विशाल वाइवासँगै उनी त्यता गएका थिए । कोरोनाको सन्त्रास बढेकाले देशभर फुटबल गतिविधि रोकिएको थियो । न्यू रोड टिम (एनआरटी) बाट क्लब फुटबल खेल्ने उनी पुर्सदमा थिए । त्यसैले साथीसँगै हान्निए, धादिङ गल्छी नजिकै रहेको […]
११ वैशाख, काठमाडौं । काठमाडौँ महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउ काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालहरुसँग छलफल गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अगुवाइमा भएको छलफमा महानगरपालिकाका […]
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा खुसी व्यक्त गरेका छन् । देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक […]
११ वैशाख, काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका-९ बजराहागुठी बस्ने ४० वर्षीय रामेश्वर मण्डल रहेका छन् । बिहीबार आफ्नै घरमा जस्ताको छानो लगाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते मण्डलको उपचारको क्रममा एडभान्स अस्पताल कल्याणपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस […]
११ वैशाख, काठमाडौं । प्रदेश २ को सत्तारुढ दुई दल समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ मा खुशीको माहौल बनेको छ । यी दुवै पार्टीका नेतादेखि बुद्विजिवीहरुले पनि यो एकतालाई सकारात्मक रुपमा लिएका छन् । प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह समाजवादी र राजपा नेपालको […]
११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण शैली’मा काठमाडौं ल्याएको आरोप लागेका नेकपाका सांसदले सोही पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको आग्रहमा आफूहरू यादवको घर गएको बताएका छन्। नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल सांसद यादवलाई लिन काठमाडौंबाट महोत्तरी पुगेका थिए। समाजवादी पार्टीकै नेताको आग्रहमा लकडाउनका बेला यादवलाई काठमाडौं […]
११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरूको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा बिहीबार बसेको महासंघको बैठकले उच्च जोखिमकाबीच पनि सञ्चारकर्मीहरूले जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोना संक्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरूको र्यापिड टेस्ट गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । […]
११ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसुर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो । जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । यसअघि बुधबार […]
११ वैशाख, बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडीटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडीटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८२२ जना जिल्ला भित्रिएका […]
११ वैशाख, काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ । अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो । चीनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ । यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न […]
११ वैशाख, दार्चुला । बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मंसिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदुरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन सुरु भयो । लकडाउनका कारण विषुमा […]
११ वैशाख, काठमाडौं । मातातीर्थ औँसीको दिन बिहीबार पशुपति क्षेत्र सुनसानप्रायः रहृयो । हरेक मातातीर्थ औँसीको दिन भस्मेश्वर घाटको पारिपट्टि आफ्ना दिवंगत आमाहरूलाई सम्झन एवं तर्पण दिन आउनेहरूको भिड अरू समयमा जस्तो थिएन । अरु समय शव जलाउन र मलामी आउनेहरूको समेत भिड हुने भस्मेश्वर घाटमा पनि खासै चहलपहल थिएन । आमालाई सम्झन आउनेहरूले सोही […]
११ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् । उनीहरु आमा-छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना […]
११ वैशाख, काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरूमध्ये ९ जना निको भइसकेका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् […]
११ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल ३८ नं. गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती)मा कार्यरत दुईजना इन्सपेक्टरमाथि डिएसपीलाई कुटपिट गरेको आरोप लागेको छ । प्रहरी निरीक्षकद्वय केशव भट्टराई र दयाराम पौडेलले मादक पदार्थ सेवन गरी सोही बयारेकमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर थापालाई कुटपिट गरेको आरोप लागेको हो । सशस्त्र प्रहरी बलका […]
११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ प्युठान शाखाकी उपाध्यक्ष बसन्ता भट्टको ४४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि उपचार गराउँदै आएकी भट्टको बिहीबार बिहान ९ः४५ बजे सदरमुकाम खलंगास्थित निवासमै निधन भएको हो । महासंघ प्यूठान शाखाको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष पदमा रहेर क्रियाशील भट्ट विकास सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् […]
११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । छाया सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुरसिंह लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी उपाध्यायलाई पक्रनु संविधानको मर्म र भावना विपरित रहेकाे भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेका हुन् । […]
११ वैशाख, काठमाडौं । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश […]
from समाचार – Online Khabar https://ift.tt/2zpih5k
via IFTTT






















